2026-08-07 05:19 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मुख्य समाचार

पर्वतमा युवा संघको विवादले झडप ,एमाले प्रदेश सदस्य पौडेल घाइते

काठमाडौँ | राष्ट्रिय युवा संघ पर्वतमा अधिवेशन गर्ने, नगर्ने विषयमा उत्पन्न विवादले झडप भएको छ । युवा संघ पर्वतको अधिवेशनका विषयमा विवाद हुँदा एमाले प्रदेश सदस्य तथा युवा संघका पूर्व केन्द्रीय सदस्य अर्जुन निर्जन पौडेल घाइते भएका हुन् ।

एमाले पर्वत जिल्ला कार्यालयमा डाकिएको अधिवेशन एउटा पक्ष रोक्ने पक्षमा थियो भने एउटा पक्ष जसरी पनि गर्ने अडानमा थियो । केन्द्रीय सदस्य पौडेल, युवा संघ जिल्ला अध्यक्ष विनोद थापा, सचिव प्रकाश थकालीले रोक्नुपर्छ भन्ने पक्षमा थिए ।

पार्टी गोविन्द गिरीको पहलमा फेरि भेला राखेर अधिवेशन हुने बेलामा जिल्ला अध्यक्ष, सचिवसहित पौडेल पनि कार्यक्रम गर्न नहुने पक्षमा गएपछि झडपको अवस्था सिर्जना भएको हो । विवादका कारण पौडेलमाथि प्रहार भएर अस्पताल नै भर्ना भएका छन् ।

राष्ट्रिय युवा संघको जेठ ९ देखि ११ गतेसम्म पोखरामा महाधिवेशन हुँदैछ । त्योभन्दा अगाडि नै जिल्ला कमिटी तथा प्रतिनिधि छनोट गर्नुपर्ने भएका कारण केन्द्रकै निर्देशनमा आयोजक कमिटी गठन गर्ने भन्दै भेला डाकिएको थियो ।

पौडेललगायतले कार्यक्रम रोक्नुपर्ने भन्दै आफैंमाथिसमेत आक्रमणको प्रयास भएपछि कार्यकर्ताले प्रतिरक्षा रहेको एमाले जिल्ला अध्यक्ष गोविन्द गिरीले बताए । ‘यो अधिवेशन रोक्नुपर्छ भनेर पौडेलसहित टोली आएर ममाथि पनि जाइहाल्ने काम भयो । यो अधिवेशन होइन, विस्तारित बैठक हो,’ गिरीले भने, ‘अहिले कार्यक्रम भइरहेको छ, सामान्य विवाद भएको हो ।’

केन्द्रीय सचिव तथा गण्डकी प्रदेश इन्जार्च पर्वत भण्डारीले चैत १५ गतेभित्र अधिवेशनका लागि समयसीमा तोकिएको र त्यो अवधिमा पनि नभएपछि जिल्ला इन्चार्जकै संयोजकत्वमा आयोजक कमिटी बनाउने निर्णय भएको बताए ।

‘असमझदारीका कारण विवाद उत्पान्न भएको हो । केन्द्रीय कमिटीले आयोजक कमिटी बनाऔं भनेर निर्णय गरेका हौं । पूर्व केन्द्रिय सदस्य पौडेल र बाहिरका व्यक्ति पनि आएर विथोल्ने प्रयास भएपछि विवाद भएको हो,’ भण्डारीले भने, ‘पर्वतमा समयमा अधिवेशन हुन सकेको थियो । आजको विस्तारित बैठकले आयोजक कमिटी बनाउँछ ।’

आयोजक कमिटी बनाउने योजनासहित कार्यक्रम भइरहेको भए पनि युवा संघ जिल्ला अध्यक्ष विनोद थापाले बहिस्कार नै गरेका छन् । गण्डकी इन्चार्ज भण्डारीले जिल्ला अध्यक्ष थापा सम्पर्कमा नै नरहेको बताए ।

एउटा समूहको विरोधकाबीच कार्यक्रम भने अहिले भइरहेको जिल्ला अध्यक्ष गिरीले जानकारी दिए । एउटा समूहले भने विधि मिचेर अधिवेशन डाकिएको र आफूहरूमाथि सुनियोजित रुपमा हमला गरिएको बताएका छन् ।

पर्वतबाट निर्वाचित प्रदेश सभा सदस्य भक्त कुँवरले एउटा समूहको असहमतिकाबीच कार्यक्रम राखिएपछि आक्रमण नै हुनेगरी विवाद उत्पन्न भएको बताए ।

 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
टिपरले स्कुटरलाई ठक्कर दिँदा गम्भीर घाइते भएकी स्कुटरमा सवार युवतीको मृत्यु सरकारले नेपाली सेनालाई सस्तो बनाउने काम गर्‍यो : मिराज ढुंगाना ‘ब्लु बस’ महिलालाई छुट्याउन होइन, सुरक्षित बनाउन : मन्त्री बादी राष्ट्रियसभामा सङ्क्रामक पशु रोग नियन्त्रण विधेयक, २०८३ पेस १३.८२ अंकले घट्यो नेप्से, ४ अर्ब ६२ करोडको कारोबार ‘बीमा छ, सेवा छैन’ : स्वास्थ्य बीमाको अवस्थामाथि सांसद देवकोटाको कडा प्रश्न गृहमन्त्री सुधन गुरुङले मागे माफी निर्मला पन्त हत्या प्रकरणबारे गृहमन्त्रीको आग्रह: “यो विषय सदनमा पटक–पटक नउठाउनुस्” दुःख नभएको मानिस हुँदैन, दुःखलाई नै बल बनाएर अघि बढ्नुपर्छ: गृहमन्त्री गुरुङ राप्रपाले ३७ वर्षसम्म राजाको नाममा भोट संकलन गर्‍यो: धवलशमशेर जबरा ग्यासको अभाव र कालोबजारी भए फोन गर्न उद्योग मन्त्रालयको आग्रह आज राष्ट्रियसभाको बैठकमा गृहमन्त्री गुरुङले जवाफ दिने पेट्रोल ट्यांकर दुर्घटनामा परी भएको आगलागी नियन्त्रणमा ग्वार्कोमा बस दुर्घटना हुँदा एक जनाको मृत्यु, १० जना घाइते एकैदिन ८ हजारले बढ्यो सुनको मूल्य, कति पुग्यो ? काठमाडौँसहित ३० जिल्लामा आकस्मिक बाढीको जोखिम साइप्रसमा नेपाली दूतावास स्थापनाका लागि दवाव दिन तीन हजार जनाले गरे प्रत्यक्ष हस्ताक्षर अनावश्यक ग्यास भण्डारण नगर्न निगमको आग्रह, दुई साताभित्र अभाव अन्त्य हुने दाबी आगामी सोमबारदेखि ‘हामी सुन्छौँ’ अभियान सञ्चालन गर्दै रास्वपा फ्री भिसा–फ्री टिकटको नीति १० वर्षदेखि कागजमै सीमित छ: श्रममन्त्री यादव