2026-08-07 06:08 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मुख्य समाचार

भारतले पाकिस्तानमा आक्रमण गरेपछि क्षेत्रीय सुरक्षालाई मध्यनजरगर्दै नेपालको सीमा क्षेत्रमा उच्च सतर्कता

काठमाडौँ । भारतले पाकिस्तान र पाकिस्तान प्रशासित कश्मीरमा आक्रमण गरेपछिको विकसित क्षेत्रीय सुरक्षा परिस्थितिलाई मध्यनजर गर्दै सशस्त्र प्रहरी बल, नेपालले सीमा क्षेत्रमा उच्च सतर्कता अपनाएको छ।

अवैध घुसपैठ रोक्न सीमा सुरक्षाको प्रमुख जिम्मेवारी पाएको सशस्त्र प्रहरीले भारतीय समकक्षी सशस्त्र सीमा बल (एसएसबी) सँगको सहकार्यमा संयुक्त गस्ती, पट्रोल र सूचना आदान–प्रदानलाई तीव्रता दिइएको सह-प्रवक्ता शैलेन्द्र थापाले जानजकारी दिए। सीमा क्षेत्रमा चौबिसै घण्टा पट्रोलिङ गर्न एक बीओपीबाट अर्को बीओपीसम्म निरन्तर गस्तीको व्यवस्था गरिएको छ। अनाधिकृत घुसपैठ नियन्त्रण र निगरानीका लागि प्रधान कार्यालयबाट सबै बाहिनीपतिहरूलाई विशेष निर्देशन जारी गरिएको छ।

बाहिनी मुख्यालयहरूले सुरक्षा योजना बनाई कार्यान्वयन गरिरहेका छन्। आवतजावत गर्ने व्यक्तिको परिचयपत्र जाँच गरी अभिलेख राख्ने, सम्भावित संवेदनशील स्थानमा निगरानी र सूक्ष्म रूपमा सूचना संकलन गर्ने कार्य पनि भइरहेको छ। सह-प्रवक्ता थापाका अनुसार सीमा क्षेत्र व्यवस्थित गर्न र अवैध गतिविधि रोक्न नेपाल प्रहरी, राष्ट्रिय अनुसन्धान विभाग, स्थानीय जनप्रतिनिधि र सर्वसाधारणसँग समन्वय गरी सूचना आदान-प्रदान र निगरानीलाई कडाइ गरिएको छ।

नेपाल-भारत सीमामा परम्परागत आवतजावतलाई सहज बनाउँदै असहजता र हैरानी नहोस् भन्नेमा पनि सशस्त्र प्रहरी सचेत छ। साथै, शहरी क्षेत्रका महत्वपूर्ण स्थानहरूमा सुरक्षा निगरानी पनि बढाइएको छ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
टिपरले स्कुटरलाई ठक्कर दिँदा गम्भीर घाइते भएकी स्कुटरमा सवार युवतीको मृत्यु सरकारले नेपाली सेनालाई सस्तो बनाउने काम गर्‍यो : मिराज ढुंगाना ‘ब्लु बस’ महिलालाई छुट्याउन होइन, सुरक्षित बनाउन : मन्त्री बादी राष्ट्रियसभामा सङ्क्रामक पशु रोग नियन्त्रण विधेयक, २०८३ पेस १३.८२ अंकले घट्यो नेप्से, ४ अर्ब ६२ करोडको कारोबार ‘बीमा छ, सेवा छैन’ : स्वास्थ्य बीमाको अवस्थामाथि सांसद देवकोटाको कडा प्रश्न गृहमन्त्री सुधन गुरुङले मागे माफी निर्मला पन्त हत्या प्रकरणबारे गृहमन्त्रीको आग्रह: “यो विषय सदनमा पटक–पटक नउठाउनुस्” दुःख नभएको मानिस हुँदैन, दुःखलाई नै बल बनाएर अघि बढ्नुपर्छ: गृहमन्त्री गुरुङ राप्रपाले ३७ वर्षसम्म राजाको नाममा भोट संकलन गर्‍यो: धवलशमशेर जबरा ग्यासको अभाव र कालोबजारी भए फोन गर्न उद्योग मन्त्रालयको आग्रह आज राष्ट्रियसभाको बैठकमा गृहमन्त्री गुरुङले जवाफ दिने पेट्रोल ट्यांकर दुर्घटनामा परी भएको आगलागी नियन्त्रणमा ग्वार्कोमा बस दुर्घटना हुँदा एक जनाको मृत्यु, १० जना घाइते एकैदिन ८ हजारले बढ्यो सुनको मूल्य, कति पुग्यो ? काठमाडौँसहित ३० जिल्लामा आकस्मिक बाढीको जोखिम साइप्रसमा नेपाली दूतावास स्थापनाका लागि दवाव दिन तीन हजार जनाले गरे प्रत्यक्ष हस्ताक्षर अनावश्यक ग्यास भण्डारण नगर्न निगमको आग्रह, दुई साताभित्र अभाव अन्त्य हुने दाबी आगामी सोमबारदेखि ‘हामी सुन्छौँ’ अभियान सञ्चालन गर्दै रास्वपा फ्री भिसा–फ्री टिकटको नीति १० वर्षदेखि कागजमै सीमित छ: श्रममन्त्री यादव