2026-06-19 04:15 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मुख्य समाचार

हरित ग्याँस उत्सर्जनमा चीनको हिस्सा सबैभन्दा बढी

काठमाडौँ । विश्वको कुल हरितगृह ग्याँस उत्सर्जन गर्ने दश देशमध्ये सबैभन्दा बढी अंश चीनको २५.८१ प्रतिशत र सबैभन्दा कम क्यानडाको १.४८ प्रतिशत रहेको छ ।
‘क्लाइमेट वाच’को तथ्याङ्कअनुसार विश्वमा सबैभन्दा बढी हरितगृह ग्याँस उत्सर्जन गर्ने देशमा चीन, अमेरिका, भारत, युरोपियन युनियनका मुलुक, रूस, ब्राजिल, इन्डोनेसिया, जापान, इरान, क्यानाडालगायत छन् ।
कुल हरित ग्याँस उत्सर्जनमध्ये करिब ६० प्रतिशत उत्सर्जन मुख्य दश देशबाट हुने गर्दछ भने सबैभन्दा कम उत्सर्जन गर्ने १०० देशबाट ३ प्रतिशतको हाराहारीमा उत्सर्जन हुने गरेको नेपाल सरकारले आज प्रस्तुत गरेको आर्थिक सर्वेक्षणणमा उल्लेख छ ।
विश्वको हरितगृह ग्याँस उत्सर्जन सन् १९९० मा ३२ अर्ब ७३ करोड मेट्रिकटन रहेकोमा सन् २०२१ मा यस्तो उत्सर्जन ४९ अर्ब ५५ करोड मेट्रिकटन पुगेको छ । सन् १९९० देखि २०२१ सम्मको अवधिमा विश्वको हरितगृह ग्याँस उत्सर्जन वार्षिक औसत १.३६ प्रतिशतले वृद्धि भएको छ । सन् २०२० को तुलनामा सन् २०२१ मा ४.४ प्रतिशतले विश्वको हरितगृह ग्याँस बढी उत्सर्जन भएको छ ।
औद्योगिक क्रान्ति पछि १.५ डिग्री तापक्रम वृद्धि
हरितगृह ग्याँस उत्सर्जनका कारण विश्वव्यापी रूपमा तापक्रम बढ्दै गएको छ । विश्व मौसम विज्ञान सङ्गठनको विश्लेषणअनुसार पृथ्वीको औसत तापक्रम सन् १८५०–१९०० को तुलनामा हाल १.५ डिग्री सेल्सियसले बढेको छ । बढ्दो तापक्रमको असर वातावरण, आर्थिक तथा सामाजिक क्षेत्रमा पर्नुको साथै मानव समुदाय र पारिस्थितिकीय प्रणाली बीचको सन्तुलन कायम गर्ने चुनौती बढेको छ ।
मानव सिर्जित क्रियाकलापबाट जलवायु परिवर्तनजन्य विपद् बढ्दै गएका छन् । बेमौसमी वर्षा, न्यून÷अति वर्षा, बाढी, पहिरो लगायतका कारण अर्थतन्त्रको उत्पादन र उत्पादकत्वमा ह्रास आएको छ । फलस्वरूप, रोजगारी, आय घटेको छभने आम मानिसको जीविकोपार्जनमा समेत नकारात्मक प्रभाव परेको छ ।
बाढी, पहिरो, हिमआँधीलगायत जलवायुजन्य प्रकोपका कारण नेपालको पर्यटन क्षेत्रमा वार्षिक करिव रू २५ अर्बको क्षति हुने गरेको अनुमान छ । संकटासन्नता तथा जोखिम विश्लेषण प्रतिवेदन, २०२१ अनुसार करीब ९० प्रतिशत बालीनालीको नोक्सानी जलवायु परिवर्तनजन्य घट्नाका कारण हुने गरेको छ । साथै, यस्ता कारणले गर्दा कृषि उत्पादन, पशुपालन र मत्स्यपालनमा १०–३० प्रतिशतसम्म ह्रास आएको छ ।
नेपालले उत्सर्जन गरेको हरितगृह ग्याँस सन् २००० देखि सन् २००८ सम्म घटेको भएपनि त्यसपछिका वर्षमा बढेको उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले आज संसद्मा पेश गर्नुभएको आर्थिक वर्ष २०८१/०८२ को आर्थिक सर्वेक्षणमा उल्लेख छ । सन् ९० को दशकमा औसत दुई करोड १८ लाख मेट्रिकटन हरितगृह ग्याँस उत्सर्जन हुने गरेकामा पछिल्लो दशक (सन् २०११–२०२०) मा यस्तो ग्याँस उत्सर्जन चार करोड २७ लाख मेट्रिकटन पुगेको छ ।
हरितगृह ग्याँस उत्सर्जन कृषि क्षेत्रबाट बढी
नेपालले गर्ने कुल हरितगृह ग्याँस उत्सर्जनमा विभिन्न क्षेत्रबाट हुने उत्सर्जनमध्ये कृषि क्षेत्रबाट बढी हुने गरेको छ । सन् १९९० मा यस क्षेत्रबाट हुने हरित गृह ग्याँस उत्सर्जन ७८.२५ प्रतिशत रहेकामा त्यसपछिका वर्षमा क्रमशः कम हुँदै सन् २०२१ मा ३८.७८ प्रतिशतमा झरेको छ । यसैगरी, ऊर्जा, औद्योगिक, भू–उपयोग परिवर्तन तथा वन र यातायात क्षेत्रबाट हुने उत्सर्जन बढ्दै गएको छ ।
जलवायुसम्बन्धी सम्मेलनमा नेपाल र स्वीडेनबीच अन्तरराष्ट्रिय कार्बन व्यापार सम्झौता भएको छ । साथै, अनुकूलन कोषमा विगतमा नेपालको तर्फबाट अन्तरराष्ट्रिय संस्थाले मात्र पहुँच पाउने गरेकोमा राष्ट्रिय प्रकृति संरक्षण कोषसमेतले पहुँच पाउने गरी मान्यता पाएको छ । पर्वतीय मुद्दालाई स्थापित गराउन सन् २०२५ को मे १६ देखि १८ सम्म काठमाडौँमा सगरमाथा संवाद सम्पन्न भएको छ ।
राष्ट्रिय अनुकूलन योजना तथा राष्ट्रिय निर्धारित योगदानले तोकेको लक्ष्य हासिल गर्न अन्तरराष्ट्रिय वित्तको पहुँच तथा परिचालनका लागि ‘कन्ट्रि प्रोजेक्ट पाइपलाइन’को सूची तयार गरी आयोजना छनोट भएका छन् । त्यस्तै अनुकूलन कोष बोर्डको ४४औँ बैठकबाट अनुकूलन कोषबाट प्रतिराष्ट्र प्राप्त हुने अनुदान रकम २० मिलियन अमेरिकी डलरबाट ४० मिलियन डलर अमेरिकी डलर पु¥याएसँगै नेपाललाई जलवायु अनुकूलनमा अन्तरराष्ट्रिय वित्तमा पहुँचको थप अवसर सिर्जना भएको आर्थिक सर्वेक्षणमा उल्लेख छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
प्रहरीलाई अब पोसाक खर्चबापत नगद दिइने राप्रपाको महाधिवेशन आगामी मंसिर २६-२८ गते सरकारले भ्रष्टाचार रोक्न शून्य सहनशीलताको नीति लिएको छ : गृहमन्त्री गुरुङ सङ्‍क्रमणकालीन न्यायका प्रक्रियालाई यथाशीघ्र टुङ्गोमा पुर्याउन सरकारले उच्च प्राथमिकता दिएको छ : कानूनमन्त्री गौतम परराष्ट्र मन्त्रालयलाई समयानुकूल थप सुदृढ र प्रभावकारी बनाउँदै लैजाने कार्यमा सरकार प्रतिबद्ध छ : परराष्ट्रमन्त्री खनाल गृह मन्त्रालय हरेक चेलीका लागि माइती हो भनी सोच्नुपर्छ : गृहमन्त्री गुरुङ गाउँबाट जिल्ला, जिल्लाबाट अरू जिल्ला हुँदै देशसँग पिरती बस्यो : महावीर पुन मन्त्रालयगत छलफलमा रक्षा मन्त्रीलाई बोलाउन हर्क साम्पाङको माग अफ्ठ्यारो परिस्थितिमा म पार्टी छाडेर हिँड्दिनँ : केपी शर्मा ओली राष्ट्रिय स्वतन्त्र पार्टीको केन्द्रीय सचिवालय बैठक जारी सुनचाँदीको मूल्य घट्यो सबै कुराका लागि बजेट नै कुर्नुपर्दैन: अर्थमन्त्री वाग्ले टिपरको ठक्करबाट स्कुटर चालकको मृत्यु रास्वपाले बोलायो सचिवालय बैठक पखेटा घाइते भएको चराबाट हामीले लामो उडानको अपेक्षा गर्न सक्दैनौ: पर्यटनमन्त्री पौडेल फ्री भ्रिसा फ्री टिकट गलत शब्द हो: श्रममन्त्री यादव प्रधानमन्त्रीज्यूको सीमानासँग सम्बन्धित अभिव्यक्तिलाई संसदको रेकर्डबाट हटाउनुपर्छ भन्ने हाम्रो निरन्तर माग छ: हर्कराज राई सभामुखको भूमिकामाथि प्रश्न उठाउँदै विपक्षी प्रतिनिधिसभाको बैठकमा विपक्षी दलहरूको अवरोध कायमै प्रतिनिधि सभाको बैठक जारी