2026-10-23 12:16 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मुख्य समाचार

हरित ग्याँस उत्सर्जनमा चीनको हिस्सा सबैभन्दा बढी

काठमाडौँ । विश्वको कुल हरितगृह ग्याँस उत्सर्जन गर्ने दश देशमध्ये सबैभन्दा बढी अंश चीनको २५.८१ प्रतिशत र सबैभन्दा कम क्यानडाको १.४८ प्रतिशत रहेको छ ।
‘क्लाइमेट वाच’को तथ्याङ्कअनुसार विश्वमा सबैभन्दा बढी हरितगृह ग्याँस उत्सर्जन गर्ने देशमा चीन, अमेरिका, भारत, युरोपियन युनियनका मुलुक, रूस, ब्राजिल, इन्डोनेसिया, जापान, इरान, क्यानाडालगायत छन् ।
कुल हरित ग्याँस उत्सर्जनमध्ये करिब ६० प्रतिशत उत्सर्जन मुख्य दश देशबाट हुने गर्दछ भने सबैभन्दा कम उत्सर्जन गर्ने १०० देशबाट ३ प्रतिशतको हाराहारीमा उत्सर्जन हुने गरेको नेपाल सरकारले आज प्रस्तुत गरेको आर्थिक सर्वेक्षणणमा उल्लेख छ ।
विश्वको हरितगृह ग्याँस उत्सर्जन सन् १९९० मा ३२ अर्ब ७३ करोड मेट्रिकटन रहेकोमा सन् २०२१ मा यस्तो उत्सर्जन ४९ अर्ब ५५ करोड मेट्रिकटन पुगेको छ । सन् १९९० देखि २०२१ सम्मको अवधिमा विश्वको हरितगृह ग्याँस उत्सर्जन वार्षिक औसत १.३६ प्रतिशतले वृद्धि भएको छ । सन् २०२० को तुलनामा सन् २०२१ मा ४.४ प्रतिशतले विश्वको हरितगृह ग्याँस बढी उत्सर्जन भएको छ ।
औद्योगिक क्रान्ति पछि १.५ डिग्री तापक्रम वृद्धि
हरितगृह ग्याँस उत्सर्जनका कारण विश्वव्यापी रूपमा तापक्रम बढ्दै गएको छ । विश्व मौसम विज्ञान सङ्गठनको विश्लेषणअनुसार पृथ्वीको औसत तापक्रम सन् १८५०–१९०० को तुलनामा हाल १.५ डिग्री सेल्सियसले बढेको छ । बढ्दो तापक्रमको असर वातावरण, आर्थिक तथा सामाजिक क्षेत्रमा पर्नुको साथै मानव समुदाय र पारिस्थितिकीय प्रणाली बीचको सन्तुलन कायम गर्ने चुनौती बढेको छ ।
मानव सिर्जित क्रियाकलापबाट जलवायु परिवर्तनजन्य विपद् बढ्दै गएका छन् । बेमौसमी वर्षा, न्यून÷अति वर्षा, बाढी, पहिरो लगायतका कारण अर्थतन्त्रको उत्पादन र उत्पादकत्वमा ह्रास आएको छ । फलस्वरूप, रोजगारी, आय घटेको छभने आम मानिसको जीविकोपार्जनमा समेत नकारात्मक प्रभाव परेको छ ।
बाढी, पहिरो, हिमआँधीलगायत जलवायुजन्य प्रकोपका कारण नेपालको पर्यटन क्षेत्रमा वार्षिक करिव रू २५ अर्बको क्षति हुने गरेको अनुमान छ । संकटासन्नता तथा जोखिम विश्लेषण प्रतिवेदन, २०२१ अनुसार करीब ९० प्रतिशत बालीनालीको नोक्सानी जलवायु परिवर्तनजन्य घट्नाका कारण हुने गरेको छ । साथै, यस्ता कारणले गर्दा कृषि उत्पादन, पशुपालन र मत्स्यपालनमा १०–३० प्रतिशतसम्म ह्रास आएको छ ।
नेपालले उत्सर्जन गरेको हरितगृह ग्याँस सन् २००० देखि सन् २००८ सम्म घटेको भएपनि त्यसपछिका वर्षमा बढेको उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले आज संसद्मा पेश गर्नुभएको आर्थिक वर्ष २०८१/०८२ को आर्थिक सर्वेक्षणमा उल्लेख छ । सन् ९० को दशकमा औसत दुई करोड १८ लाख मेट्रिकटन हरितगृह ग्याँस उत्सर्जन हुने गरेकामा पछिल्लो दशक (सन् २०११–२०२०) मा यस्तो ग्याँस उत्सर्जन चार करोड २७ लाख मेट्रिकटन पुगेको छ ।
हरितगृह ग्याँस उत्सर्जन कृषि क्षेत्रबाट बढी
नेपालले गर्ने कुल हरितगृह ग्याँस उत्सर्जनमा विभिन्न क्षेत्रबाट हुने उत्सर्जनमध्ये कृषि क्षेत्रबाट बढी हुने गरेको छ । सन् १९९० मा यस क्षेत्रबाट हुने हरित गृह ग्याँस उत्सर्जन ७८.२५ प्रतिशत रहेकामा त्यसपछिका वर्षमा क्रमशः कम हुँदै सन् २०२१ मा ३८.७८ प्रतिशतमा झरेको छ । यसैगरी, ऊर्जा, औद्योगिक, भू–उपयोग परिवर्तन तथा वन र यातायात क्षेत्रबाट हुने उत्सर्जन बढ्दै गएको छ ।
जलवायुसम्बन्धी सम्मेलनमा नेपाल र स्वीडेनबीच अन्तरराष्ट्रिय कार्बन व्यापार सम्झौता भएको छ । साथै, अनुकूलन कोषमा विगतमा नेपालको तर्फबाट अन्तरराष्ट्रिय संस्थाले मात्र पहुँच पाउने गरेकोमा राष्ट्रिय प्रकृति संरक्षण कोषसमेतले पहुँच पाउने गरी मान्यता पाएको छ । पर्वतीय मुद्दालाई स्थापित गराउन सन् २०२५ को मे १६ देखि १८ सम्म काठमाडौँमा सगरमाथा संवाद सम्पन्न भएको छ ।
राष्ट्रिय अनुकूलन योजना तथा राष्ट्रिय निर्धारित योगदानले तोकेको लक्ष्य हासिल गर्न अन्तरराष्ट्रिय वित्तको पहुँच तथा परिचालनका लागि ‘कन्ट्रि प्रोजेक्ट पाइपलाइन’को सूची तयार गरी आयोजना छनोट भएका छन् । त्यस्तै अनुकूलन कोष बोर्डको ४४औँ बैठकबाट अनुकूलन कोषबाट प्रतिराष्ट्र प्राप्त हुने अनुदान रकम २० मिलियन अमेरिकी डलरबाट ४० मिलियन डलर अमेरिकी डलर पु¥याएसँगै नेपाललाई जलवायु अनुकूलनमा अन्तरराष्ट्रिय वित्तमा पहुँचको थप अवसर सिर्जना भएको आर्थिक सर्वेक्षणमा उल्लेख छ ।
—

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
युरोपका ६ देशमा प्रदर्शन चर्कियो, फ्रान्समा १८ सय पक्राउ, इटालीमा विद्यालय कब्जा दसैँमा काठमाडौँ उपत्यकाभित्र सशस्त्र प्रहरीको निःशुल्क बस सेवा कांग्रेसका ३५ वर्ष मुनिका ७ युवा केन्द्रीय सदस्यमा निर्वाचित मलेसिया जाने श्रमिकसँग अतिरिक्त शुल्क असुलेको आरोपमा चार जना पक्राउ बाढीले बगाएको आरुघाट पुलको मर्मत सुरु, दसैँअघि सञ्चालन गर्ने लक्ष्य कर्णालीमा नुहाउने क्रममा १२ वर्षीया बालिका बेपत्ता रोजगारीको मूल्य काम गरेको समयले होइन, आम्दानीले निर्धारण गर्छ : ओली खगेन्द्र सुनारको अडिओ प्रकरणमा रास्वपाले गठन गर्‍यो छानबिन समिति संसद् आरोप–प्रत्यारोपमा केन्द्रित हुँदा जनसरोकारका मुद्दा कमजोर बने : खुश्बु ओली भदौमा मात्रै भित्रियो २ खर्ब २१ अर्ब रुपैयाँ रेमिट्यान्स पोखरामा मोटरसाइकलको ठक्करबाट पैदलयात्रीसहित दुई जनाको मृत्यु देउवा पक्षको महाधिवेशनमा केन्द्रीय नेतादेखि सांसदसम्म स्वतः प्रतिनिधि हुने व्यवस्था काठमाडौँको रानीपोखरीमा पुरुषको शव फेला पढाउने भन्दै भारत लैजाँदै गरिएका २५ बालबालिका सीमाबाटै फर्काइए दसैँ मनाउन काठमाडौँ छाड्नेको संख्या साढे २ लाख नाघ्यो विरोध प्रदर्शनमा सहभागी भएपछि इमरान खानलाई भारत छोड्न आदेश कांग्रेस महाधिवेशन : केन्द्रीय कार्यसमितिको सम्पूर्ण नतिजा आज रातिसम्म आउने नवरात्रको पाँचौँ दिन आज स्कन्दमाताको पूजा आराधना गरिँदै दुई तिहाइ बहुमत हुँदैमा सरकारका सबै निर्णय सही हुँदैनन् : अमरेश सिंह सुनचाँदीको मूल्यमा गिरावट, सुन तोलाको २ लाख ८८ हजार ४०० रुपैयाँ