२८ पुष २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मुख्य समाचार

नेपाल आँखा अस्पतालद्वारा दूरदराजमा सेवा पुर्‍याउने प्रतिबद्धता

२१ मंसिर २०८२, शनिबार १७:१७

काठमाडौँ | त्रिपुरेश्वरस्थित नेपाल आँखा अस्पतालले सेवालाई थप गुणस्तरीय बनाउँदै दूरदराजसम्म पु¥याउने प्रतिबद्धता जनाएको छ । आज यहाँ आयोजित अस्पतालको २१औँ वार्षिक साधारणसभा अस्पतालका अध्यक्ष डा गोपालप्रसाद पोखरेलले आँखा उपचारका क्षेत्रमा विकसित नयाँ प्रविधि भित्र्याउँदै गुणस्तरीय सेवा र भौतिक पूर्वाधार विकासमा उत्तिकै ध्यान दिइएको बताउनुभयो ।

अस्पतालले नियमित सेवाबाहेक शल्यक्रिया शिविर र विद्यालय आँखा कार्यक्रम सञ्चालन तथा मधुमेहबाट आँखासम्बन्धी हुनसक्ने रोग पत्ता लगाई उपचार गर्दै आएको छ । अध्यक्ष पोखरेलले भन्नुभयो, “नेपाल आँखा अस्पतालमा विभिन्न विषयका अनुसन्धान सुरु गरिएको छ, हाल नेत्र विशेषज्ञ र दृष्टि विज्ञेषज्ञहरुबाट २४ वटा शोधपत्र तयार गरिँदैछ ।”

अस्पतालले गत आर्थिक वर्ष २०८१÷८२ मा बहिरङ(ओपिडी)तर्फ एक लाख ६४ लाख ५७० जनाको आँखा परीक्षण गरेको थियो भने गहन सात हजार ८०४ सहित १० हजार ३९० शल्यक्रिया गरेको जनाएको छ ।

अस्पतालले चालु आर्थिक वर्षमा एक लाख ७७ हजार ५०० लाई बहिरङ सेवा तथा सानाठूलागरी १२ हजार ५३० शल्यक्रिया गर्ने लक्ष्य लिएको छ । हाल अस्पतालमा १६ जना नेत्र विशेषज्ञसहित १४१ जना कर्मचारी कार्यरत छन् । त्यस्तै, अस्पतालका आजीवन सदस्य सङ्ख्या १४१ रहेको छ ।

अस्पताल सञ्चालक समितिका सचिव युद्धध्वज सापकोटाले आर्थिक वर्ष २०८१÷८२ मा ७५० बिरामीले उपचारमा निःशुल्क र सहुलीयतपूर्ण सुविधा लिएको बताउनुभयो ।

गैरनाफामूलक सेवामुखी संस्थाका रुपमा ५२ वर्षअघि स्थापित अस्पतालले सरकार र विश्वस्वास्थ्य सङ्गठनको आँखा उपचारको लक्ष्यप्राप्ति गर्न गुणस्तरीय र सर्वसुलभ रुपमा सेवा प्रवाह गर्दै आएको छ ।

कोषाध्यक्ष अनिलप्रसाद गोर्खालीले गत आव २०८१÷८२ मा अस्पतालको कूल सम्पत्ति तथा जायजेथा रु ७२ करोड ५४ लाख ७५ हजार ४५० पुगेको जानकारी दिनुभयो । त्यस अवधिमा अस्पतालको आम्दानी रु २५ करोड, २५ लाख, ८० हजार ८७४ गरेको थियो । सोही अवधिमा अस्पतालले रु पाँच करोड ४६ लाख ६० हजार ६७६ मूल्य बराबरको मेसिनरी औजार र सवारीसाधन थप गरेको छ ।

चालु आर्थिक वर्षको प्रस्तावित कार्यक्रमका लागि पुँजीगत खर्चतर्फ रु छ करोड ५१ लाख ४० हजारसहित रु ३४ करोड, ५६ लाख ६२ हजार बजेट खर्चको अनुमान गरेको छ ।

उक्त आर्थिक वर्षसम्ममा अस्पतालको विभिन्न वाणिज्य बैंक र मुद्दति खाता तथा अक्षयकोषमा गरी रु ३१ करोड, ३६ लाख ८९ हजार २१४ नगद रकम रहेको कोषाध्यक्ष गोर्खालीले जानकारी दिनुभयो ।

काठमाडाँै महानगरपालिकाका पूर्वप्रमुख तथा कार्यसमिति सदस्य राजाराम श्रेष्ठले नेपालको आँखा उपचारका क्षेत्रमा गौरवमय इतिहास रहेको विशिष्टकृत सेवा प्रदान गरिरहेको आँखा अस्पताललाई दक्षिण एशियाकै नमुना अस्पतालका रुपमा विकास गर्न रचनात्मक सहयोगको अपेक्षा गर्नुभयो । अस्पतालले राजधानी बाहिर अघिल्लो आर्थिक वर्षमा १५ वटा आँखाको निःशुल्क शल्यक्रिया शिविर र रु ३५ लाख बराबरको चस्मा र औषधि उपलब्ध गराएको थियो ।

साधारणसभाले आर्थिक वर्ष २०८२/८३ को नीति तथा कार्यक्रम, आर्थिक प्रतिवेदन र २०८१/८२ को लेखापरीक्षण प्रतिवेदन पारित गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
निर्वाचनका लागि कर्णालीमा नौ हजार सात सयभन्दा बढी ‘म्यादी’ प्रहरीको माग आयल निगम प्रतिस्पर्धी बन्नुपर्नेमा मन्त्री सिन्हाको जोड निर्वाचनमैत्री वातावरण बनाउनमा अध्यक्ष ओलीको जोड ‘बालेन-रवि सहयात्राले निर्वाचन सुनिश्चित भएको छ’ ग्रिनल्याण्डसँग अमेरिकाले ‘सजिलो’ वा ‘कडा’ तरिका प्रयोग गर्नेछ : राष्ट्रपति ट्रम्प कठिन परिस्थितिमा पनि प्रहरी सुरक्षामा प्रतिबद्ध छः प्रहरी महानिरीक्षक कार्की चार खानी मजदुरको निस्सासिएर मृत्यु एमालेको दोस्रो केन्द्रीय कमिटी बैठक सुरु निर्वाचन सुरक्षामा कुनै ‘कम्प्रोमाइज’ हुँदैन, ढुक्क भएर निर्वाचनमा भाग लिनुहोस्ः सशस्त्र प्रहरी प्रवक्ता थापा इयू र भारत व्यापार सम्झौताको नजिक विशेष महाधिवेशन पक्षधरको आजको कार्यक्रम स्थगन नेपाल पत्रकार महासङ्घका पूर्वसभापति दाहालको निधन कम्पनीको कागजात दुरूपयोग गर्ने उप्रेती पक्राउ यस्तो छ आजका लागि तय भएको विदेशी मुद्राको विनिमयदर निर्वाचनमा सामाजिक सञ्जालबाट प्रवाह हुनसक्ने नकारात्मक सन्देशलाई रोकिने बारुदी सुरुङ तथा विस्फोटक पदार्थका विषयमा सरोकारवालासँग छलफल प्रधानमन्त्रीसँग निर्वाचन आयुक्तहरूको भेट : निर्वाचन आचारसंहिता माघ ३ गतेदेखि लागू हुने भेनेजुएलाका विपक्षी नेता मचाडोसँग आगामी हप्ता भेट्ने ट्रम्पको घोषणा कांग्रेसका झण्डाले सिँगारिए उपत्यकाका सडक दुबई उडेका युवक चार महिनापछि दिल्लीमा फेला