2026-10-18 03:06 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मुख्य समाचार

अमेरिका–इरान द्वन्द्व चर्किँदा कच्चा तेलको मूल्य बढ्यो

2026-07-20

काठमाडौँ | संयुक्त राज्य अमेरिका र इरानबीच बढ्दो सैन्य तनावका कारण सोमबार अन्तरराष्ट्रिय बजारमा कच्चा तेलको मूल्य एक महिनायताकै उच्च विन्दुमा पुगेको छ । यसैबीच, मध्यपूर्व युद्धको सम्भावित प्रभावको मूल्याङ्कन गरिरहेका लगानीकर्ताका कारण एसियाली शेयर बजारमा मिश्रित कारोबार भएको छ । गत सातादेखि अमेरिका र इरानबीचको सैन्य टकराव चर्किएसँगै विश्वको समुद्री तेल आपूर्तिको करिब पाँचौँ भाग ओसारपसार हुने हर्मुज जलसन्धिमा अवरोध आउन सक्ने चिन्ताले कच्चा तेलको मूल्य बढाएको हो ।

अन्तरराष्ट्रिय मापदण्ड ब्रेन्ट कच्चा तेल र अमेरिकी मापदण्ड वेस्ट टेक्सास इन्टरमिडिएट (डब्लुटीआई) दुवैको मूल्य गत साताको अन्त्यमा चार प्रतिशतभन्दा बढीले बढेको थियो । सोमबार ब्रेन्टको मूल्य प्रतिब्यारेल ९१ अमेरिकी डलर नाघ्दै जुन ११ यताकै उच्च विन्दुमा पुगेको छ । यो वृद्धि अमेरिकाले इरानी सैन्य लक्ष्यहरूमा थप हवाई आक्रमण गरेपछि तथा इरानले खाडी क्षेत्रमा रहेका अमेरिकी तथा साझेदार राष्ट्रका सैन्य सम्पत्तिमाथि जवाफी आक्रमण गरेपछि भएको हो । बजारमा बढ्दो भू–राजनीतिक तनावसँगै लगानीकर्ताहरू आर्थिक दृष्टिकोणबारे अन्योलमा छन् । उच्च तेल मूल्यले मुद्रास्फीति फेरि बढ्न सक्ने र केन्द्रीय बैङ्कहरूको ब्याजदर कटौतीको योजनामा असर पर्न सक्ने चिन्ता बढाएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कांग्रेसका ३५ वर्ष मुनिका ७ युवा केन्द्रीय सदस्यमा निर्वाचित मलेसिया जाने श्रमिकसँग अतिरिक्त शुल्क असुलेको आरोपमा चार जना पक्राउ बाढीले बगाएको आरुघाट पुलको मर्मत सुरु, दसैँअघि सञ्चालन गर्ने लक्ष्य कर्णालीमा नुहाउने क्रममा १२ वर्षीया बालिका बेपत्ता रोजगारीको मूल्य काम गरेको समयले होइन, आम्दानीले निर्धारण गर्छ : ओली खगेन्द्र सुनारको अडिओ प्रकरणमा रास्वपाले गठन गर्‍यो छानबिन समिति संसद् आरोप–प्रत्यारोपमा केन्द्रित हुँदा जनसरोकारका मुद्दा कमजोर बने : खुश्बु ओली भदौमा मात्रै भित्रियो २ खर्ब २१ अर्ब रुपैयाँ रेमिट्यान्स पोखरामा मोटरसाइकलको ठक्करबाट पैदलयात्रीसहित दुई जनाको मृत्यु देउवा पक्षको महाधिवेशनमा केन्द्रीय नेतादेखि सांसदसम्म स्वतः प्रतिनिधि हुने व्यवस्था काठमाडौँको रानीपोखरीमा पुरुषको शव फेला पढाउने भन्दै भारत लैजाँदै गरिएका २५ बालबालिका सीमाबाटै फर्काइए दसैँ मनाउन काठमाडौँ छाड्नेको संख्या साढे २ लाख नाघ्यो विरोध प्रदर्शनमा सहभागी भएपछि इमरान खानलाई भारत छोड्न आदेश कांग्रेस महाधिवेशन : केन्द्रीय कार्यसमितिको सम्पूर्ण नतिजा आज रातिसम्म आउने नवरात्रको पाँचौँ दिन आज स्कन्दमाताको पूजा आराधना गरिँदै दुई तिहाइ बहुमत हुँदैमा सरकारका सबै निर्णय सही हुँदैनन् : अमरेश सिंह सुनचाँदीको मूल्यमा गिरावट, सुन तोलाको २ लाख ८८ हजार ४०० रुपैयाँ रास्वपाका महिला सांसदद्वारा खगेन्द्र सुनारलाई तत्काल निलम्बन गर्न माग देवरको कुटपिटबाट एक महिलाको मृत्यु