2026-10-23 02:09 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मुख्य समाचार

अण्डाको मूल्य प्रति क्रेट ६० रुपैयाँले घट्यो

2026-07-21

काठमाडौँ | नेपाल लेयर्स कुखुरापालक संघले अण्डाको र्फाम मूल्य घटाएको छ । आज चितवनमा बसेको संघको बैठकले साउन ६ गतेदेखि लागू हुने गरी अण्डाको नयाँ समर्थन बिक्री मूल्य निर्धारण गरेको हो । देशभरिका अण्डा उत्पादकहरूको राय, परामर्श र सिफारिसका आधारमा संघले यो नयाँ मूल्य निर्धारण गरेको जनाएको छ । यसअघि गत जेठ २८ गते तोकिएको दररेटको तुलनामा हाल फार्म मूल्यमा प्रति क्रेट ६० रुपैयाँसम्म गिरावट आएको छ ।

मूल्य घटेसँगै अब सबै भन्दा ठुलो साइजको अण्डाको फार्म मूल्य प्रति क्रेट ५१५ रुपैयाँ कायम गरिएको छ । यसअघि ५७५ रुपैयाँ रहेको थियो । त्यस्तै, पहिले प्रति क्रेट ५६० रुपैयाँ रहेको ठूलो अण्डाको मूल्य ५०० रुपैयाँ र पहिले ५३० रुपैयाँ रहेको मिडियम अण्डाको मूल्य ४७० रुपैयाँ कायम गरिएको छ ।

यी तीनै वर्गका अण्डाको प्रति क्रेट मूल्यमा ६० रुपैयाँ गिरावट आएको छ । सानो अण्डाको मूल्यमा पनि प्रति पेटी ३०० रुपैयाँ कमी आई २ हजार ९०० रुपैयाँ कायम भएको छ, जुन यसअघि ३ हजार २०० रुपैयाँ रहेको थियो । फार्म मूल्यमा उल्लेख्य गिरावट आए पनि उपभोक्ताले खरिद गर्ने मूल्यमा भने कुनै फेरबदल गरिएको छैन । उपभोक्ताका लागि पहिलेकै दर अर्थात् प्रति गोटा २५ रुपैयाँ मूल्य नै यथावत् राखिएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
युरोपका ६ देशमा प्रदर्शन चर्कियो, फ्रान्समा १८ सय पक्राउ, इटालीमा विद्यालय कब्जा दसैँमा काठमाडौँ उपत्यकाभित्र सशस्त्र प्रहरीको निःशुल्क बस सेवा कांग्रेसका ३५ वर्ष मुनिका ७ युवा केन्द्रीय सदस्यमा निर्वाचित मलेसिया जाने श्रमिकसँग अतिरिक्त शुल्क असुलेको आरोपमा चार जना पक्राउ बाढीले बगाएको आरुघाट पुलको मर्मत सुरु, दसैँअघि सञ्चालन गर्ने लक्ष्य कर्णालीमा नुहाउने क्रममा १२ वर्षीया बालिका बेपत्ता रोजगारीको मूल्य काम गरेको समयले होइन, आम्दानीले निर्धारण गर्छ : ओली खगेन्द्र सुनारको अडिओ प्रकरणमा रास्वपाले गठन गर्‍यो छानबिन समिति संसद् आरोप–प्रत्यारोपमा केन्द्रित हुँदा जनसरोकारका मुद्दा कमजोर बने : खुश्बु ओली भदौमा मात्रै भित्रियो २ खर्ब २१ अर्ब रुपैयाँ रेमिट्यान्स पोखरामा मोटरसाइकलको ठक्करबाट पैदलयात्रीसहित दुई जनाको मृत्यु देउवा पक्षको महाधिवेशनमा केन्द्रीय नेतादेखि सांसदसम्म स्वतः प्रतिनिधि हुने व्यवस्था काठमाडौँको रानीपोखरीमा पुरुषको शव फेला पढाउने भन्दै भारत लैजाँदै गरिएका २५ बालबालिका सीमाबाटै फर्काइए दसैँ मनाउन काठमाडौँ छाड्नेको संख्या साढे २ लाख नाघ्यो विरोध प्रदर्शनमा सहभागी भएपछि इमरान खानलाई भारत छोड्न आदेश कांग्रेस महाधिवेशन : केन्द्रीय कार्यसमितिको सम्पूर्ण नतिजा आज रातिसम्म आउने नवरात्रको पाँचौँ दिन आज स्कन्दमाताको पूजा आराधना गरिँदै दुई तिहाइ बहुमत हुँदैमा सरकारका सबै निर्णय सही हुँदैनन् : अमरेश सिंह सुनचाँदीको मूल्यमा गिरावट, सुन तोलाको २ लाख ८८ हजार ४०० रुपैयाँ