2026-10-17 10:35 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मुख्य समाचार

तनहुँमा बस दुर्घटना हुँदा चालकसहित १४ जना घाइते

2026-07-21

काठमाडौँ | तनहुँको व्यास नगरपालिका–७ कलेस्ती पुल नजिक बस दुर्घटना हुँदा चालक गम्भीर घाइते भएका छन् भने अन्य १४ यात्रु घाइते भएका छन्। जिल्ला प्रहरी कार्यालय तनहुँका अनुसार मंगलबार दिउँसो करिब ३ः१५ बजे कलेस्तीबाट दमौलीतर्फ जाँदै गरेको ग१ख ६४६५ नम्बरको बस चालकले नियन्त्रण गुमाउँदा कलेस्ती खोलाको पुलमा ठोक्किएर दुर्घटना भएको हो।

दुर्घटनामा चालक व्यास नगरपालिका–२ निवासी २६ वर्षीय शम्शेर परियार चालक सिटमै च्यापिएका थिए। प्रहरी नायब उपरीक्षक द्वारिका प्रसाद घिमिरेको नेतृत्वमा ट्राफिक प्रहरीसहित १७ जनाको टोलीले उद्धार गरी उपचारका लागि प्रदेश अस्पताल दमौली पठाएको प्रहरीले जनाएको छ। उनको बायाँ खुट्टा, छाती, घाँटी र टाउकोमा चोट लागेको छ भने अवस्था गम्भीर रहेको छ। बसमा करिब २५ जना यात्रु सवार रहेको प्रारम्भिक जानकारी प्रहरीले दिएको छ। दुर्घटनामा घाइते भएका अन्य यात्रुको रत्नहरी अस्पताल तनहुँमा उपचार भइरहेको छ।

घाइते हुनेमा व्यास–४ की ६० वर्षीया श्रीमाया परियार, लमजुङको मध्यनेपाल नगरपालिका–१ की ३५ वर्षीया शान्ता गौतम, मध्यनेपाल–४ की ३२ वर्षीया निरा गौतम, २९ वर्षीया सुस्मिता साही, व्यास–११ थुम्कीकी ६० वर्षीया चन्द्रमाया गुरुङ, व्यास–२ की ४७ वर्षीया अनिता गुरुङ, ४९ वर्षीया बिन्दु गुरुङ, कास्कीको रूपा गाउँपालिका–१ की ५० वर्षीया स्वस्तिकला खनाल, व्यास–६ की २७ वर्षीया सुजिता पौडेल, व्यास–१ की ८ वर्षीया सान्भि गिरि, ४० वर्षीया दिपा खान, ५१ वर्षीया सिता नेपाली, ३५ वर्षीया हिरा मल्ल र ४४ वर्षीया नुनिमाया थापा रहेका छन्। उनीहरूको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कांग्रेसका ३५ वर्ष मुनिका ७ युवा केन्द्रीय सदस्यमा निर्वाचित मलेसिया जाने श्रमिकसँग अतिरिक्त शुल्क असुलेको आरोपमा चार जना पक्राउ बाढीले बगाएको आरुघाट पुलको मर्मत सुरु, दसैँअघि सञ्चालन गर्ने लक्ष्य कर्णालीमा नुहाउने क्रममा १२ वर्षीया बालिका बेपत्ता रोजगारीको मूल्य काम गरेको समयले होइन, आम्दानीले निर्धारण गर्छ : ओली खगेन्द्र सुनारको अडिओ प्रकरणमा रास्वपाले गठन गर्‍यो छानबिन समिति संसद् आरोप–प्रत्यारोपमा केन्द्रित हुँदा जनसरोकारका मुद्दा कमजोर बने : खुश्बु ओली भदौमा मात्रै भित्रियो २ खर्ब २१ अर्ब रुपैयाँ रेमिट्यान्स पोखरामा मोटरसाइकलको ठक्करबाट पैदलयात्रीसहित दुई जनाको मृत्यु देउवा पक्षको महाधिवेशनमा केन्द्रीय नेतादेखि सांसदसम्म स्वतः प्रतिनिधि हुने व्यवस्था काठमाडौँको रानीपोखरीमा पुरुषको शव फेला पढाउने भन्दै भारत लैजाँदै गरिएका २५ बालबालिका सीमाबाटै फर्काइए दसैँ मनाउन काठमाडौँ छाड्नेको संख्या साढे २ लाख नाघ्यो विरोध प्रदर्शनमा सहभागी भएपछि इमरान खानलाई भारत छोड्न आदेश कांग्रेस महाधिवेशन : केन्द्रीय कार्यसमितिको सम्पूर्ण नतिजा आज रातिसम्म आउने नवरात्रको पाँचौँ दिन आज स्कन्दमाताको पूजा आराधना गरिँदै दुई तिहाइ बहुमत हुँदैमा सरकारका सबै निर्णय सही हुँदैनन् : अमरेश सिंह सुनचाँदीको मूल्यमा गिरावट, सुन तोलाको २ लाख ८८ हजार ४०० रुपैयाँ रास्वपाका महिला सांसदद्वारा खगेन्द्र सुनारलाई तत्काल निलम्बन गर्न माग देवरको कुटपिटबाट एक महिलाको मृत्यु