2026-09-28 07:31 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मुख्य समाचार

झडपमा परी घाइते भएका ९ जनाकै शरीरमा गोली

2026-07-27

काठमाडौँ | सुनसरीको देवानगञ्ज गाउँपालिका–३ कप्तानगन्जमा आइतबार राति दुई समुदायबीच भएको झडपमा परी घाइते भएका ९ जनाको शरीरका विभिन्न अंगमा गोली लागेको पाइएको छ । गोली लागेर देवानगन्ज–३ का २४ वर्षीय ओमप्रकाश मेहताको मृत्यु भएको छ भने अन्य ८ जनाको शरीरमा गोली लागेको हो । घाइतेहरूको विराटनगरका विभिन्न अस्पतालमा उपचार भइरहेको छ ।

भीड नियन्त्रणका लागि सुरक्षाकर्मीले चलाएको गोली लागेर गम्भीर घाइते भएका मेहतालाई आइतबार राति ११:२५ बजे विराटनगरस्थित न्युरो अस्पताल पुर्‍याउनासाथ चिकित्सकले मृत घोषणा गरेका थिए । प्रहरीका अनुसार झडपमा परी २२ जना घाइते भएका छन्, जसमा ९ सर्वसाधारण र १३ सुरक्षाकर्मी (८ नेपाल प्रहरी र ५ सशस्त्र प्रहरी) छन् । घाइते ९ जनाकै शरीरको विभिन्न भागमा गोली लागेको छ ।

विराटनगरको न्युरो अस्पतालमा उपचाररत जयप्रकाश मेहताको पेटमा लागेको गोली शल्यक्रिया गरेर निकालिएको छ । सोही अस्पतालमा उपचाररत मिथलेश मेहताको पेटको बायाँ भागमा, हरेराम यादवको देब्रे तिघ्रामा र अमलेश मेहताको ढाड र गर्धनमा गोली लागेको छ । न्युरो अस्पतालका सर्जन डा. सुदिप खनियाले एक जनाको शल्यक्रिया गरिएको र उनको शरीरबाट बुलेट निकालिएको पुष्टि गरे । त्यस्तै, विराट नर्सिङ होममा उपचाररत रविन्द्र मेहताको देब्रे तिघ्रामा गोली लागेका कारण उनलाई आईसीयूमा राखिएको छ । सोही अस्पतालमा अमितकुमार यादवको कम्मरमुनि, सुनिलकुमार मेहताको बायाँ पाखुरामा र सुनिल मेहताको देब्रे पिँडुलामा गोली लागेको छ । अर्का घाइते अमित यादवको पेट र देब्रे हातमा गोली लागेकाले नोबेल अस्पतालको आईसीयूमा उपचार भइरहेको छ ।

साउने सोमबारका लागि बोलबम यात्रामा निस्कन लागेको एउटा समूहले डीजे बजाएको विषयलाई लिएर आइतबार राति करिब ९ बजे दुई पक्षबीच विवाद शुरू भएको थियो । सामान्य भनाभनबाट शुरू भएको विवादले छोटो समयमै उग्र रूप लिँदा दुवै पक्षबाट लाठी, ढुंगा र भाला प्रहार भएको थियो । उत्तेजित भिडले स्थानीय घर, मेडिकल पसल र सवारीसाधनमा तोडफोडका साथै आगजनीको प्रयास गरेपछि कप्तानगन्ज बजार क्षेत्र रणमैदान बनेको थियो । स्थिति नियन्त्रणमा लिन प्रहरीले शुरूमा अश्रुग्यास र हवाई फायर गरे पनि भिड सुरक्षाकर्मीमाथि नै जाइलागेपछि सशस्त्र प्रहरीले गोली चलाएको थियो । सुनसरी प्रहरी प्रवक्ता डीएसपी चन्द्र खड्काका अनुसार नेपाल प्रहरीले ३ राउन्ड र सशस्त्र प्रहरीले २२ राउन्ड हवाई फायर गरेका थिए ।

झडपमा इलाका प्रहरी कार्यालय देवानगन्जका इन्स्पेक्टर राकेश राईको टाउकोमा गम्भीर चोट लागेको छ । हिंसात्मक झडपपछि उत्पन्न तनावलाई मध्यनजर गर्दै जिल्ला प्रशासन कार्यालय सुनसरीले सोमबार बिहान ७ बजेदेखि आदेश कर्फ्यु जारी गरेको छ । कर्फ्यु उल्लंघन गर्नेलाई कडा कारबाही गरिने प्रशासनले चेतावनी दिएको छ । हाल घटनास्थलमा ठूलो संख्यामा नेपाल प्रहरी र सशस्त्र प्रहरी परिचालन गरिएको छ भने स्थिति नियन्त्रणमा रहेको प्रहरीको दाबी छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
दुर्गा प्रसाईंलाई तीन दिन हिरासतमा राखेर अनुसन्धान गर्न अदालतको अनुमति बाढी–पहिरोले एक हजार मेगावाट विद्युत उत्पादन प्रभावित : ऊर्जामन्त्री राष्ट्रपतिसमक्ष राष्ट्रिय समावेशी आयोगको वार्षिक प्रतिवेदन पेस गृहमन्त्रीको सचिवालयसँग सम्पर्क रहेको भन्दै अडिओ संवाद गर्ने व्यक्ति पक्राउ कालीगण्डकीको बाढी हेर्ने क्रममा भीरबाट खसेर बागलुङमा एक जनाको मृत्यु चाडबाडमा पेट्रोलियम पदार्थको मूल्य नबढाउन यातायात व्यवसायीको माग के खाएपछि कन्फिडेन्स आउँछ? विपक्षीलाई खगेन्द्र सुनारको व्यंग्य प्रतिनिधिसभामा छ विधेयक प्रस्तुत पक्राउ पर्दा दुर्गा प्रसाईंले भने– ‘सिंहदरबार खरानी बनाउनेलाई लखेट्छु जनता डराएर शासन गर्छु भन्ने दुनियाँमा कोही पनि शासक सफल भएका छैनन् : सांसद ढुंगाना अन्तर्राष्ट्रिय बजारमा तेलको मूल्य बढ्यो भोटेकोसी बाढीबारे संसदीय विशेष समितिको सभापति निर्वाचन असोज १४ गते हिमलुङ हिमपहिरोमा थप दुई शव भेटिए, मृतकको संख्या चार पुग्यो मलेखु–मुग्लिङ सडकखण्ड सञ्चालनमा दशैँ–तिहारअघि पृथ्वी राजमार्ग सञ्चालनयोग्य बनाउन सांसद आशिका तामाङको माग सरकारको पक्राउ शैलीप्रति प्रचण्डको आपत्ति, ‘मूल्य धेरै ठूलो चुकाउनुपर्छ’ दुर्गा प्रसाईं फेरि पक्राउ बाढीपहिरोको क्षतिप्रति सरकारको ध्यानाकर्षण, सांसद अर्यालले मागिन् तत्काल उद्धार र पुनर्स्थापना मनाङमा जनताको अवस्था भयावह छ : सांसद गुरुङ थुनिएको मर्स्याङ्दीको बहाव खुल्दै