2026-10-19 06:41 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मुख्य समाचार

झडपमा परी घाइते भएका ९ जनाकै शरीरमा गोली

2026-07-27

काठमाडौँ | सुनसरीको देवानगञ्ज गाउँपालिका–३ कप्तानगन्जमा आइतबार राति दुई समुदायबीच भएको झडपमा परी घाइते भएका ९ जनाको शरीरका विभिन्न अंगमा गोली लागेको पाइएको छ । गोली लागेर देवानगन्ज–३ का २४ वर्षीय ओमप्रकाश मेहताको मृत्यु भएको छ भने अन्य ८ जनाको शरीरमा गोली लागेको हो । घाइतेहरूको विराटनगरका विभिन्न अस्पतालमा उपचार भइरहेको छ ।

भीड नियन्त्रणका लागि सुरक्षाकर्मीले चलाएको गोली लागेर गम्भीर घाइते भएका मेहतालाई आइतबार राति ११:२५ बजे विराटनगरस्थित न्युरो अस्पताल पुर्‍याउनासाथ चिकित्सकले मृत घोषणा गरेका थिए । प्रहरीका अनुसार झडपमा परी २२ जना घाइते भएका छन्, जसमा ९ सर्वसाधारण र १३ सुरक्षाकर्मी (८ नेपाल प्रहरी र ५ सशस्त्र प्रहरी) छन् । घाइते ९ जनाकै शरीरको विभिन्न भागमा गोली लागेको छ ।

विराटनगरको न्युरो अस्पतालमा उपचाररत जयप्रकाश मेहताको पेटमा लागेको गोली शल्यक्रिया गरेर निकालिएको छ । सोही अस्पतालमा उपचाररत मिथलेश मेहताको पेटको बायाँ भागमा, हरेराम यादवको देब्रे तिघ्रामा र अमलेश मेहताको ढाड र गर्धनमा गोली लागेको छ । न्युरो अस्पतालका सर्जन डा. सुदिप खनियाले एक जनाको शल्यक्रिया गरिएको र उनको शरीरबाट बुलेट निकालिएको पुष्टि गरे । त्यस्तै, विराट नर्सिङ होममा उपचाररत रविन्द्र मेहताको देब्रे तिघ्रामा गोली लागेका कारण उनलाई आईसीयूमा राखिएको छ । सोही अस्पतालमा अमितकुमार यादवको कम्मरमुनि, सुनिलकुमार मेहताको बायाँ पाखुरामा र सुनिल मेहताको देब्रे पिँडुलामा गोली लागेको छ । अर्का घाइते अमित यादवको पेट र देब्रे हातमा गोली लागेकाले नोबेल अस्पतालको आईसीयूमा उपचार भइरहेको छ ।

साउने सोमबारका लागि बोलबम यात्रामा निस्कन लागेको एउटा समूहले डीजे बजाएको विषयलाई लिएर आइतबार राति करिब ९ बजे दुई पक्षबीच विवाद शुरू भएको थियो । सामान्य भनाभनबाट शुरू भएको विवादले छोटो समयमै उग्र रूप लिँदा दुवै पक्षबाट लाठी, ढुंगा र भाला प्रहार भएको थियो । उत्तेजित भिडले स्थानीय घर, मेडिकल पसल र सवारीसाधनमा तोडफोडका साथै आगजनीको प्रयास गरेपछि कप्तानगन्ज बजार क्षेत्र रणमैदान बनेको थियो । स्थिति नियन्त्रणमा लिन प्रहरीले शुरूमा अश्रुग्यास र हवाई फायर गरे पनि भिड सुरक्षाकर्मीमाथि नै जाइलागेपछि सशस्त्र प्रहरीले गोली चलाएको थियो । सुनसरी प्रहरी प्रवक्ता डीएसपी चन्द्र खड्काका अनुसार नेपाल प्रहरीले ३ राउन्ड र सशस्त्र प्रहरीले २२ राउन्ड हवाई फायर गरेका थिए ।

झडपमा इलाका प्रहरी कार्यालय देवानगन्जका इन्स्पेक्टर राकेश राईको टाउकोमा गम्भीर चोट लागेको छ । हिंसात्मक झडपपछि उत्पन्न तनावलाई मध्यनजर गर्दै जिल्ला प्रशासन कार्यालय सुनसरीले सोमबार बिहान ७ बजेदेखि आदेश कर्फ्यु जारी गरेको छ । कर्फ्यु उल्लंघन गर्नेलाई कडा कारबाही गरिने प्रशासनले चेतावनी दिएको छ । हाल घटनास्थलमा ठूलो संख्यामा नेपाल प्रहरी र सशस्त्र प्रहरी परिचालन गरिएको छ भने स्थिति नियन्त्रणमा रहेको प्रहरीको दाबी छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कांग्रेसका ३५ वर्ष मुनिका ७ युवा केन्द्रीय सदस्यमा निर्वाचित मलेसिया जाने श्रमिकसँग अतिरिक्त शुल्क असुलेको आरोपमा चार जना पक्राउ बाढीले बगाएको आरुघाट पुलको मर्मत सुरु, दसैँअघि सञ्चालन गर्ने लक्ष्य कर्णालीमा नुहाउने क्रममा १२ वर्षीया बालिका बेपत्ता रोजगारीको मूल्य काम गरेको समयले होइन, आम्दानीले निर्धारण गर्छ : ओली खगेन्द्र सुनारको अडिओ प्रकरणमा रास्वपाले गठन गर्‍यो छानबिन समिति संसद् आरोप–प्रत्यारोपमा केन्द्रित हुँदा जनसरोकारका मुद्दा कमजोर बने : खुश्बु ओली भदौमा मात्रै भित्रियो २ खर्ब २१ अर्ब रुपैयाँ रेमिट्यान्स पोखरामा मोटरसाइकलको ठक्करबाट पैदलयात्रीसहित दुई जनाको मृत्यु देउवा पक्षको महाधिवेशनमा केन्द्रीय नेतादेखि सांसदसम्म स्वतः प्रतिनिधि हुने व्यवस्था काठमाडौँको रानीपोखरीमा पुरुषको शव फेला पढाउने भन्दै भारत लैजाँदै गरिएका २५ बालबालिका सीमाबाटै फर्काइए दसैँ मनाउन काठमाडौँ छाड्नेको संख्या साढे २ लाख नाघ्यो विरोध प्रदर्शनमा सहभागी भएपछि इमरान खानलाई भारत छोड्न आदेश कांग्रेस महाधिवेशन : केन्द्रीय कार्यसमितिको सम्पूर्ण नतिजा आज रातिसम्म आउने नवरात्रको पाँचौँ दिन आज स्कन्दमाताको पूजा आराधना गरिँदै दुई तिहाइ बहुमत हुँदैमा सरकारका सबै निर्णय सही हुँदैनन् : अमरेश सिंह सुनचाँदीको मूल्यमा गिरावट, सुन तोलाको २ लाख ८८ हजार ४०० रुपैयाँ रास्वपाका महिला सांसदद्वारा खगेन्द्र सुनारलाई तत्काल निलम्बन गर्न माग देवरको कुटपिटबाट एक महिलाको मृत्यु