2026-10-20 04:56 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मुख्य समाचार

सर्लाहीको बरहथवा बजारमा प्रदर्शन गर्न आएका चार जना नियन्त्रणमा

2026-07-31

 | सर्लाहीको बरहथवा बजारमा प्रदर्शन गर्न आएका चार जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ। दुई समुदायबिच खलल पुर्याउने हिसाबले बजारमा प्रदर्शन गर्न आएका चार जना युवालाई स्थानीयले नियन्त्रणमा लिएर इलाका प्रहरी कार्यालय बरहथवालाई बुझाएका हुन्। उनीहरूले प्रयोग गरिरहेका तीन वटा मोटरसाइकल समेत प्रहरीले नियन्त्रणमा लिएको छ।

शुक्रबार बिहान बजार क्षेत्रमा शान्ति–सुरक्षा कायम राख्ने उद्देश्यले इलाका प्रहरी कार्यालय बरहथवाले सर्वदलीय बैठक आयोजना गरेको थियो। बैठक चलिरहेका बेला बाहिरबाट केही व्यक्ति प्रदर्शन गर्न बजारतर्फ आएको सूचना प्राप्त भएपछि बैठकमा सहभागी जनप्रतिनिधि, राजनीतिक दलका प्रतिनिधि, व्यापारी तथा स्थानीयहरू घटनास्थल पुगेर चार जनालाई नियन्त्रणमा लिइएको इलाका प्रहरी कार्यालय बरहथवाका डिएसपी गोपीकृष्ण सुवेदीले बताए।

सर्वदलीय बैठकमा बरहथवा नगरपालिकाकी नगर प्रमुख कल्पनाकुमारी कटुवाल, विभिन्न वडाका वडाध्यक्ष, राजनीतिक दलका प्रतिनिधि तथा उद्योग वाणिज्य संघ बरहथवाका पदाधिकारी तथा नागरिक अगुवाहरूको सहभागिता थियो। स्थानीय व्यापारीहरूले बाहिरबाट आउने केही व्यक्तिले प्रदर्शनको बहानामा बजारमा लुटपाट तथा तोडफोडको प्रयास गर्ने गरेको आशंका व्यक्त गरेका छन्।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
युरोपका ६ देशमा प्रदर्शन चर्कियो, फ्रान्समा १८ सय पक्राउ, इटालीमा विद्यालय कब्जा दसैँमा काठमाडौँ उपत्यकाभित्र सशस्त्र प्रहरीको निःशुल्क बस सेवा कांग्रेसका ३५ वर्ष मुनिका ७ युवा केन्द्रीय सदस्यमा निर्वाचित मलेसिया जाने श्रमिकसँग अतिरिक्त शुल्क असुलेको आरोपमा चार जना पक्राउ बाढीले बगाएको आरुघाट पुलको मर्मत सुरु, दसैँअघि सञ्चालन गर्ने लक्ष्य कर्णालीमा नुहाउने क्रममा १२ वर्षीया बालिका बेपत्ता रोजगारीको मूल्य काम गरेको समयले होइन, आम्दानीले निर्धारण गर्छ : ओली खगेन्द्र सुनारको अडिओ प्रकरणमा रास्वपाले गठन गर्‍यो छानबिन समिति संसद् आरोप–प्रत्यारोपमा केन्द्रित हुँदा जनसरोकारका मुद्दा कमजोर बने : खुश्बु ओली भदौमा मात्रै भित्रियो २ खर्ब २१ अर्ब रुपैयाँ रेमिट्यान्स पोखरामा मोटरसाइकलको ठक्करबाट पैदलयात्रीसहित दुई जनाको मृत्यु देउवा पक्षको महाधिवेशनमा केन्द्रीय नेतादेखि सांसदसम्म स्वतः प्रतिनिधि हुने व्यवस्था काठमाडौँको रानीपोखरीमा पुरुषको शव फेला पढाउने भन्दै भारत लैजाँदै गरिएका २५ बालबालिका सीमाबाटै फर्काइए दसैँ मनाउन काठमाडौँ छाड्नेको संख्या साढे २ लाख नाघ्यो विरोध प्रदर्शनमा सहभागी भएपछि इमरान खानलाई भारत छोड्न आदेश कांग्रेस महाधिवेशन : केन्द्रीय कार्यसमितिको सम्पूर्ण नतिजा आज रातिसम्म आउने नवरात्रको पाँचौँ दिन आज स्कन्दमाताको पूजा आराधना गरिँदै दुई तिहाइ बहुमत हुँदैमा सरकारका सबै निर्णय सही हुँदैनन् : अमरेश सिंह सुनचाँदीको मूल्यमा गिरावट, सुन तोलाको २ लाख ८८ हजार ४०० रुपैयाँ