2026-10-02 11:27 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मुख्य समाचार

सर्लाहीको बरहथवा बजारमा प्रदर्शन गर्न आएका चार जना नियन्त्रणमा

2026-07-31

 | सर्लाहीको बरहथवा बजारमा प्रदर्शन गर्न आएका चार जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ। दुई समुदायबिच खलल पुर्याउने हिसाबले बजारमा प्रदर्शन गर्न आएका चार जना युवालाई स्थानीयले नियन्त्रणमा लिएर इलाका प्रहरी कार्यालय बरहथवालाई बुझाएका हुन्। उनीहरूले प्रयोग गरिरहेका तीन वटा मोटरसाइकल समेत प्रहरीले नियन्त्रणमा लिएको छ।

शुक्रबार बिहान बजार क्षेत्रमा शान्ति–सुरक्षा कायम राख्ने उद्देश्यले इलाका प्रहरी कार्यालय बरहथवाले सर्वदलीय बैठक आयोजना गरेको थियो। बैठक चलिरहेका बेला बाहिरबाट केही व्यक्ति प्रदर्शन गर्न बजारतर्फ आएको सूचना प्राप्त भएपछि बैठकमा सहभागी जनप्रतिनिधि, राजनीतिक दलका प्रतिनिधि, व्यापारी तथा स्थानीयहरू घटनास्थल पुगेर चार जनालाई नियन्त्रणमा लिइएको इलाका प्रहरी कार्यालय बरहथवाका डिएसपी गोपीकृष्ण सुवेदीले बताए।

सर्वदलीय बैठकमा बरहथवा नगरपालिकाकी नगर प्रमुख कल्पनाकुमारी कटुवाल, विभिन्न वडाका वडाध्यक्ष, राजनीतिक दलका प्रतिनिधि तथा उद्योग वाणिज्य संघ बरहथवाका पदाधिकारी तथा नागरिक अगुवाहरूको सहभागिता थियो। स्थानीय व्यापारीहरूले बाहिरबाट आउने केही व्यक्तिले प्रदर्शनको बहानामा बजारमा लुटपाट तथा तोडफोडको प्रयास गर्ने गरेको आशंका व्यक्त गरेका छन्।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सुनचाँदीको मूल्य बढ्यो गगन थापा सर्वसम्मत सभापति बन्न सक्छन् : देवराज चालिसे दुर्गा प्रसाईंलाई थप एक दिन हिरासतमा राखेर अनुसन्धान गर्न अदालतले अनुमति राष्ट्रियसभाका दुई रिक्त पद छिटै पूर्ति गरिने काठमाडौँमा १० दिन विद्युत् कटौती, यी क्षेत्रमा प्रभावित हुनेछ सेवा आर्थिक क्षेत्रका तीन विधेयक दफावार छलफलका लागि समितिमा पठाइयो हिम्लुङ हिमपहिरोमा थप चार शव फेला, मृत्यु हुनेको संख्या ११ पुग्यो थापाथलीमा मोटरसाइकल र स्कुटर ठोक्किँदा एक जनाको मृत्यु, तीन घाइते बहुविवाह र विदेशी पीआर लिने व्यक्ति निजामती सेवामा प्रवेश गर्न नपाउने रोनाल्डोले पोर्चुगलको राष्ट्रिय टोलीको क्याम्प छाडे जबराको गिरफ्तारीबारे सरकारलाई सदनमा जवाफदेही बनाउन झाँक्रीको माग सरकारको ६ महिने कार्यकाल उत्साहजनक भएन : आङ्देम्बे प्रधानमन्त्री शाहसँग अष्ट्रेलियाका राजदूत अर्न्स्टको शिष्टाचार भेटवार्ता शिक्षा नेपालमा, रोजगारी विदेशमा हुने अवस्था अन्त्य गर्नुपर्छ : सांसद न्यौपाने फ्लाईदुबई घटनामा क्याप्टेन मच्छरको साहसको ट्रम्पद्वारा प्रशंसा फ्लाईदुबई विमानमा ककपिटमै हमला, १०० भन्दा बढी यात्रुको ज्यान जोगियो शुक्रबारदेखि संघीय संसद्को अधिवेशन अन्त्य हुने केएलसिसि टावरमा सुरक्षा दिने श्रमिकहरुको गुनाशो- ‘दुतावास आए तर मालिकका मान्छेसंगै आए’ प्रधानमन्त्री शाहको कार्यशैलीप्रति एमाले सांसद पोखरेलको प्रश्न कांग्रेस वडा अधिवेशनमा सक्रिय सहभागी हुन देउवाको अपिल