2026-08-22 05:32 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मुख्य समाचार

ब्रोड पिक हिमपहिरोमा बेपत्तामध्ये चार जनाको शव फेला

2026-07-31

काठमाडौँ | पाकिस्तानको ब्रोड पिक हिमालमा गएको हिमपहिरोमा परी हालसम्म चार जनाको शव फेला परेको छ। संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री गणेश पौडेलले सामाजिक सञ्जालमार्फत यसबारे जानकारी दिएका हुन्।

यद्यपि, ती शवहरूको पहिचान अझै खुलेको छैन। घटनालगत्तै मन्त्री पौडेलले घटनाप्रति गहिरो चिन्ता व्यक्त गरेका छन्। काराकोरम हिमशृंखलास्थित ८ हजार ४७ मिटर उचाइको ब्रोड पिक हिमालमा गएको हिमपहिरोका कारण विश्वचर्चित नेपाली पर्वतारोही निर्मल पुर्जा ‘निम्स दाई’ लगायत १० आरोही सम्पर्कविहिन भएका हुन्। सोही घटनाप्रति उनले गहिरो चिन्ता व्यक्त गरेका हुन्। परिस्थितिबारे जानकारी दिँदै मन्त्री पौडेलले भनेका छन्, ‘हामी पाकिस्तानी अधिकारीहरूसँग नियमित सम्पर्कमा छौँ र घटनाबारे लगातार अपडेट लिइरहेका छौँ।’

बेपत्ता हुनेहरूमा नेपालका तर्फबाट पाँच जना पुर्जासहित पुरबहादुर गुरुङ ‘युक्ता’, किली पेम्बा शेर्पा ‘किलु’, निमा शेर्पा, नावाङ थिन्डु शेर्पा र ग्यालु शेर्पा बेपत्ता सूचीमा छन्। यसैगरी ओमानका नाधिरा अहमद अब्दुल्ला अल हार्थी, पाकिस्तानका सोहेल साखी, चीनका वाङ झोङ, अमेरिकाका मेलोरी गेइस पनि बेपत्ता छन्।

बेपत्ताहरूको खोजी तथा उद्धारका लागि पाकिस्तानी सेनाका दुई हेलिकप्टर र विशेष उद्धार टोलीहरू निरन्तर परिचालन गरिएको छ। अहिले पनि खोजी तथा उद्धार कार्य जारी रहेको छ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मतदाता नामावली अद्यावधिक गर्न निर्वाचन आयोगको अनुरोध राष्ट्रियसभाबाट ‘नेपाल विशेष सेवा ऐनसम्बन्धी विधेयक’सर्वसम्मतिले स्वीकृत रास्वपामा तीन पदाधिकारीसहित ४२ केन्द्रीय सदस्य अर्को बैठकबाट मनोनीत हुने साताको अन्तिम दिन घट्यो नेप्से शंखमुलको होस्टलमा कुटपिटपछि २२ वर्षीय युवकको मृत्यु गरिमालाई न्याय माग्दै काठमाडौँमा प्रदर्शन प्रधानमन्त्री शाह काठमाडौँबाट पोखरातर्फ प्रस्थान राजनीतिक मुद्दाको समाधान केवल राजनीतिक संवादबाट मात्र सम्भव छ: प्रदीप पौडेल जाजरकोटमा जीप दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ भने ६ जना घाइते सुनको मूल्य एकैदिन तोलामा ३ हजार ३०० रुपैयाँले बढ्यो नेपालले अब कुनै नयाँ राजनीतिक एड्भेन्चर थेग्न सक्दैन: गगन थापा कांग्रेस केन्द्रीय अनुशासन समितिको बैठक शुक्रबार बस्दै, महाधिवेशन र अनुशासनबारे छलफल हुने भ्रष्टाचार गर्ने व्यक्ति डराउनुपर्छ, इमानदार कर्मचारी डराएर निर्णय गर्न नसक्ने अवस्था सिर्जना हुनुहुँदैन : कानुनमन्त्री गौतम पार्टी एकता मजबुत बनाउन सक्रिय भएर लाग्न विश्वप्रकाश शर्माको आग्रह अख्तियारले न्याय दिएका भन्दा अन्यायमा परेकाहरू धेरै छन् : रवि लामिछाने राष्ट्रवादी विचारमाथि अविश्वास सिर्जना गर्ने नियोजित काम भइरहेको छ : धवलशमशेर राणा रास्वपा विधान संशोधन कार्यदलको पहिलो बैठक आज बस्दै अबदेखि भद्र, झट्ट नरिसाउने, मर्यादामा बस्ने र अनुशासन पालन गर्ने आशिका बन्ने कोसिस गर्नेछु: आशिका तामाङ सुनचाँदीको मूल्य बढ्यो सिमरामा ३ वर्षीया बालिका हत्या घटना : पक्राउ परेका दुई जना सार्वजनिक