2026-10-19 05:17 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मुख्य समाचार

ब्रोड पिक हिमपहिरोमा बेपत्तामध्ये चार जनाको शव फेला

2026-07-31

काठमाडौँ | पाकिस्तानको ब्रोड पिक हिमालमा गएको हिमपहिरोमा परी हालसम्म चार जनाको शव फेला परेको छ। संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री गणेश पौडेलले सामाजिक सञ्जालमार्फत यसबारे जानकारी दिएका हुन्।

यद्यपि, ती शवहरूको पहिचान अझै खुलेको छैन। घटनालगत्तै मन्त्री पौडेलले घटनाप्रति गहिरो चिन्ता व्यक्त गरेका छन्। काराकोरम हिमशृंखलास्थित ८ हजार ४७ मिटर उचाइको ब्रोड पिक हिमालमा गएको हिमपहिरोका कारण विश्वचर्चित नेपाली पर्वतारोही निर्मल पुर्जा ‘निम्स दाई’ लगायत १० आरोही सम्पर्कविहिन भएका हुन्। सोही घटनाप्रति उनले गहिरो चिन्ता व्यक्त गरेका हुन्। परिस्थितिबारे जानकारी दिँदै मन्त्री पौडेलले भनेका छन्, ‘हामी पाकिस्तानी अधिकारीहरूसँग नियमित सम्पर्कमा छौँ र घटनाबारे लगातार अपडेट लिइरहेका छौँ।’

बेपत्ता हुनेहरूमा नेपालका तर्फबाट पाँच जना पुर्जासहित पुरबहादुर गुरुङ ‘युक्ता’, किली पेम्बा शेर्पा ‘किलु’, निमा शेर्पा, नावाङ थिन्डु शेर्पा र ग्यालु शेर्पा बेपत्ता सूचीमा छन्। यसैगरी ओमानका नाधिरा अहमद अब्दुल्ला अल हार्थी, पाकिस्तानका सोहेल साखी, चीनका वाङ झोङ, अमेरिकाका मेलोरी गेइस पनि बेपत्ता छन्।

बेपत्ताहरूको खोजी तथा उद्धारका लागि पाकिस्तानी सेनाका दुई हेलिकप्टर र विशेष उद्धार टोलीहरू निरन्तर परिचालन गरिएको छ। अहिले पनि खोजी तथा उद्धार कार्य जारी रहेको छ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
युरोपका ६ देशमा प्रदर्शन चर्कियो, फ्रान्समा १८ सय पक्राउ, इटालीमा विद्यालय कब्जा दसैँमा काठमाडौँ उपत्यकाभित्र सशस्त्र प्रहरीको निःशुल्क बस सेवा कांग्रेसका ३५ वर्ष मुनिका ७ युवा केन्द्रीय सदस्यमा निर्वाचित मलेसिया जाने श्रमिकसँग अतिरिक्त शुल्क असुलेको आरोपमा चार जना पक्राउ बाढीले बगाएको आरुघाट पुलको मर्मत सुरु, दसैँअघि सञ्चालन गर्ने लक्ष्य कर्णालीमा नुहाउने क्रममा १२ वर्षीया बालिका बेपत्ता रोजगारीको मूल्य काम गरेको समयले होइन, आम्दानीले निर्धारण गर्छ : ओली खगेन्द्र सुनारको अडिओ प्रकरणमा रास्वपाले गठन गर्‍यो छानबिन समिति संसद् आरोप–प्रत्यारोपमा केन्द्रित हुँदा जनसरोकारका मुद्दा कमजोर बने : खुश्बु ओली भदौमा मात्रै भित्रियो २ खर्ब २१ अर्ब रुपैयाँ रेमिट्यान्स पोखरामा मोटरसाइकलको ठक्करबाट पैदलयात्रीसहित दुई जनाको मृत्यु देउवा पक्षको महाधिवेशनमा केन्द्रीय नेतादेखि सांसदसम्म स्वतः प्रतिनिधि हुने व्यवस्था काठमाडौँको रानीपोखरीमा पुरुषको शव फेला पढाउने भन्दै भारत लैजाँदै गरिएका २५ बालबालिका सीमाबाटै फर्काइए दसैँ मनाउन काठमाडौँ छाड्नेको संख्या साढे २ लाख नाघ्यो विरोध प्रदर्शनमा सहभागी भएपछि इमरान खानलाई भारत छोड्न आदेश कांग्रेस महाधिवेशन : केन्द्रीय कार्यसमितिको सम्पूर्ण नतिजा आज रातिसम्म आउने नवरात्रको पाँचौँ दिन आज स्कन्दमाताको पूजा आराधना गरिँदै दुई तिहाइ बहुमत हुँदैमा सरकारका सबै निर्णय सही हुँदैनन् : अमरेश सिंह सुनचाँदीको मूल्यमा गिरावट, सुन तोलाको २ लाख ८८ हजार ४०० रुपैयाँ