2026-09-28 10:09 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मुख्य समाचार

सुनकोसी नदीमा वेपत्ता कार र यात्रुको मंगलबार बिहानैदेखि खोजी कार्य जारी

2026-08-04

काठमाडौँ | तीव्र गतिमा रहेको बसले रोकिराखेका बेला ठक्कर दिँदा यात्रुसहित सुनकोसी नदीमा वेपत्ता कारको मंगलबार बिहानैदेखि खोजी कार्य थालिएको छ । मध्य पहाडी लोकमार्ग अन्तर्गत फिक्कल गाउँपालिका–२ नवलपुर सोमबार दिउँसो काठमाडौँबाट ओखलढुङ्गातर्फ जाँदै गरेको बागमती प्रदेश ०८–००१ ख ०१४४ नम्बरको बसले बिपरित दिशाबाट खुर्कोटतर्फ आउँदै गरेको प्रदेश ३–०१–०२४ च ९५७३ नम्बरको कारलाई ठक्कर दिँदा तीन जना यात्रुसहित सुनकोसी नदीमा वेपत्ता भएका थिए ।

सोमबार राति अवेरसम्म खोजतलास गरे पनि केही पत्तो लागेको थिएन । कोसीमा पानीको बहाव उच्च भएको र रातिको समय भएपछि स्थगित गरिएको खोजी कार्यलाई मंगलबार बिहानैबाट निरन्तरता दिइएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीका सूचना अधिकारी (डीएसपी) विजय श्रेष्ठले जानकारी दिए । बसले ठक्कर दिँदा अनियन्त्रित भई कार सुनकोसी नदीमा खस्दा कारका चालक सिन्धुपाल्चोक घर भएका बर्ष ३९ का दिलकुमार लामा, स्काभेटर चालक सिन्धुली जिल्ला गोलान्जोर गाउँपालिका–१ बस्ने ध्रुब थापाको छोरा बर्ष अन्दाजी २८ का गणेश थापा र स्काभेटरका हेल्फर तीनपाटन गाउँपालिका–९ डाँडाखर्क बस्ने वर्ष १७ का सुजन बलम्पाकी मगर नदीमा बेपत्ता भएका थिए ।

वेपत्ता लामा मध्यपहाडी लोकमार्ग निर्माणका ठेकेदार हुन । उनी सिन्धुपाल्ल्चोकस्थित जुगल गाउँपालिका–७ का पूर्व वडा अध्यक्ष समेत भएको बताइएको छ । लामा २०७४ सालमा वडा अध्यक्षमा निर्वाचित भएका थिए । उनीहरू साइडमा काम सकेर खाना खान नवलपुरतर्फ आउँदै थिए । नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी खुर्कोट व्यस क्याम्पको गोताखोर टोली, वेपत्ताको आफन्तसहित स्थानीयले वेपत्ता कार र यात्रुहरुको खोजी कार्य जारी राखेका छन् ।

सिन्धुलीका प्रमुख जिल्ला अधिकारी स्किम श्रेष्ठ, प्रहरी प्रमुख विक्रम सिं, फिक्कल गाउँपालिकाका उपाध्यक्ष राजु बराल, गोलन्जोर गाउँपालिका–१ का वडा अध्यक्ष सोमप्रसाद बराललगायत समेत घटनास्थलमा पुगेर वेपत्ताको खोजीमा सक्रिय भूमिका निर्वाह गरेका छन् । प्रहरीका अनुसार कारलाई ठक्कर दिने बसका चालक फिक्कल गाउँपालिका–६ का वर्ष २६ का हेमबहादुर तामाङ र बसलाई प्रहरीले नियन्त्रणमा लिएर अनुसन्धान थालेको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
दुर्गा प्रसाईंलाई तीन दिन हिरासतमा राखेर अनुसन्धान गर्न अदालतको अनुमति बाढी–पहिरोले एक हजार मेगावाट विद्युत उत्पादन प्रभावित : ऊर्जामन्त्री राष्ट्रपतिसमक्ष राष्ट्रिय समावेशी आयोगको वार्षिक प्रतिवेदन पेस गृहमन्त्रीको सचिवालयसँग सम्पर्क रहेको भन्दै अडिओ संवाद गर्ने व्यक्ति पक्राउ कालीगण्डकीको बाढी हेर्ने क्रममा भीरबाट खसेर बागलुङमा एक जनाको मृत्यु चाडबाडमा पेट्रोलियम पदार्थको मूल्य नबढाउन यातायात व्यवसायीको माग के खाएपछि कन्फिडेन्स आउँछ? विपक्षीलाई खगेन्द्र सुनारको व्यंग्य प्रतिनिधिसभामा छ विधेयक प्रस्तुत पक्राउ पर्दा दुर्गा प्रसाईंले भने– ‘सिंहदरबार खरानी बनाउनेलाई लखेट्छु जनता डराएर शासन गर्छु भन्ने दुनियाँमा कोही पनि शासक सफल भएका छैनन् : सांसद ढुंगाना अन्तर्राष्ट्रिय बजारमा तेलको मूल्य बढ्यो भोटेकोसी बाढीबारे संसदीय विशेष समितिको सभापति निर्वाचन असोज १४ गते हिमलुङ हिमपहिरोमा थप दुई शव भेटिए, मृतकको संख्या चार पुग्यो मलेखु–मुग्लिङ सडकखण्ड सञ्चालनमा दशैँ–तिहारअघि पृथ्वी राजमार्ग सञ्चालनयोग्य बनाउन सांसद आशिका तामाङको माग सरकारको पक्राउ शैलीप्रति प्रचण्डको आपत्ति, ‘मूल्य धेरै ठूलो चुकाउनुपर्छ’ दुर्गा प्रसाईं फेरि पक्राउ बाढीपहिरोको क्षतिप्रति सरकारको ध्यानाकर्षण, सांसद अर्यालले मागिन् तत्काल उद्धार र पुनर्स्थापना मनाङमा जनताको अवस्था भयावह छ : सांसद गुरुङ थुनिएको मर्स्याङ्दीको बहाव खुल्दै