2026-10-17 09:23 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मुख्य समाचार

रोल्पाको बोटलबारा पहिरोमा परी मृत्यु हुनेको संख्या ७ पुग्यो

2026-08-13

काठमाडौँ | रोल्पाको थबाङ गाउँपालिका–५ बोटलबारामा बुधबार राति गएको पहिरोमा परी मृत्यु हुनेको संख्या ७ पुगेको छ । पहिरोमा अझै अन्य ५ जना हराइरहेका छन् । अविरल वर्षासँगै आएको पहिरोले स्थानीय कमलबहादुर पुन मगरको घरसहित अरू आधा दर्जन घरगोठ बगाएको थियो ।

जिल्ला प्रहरी कार्यालय, रोल्पाका अनुसार पहिरोमा परी मृत्यु हुनेमा सोही ठाउँका १८ वर्षीया शान्ति पुन मगर, ६५ वर्षीय कमलबहादुर पुन मगर, ७१ वर्षीया मनरखी पुन मगर, ७५ वर्षीय दलबहादुर पुन मगर, ४० वर्षीया जुनकुमारी पुन मगर, ९ वर्षीय अशिम पुन मगर र ६ वर्षीय अशोक पुन मगर छन् । पहिरोमा परी मृत्यु भएकामध्ये एक महिला र दुई पुरुषको शव प्युठानको स्वर्गद्वारी नगरपालिका र माण्डवी गाउँपालिकास्थित माडी खोला किनारामा फेला परेको हो । प्युठानमा बिहीबार ५ वटा बेवारिसे शव फेला परेका थिए ।

पहिरोमा परी बेपत्ता हुनेमा सोही ठाउँका ८० वर्षीय अजम्बर पुन मगर, ७८ वर्षीय बलबहादुर पुन मगर, ७२ वर्षीय लिलबहादुर पुन मगर, ७१ वर्षीया मनि पुन मगर र ६७ वर्षीया हस्तकला पुन मगर छन् । पहिरोमा १४ जना परेका थिए । २२ वर्षीय हिमाल पुन मगर र २५ वर्षीय सञ्जय घर्तीमगरलाई घाइते अवस्थामा उद्धार गरिएको थियो । उनीहरू दुवै जनालाई थप उपचारका लागि बुटवल ल्याइएको छ ।

बेपत्ता भएकाको खोजीका लागि नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरीको संयुक्त टोली खटिएको प्रमुख जिल्ला अधिकारी गंगाबहादुर क्षेत्रीले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कांग्रेसका ३५ वर्ष मुनिका ७ युवा केन्द्रीय सदस्यमा निर्वाचित मलेसिया जाने श्रमिकसँग अतिरिक्त शुल्क असुलेको आरोपमा चार जना पक्राउ बाढीले बगाएको आरुघाट पुलको मर्मत सुरु, दसैँअघि सञ्चालन गर्ने लक्ष्य कर्णालीमा नुहाउने क्रममा १२ वर्षीया बालिका बेपत्ता रोजगारीको मूल्य काम गरेको समयले होइन, आम्दानीले निर्धारण गर्छ : ओली खगेन्द्र सुनारको अडिओ प्रकरणमा रास्वपाले गठन गर्‍यो छानबिन समिति संसद् आरोप–प्रत्यारोपमा केन्द्रित हुँदा जनसरोकारका मुद्दा कमजोर बने : खुश्बु ओली भदौमा मात्रै भित्रियो २ खर्ब २१ अर्ब रुपैयाँ रेमिट्यान्स पोखरामा मोटरसाइकलको ठक्करबाट पैदलयात्रीसहित दुई जनाको मृत्यु देउवा पक्षको महाधिवेशनमा केन्द्रीय नेतादेखि सांसदसम्म स्वतः प्रतिनिधि हुने व्यवस्था काठमाडौँको रानीपोखरीमा पुरुषको शव फेला पढाउने भन्दै भारत लैजाँदै गरिएका २५ बालबालिका सीमाबाटै फर्काइए दसैँ मनाउन काठमाडौँ छाड्नेको संख्या साढे २ लाख नाघ्यो विरोध प्रदर्शनमा सहभागी भएपछि इमरान खानलाई भारत छोड्न आदेश कांग्रेस महाधिवेशन : केन्द्रीय कार्यसमितिको सम्पूर्ण नतिजा आज रातिसम्म आउने नवरात्रको पाँचौँ दिन आज स्कन्दमाताको पूजा आराधना गरिँदै दुई तिहाइ बहुमत हुँदैमा सरकारका सबै निर्णय सही हुँदैनन् : अमरेश सिंह सुनचाँदीको मूल्यमा गिरावट, सुन तोलाको २ लाख ८८ हजार ४०० रुपैयाँ रास्वपाका महिला सांसदद्वारा खगेन्द्र सुनारलाई तत्काल निलम्बन गर्न माग देवरको कुटपिटबाट एक महिलाको मृत्यु