2026-10-20 06:00 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

भैरहवा र पोखरा विमानस्थल छिट्टै पूर्ण रूपमा सुचारु हुन्छन्: सभामुख अर्याल

2026-08-14

काठमाडौँ | सभामुख डोलप्रसाद अर्यालले भैरहवा र पोखरा अन्तर्राष्ट्रिय विमानस्थल छिट्टै पूर्ण रूपमा सञ्चालनमा आउने बताएका छन् । नेपाल एशोसिएशन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाटा)को ५९औँ वार्षिक साधारणसभालाई शुक्रबार सम्बोधन गर्दै सभामुख अर्यालले दुवै विमानस्थल सञ्चालनका विषयमा सरकारले घनीभूत छलफल गरिरहेको जानकारी दिए ।‘भैरहवा र पोखरा विमानस्थलका विषयमा घनीभूत छलफल भइरहेको छ । मलाई विश्वास छ, छिट्टै यी विमानस्थलले निरन्तरता पाउनेछन् र त्यहाँबाट हवाई सेवा सुचारु रूपमा सञ्चालन हुनेछ,’ उनले भने ।

निजगढ अन्तर्राष्ट्रिय विमानस्थल निर्माणका विषयमा पनि सरकार गम्भीर रहेको उनले बताए । निजगढ विमानस्थलसम्बन्धी बहस अघि बढिरहेको जानकारी दिँदै उनले सरकारले आवश्यक निर्णय लिने बताए । सभामुख अर्यालले पर्यटन क्षेत्रको विकासका लागि प्रविधिको अधिकतम प्रयोग गर्नुपर्नेमा जोड दिए । नयाँ पुस्तालाई पर्यटन क्षेत्रमा आकर्षित गर्न विशेष पहल आवश्यक रहेको उनको भनाइ छ ।

वर्तमान सरकार र संसद्मा युवाको बाहुल्यता रहेको उल्लेख गर्दै उनले सरकारले तत्कालै सबै काम सम्पन्न गर्न नसक्ने भएकाले विकास र समृद्धिको यात्रामा धैर्य गर्न नागरिकलाई आग्रह गरे ।‘सरकारले आजै सबै काम गरिहालेन भनेर आत्तिनु हुँदैन । विकास र समृद्धिको यात्रा लामो हुन्छ, समय लाग्छ,’ उनले भने, ‘यो यात्रामा नागरिकको भूमिका पनि महत्वपूर्ण छ । हामीले नै समाजमा सकारात्मक सन्देश प्रवाह गर्नुपर्छ ।’

सरकार असफल भयो भन्ने नकारात्मक सन्देश प्रवाह गर्नुभन्दा सुधार र विकासका लागि साथ दिनुपर्ने उनले बताए । सभामुख अर्यालले वर्तमान सरकारले मुलुकलाई समृद्ध बनाउने ऐतिहासिक जनादेश पाएको दाबी गर्दै अब सरकारलाई असफल हुने छुट नभएको बताए । पर्यटनसँगै उद्योग, उत्पादन, आयात–निर्यात र सुशासनका क्षेत्रमा सुधार आवश्यक रहेको उनको भनाइ छ ।

भ्रष्टाचारलाई जरैदेखि अन्त्य गर्ने अभियान सरकारले सुरु गरेको उल्लेख गर्दै उनले यसमा सबैको साथ आवश्यक रहेको बताए ।‘अब नेपाल समृद्ध बनाउनैपर्छ । पर्यटन मात्र होइन, उद्योग, उत्पादन, आयात–निर्यातलगायत सबै क्षेत्रलाई समृद्धिको एउटै दिशामा अघि बढाउनुपर्छ,’ उनले भने । सभामुख अर्यालले सरकार भ्रष्टाचारविरुद्धको अभियानमा दृढ रहेको दोहोर्‍याउँदै वर्तमान सरकारलाई असफल हुने कुनै छुट नभएको स्पष्ट पारे ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
युरोपका ६ देशमा प्रदर्शन चर्कियो, फ्रान्समा १८ सय पक्राउ, इटालीमा विद्यालय कब्जा दसैँमा काठमाडौँ उपत्यकाभित्र सशस्त्र प्रहरीको निःशुल्क बस सेवा कांग्रेसका ३५ वर्ष मुनिका ७ युवा केन्द्रीय सदस्यमा निर्वाचित मलेसिया जाने श्रमिकसँग अतिरिक्त शुल्क असुलेको आरोपमा चार जना पक्राउ बाढीले बगाएको आरुघाट पुलको मर्मत सुरु, दसैँअघि सञ्चालन गर्ने लक्ष्य कर्णालीमा नुहाउने क्रममा १२ वर्षीया बालिका बेपत्ता रोजगारीको मूल्य काम गरेको समयले होइन, आम्दानीले निर्धारण गर्छ : ओली खगेन्द्र सुनारको अडिओ प्रकरणमा रास्वपाले गठन गर्‍यो छानबिन समिति संसद् आरोप–प्रत्यारोपमा केन्द्रित हुँदा जनसरोकारका मुद्दा कमजोर बने : खुश्बु ओली भदौमा मात्रै भित्रियो २ खर्ब २१ अर्ब रुपैयाँ रेमिट्यान्स पोखरामा मोटरसाइकलको ठक्करबाट पैदलयात्रीसहित दुई जनाको मृत्यु देउवा पक्षको महाधिवेशनमा केन्द्रीय नेतादेखि सांसदसम्म स्वतः प्रतिनिधि हुने व्यवस्था काठमाडौँको रानीपोखरीमा पुरुषको शव फेला पढाउने भन्दै भारत लैजाँदै गरिएका २५ बालबालिका सीमाबाटै फर्काइए दसैँ मनाउन काठमाडौँ छाड्नेको संख्या साढे २ लाख नाघ्यो विरोध प्रदर्शनमा सहभागी भएपछि इमरान खानलाई भारत छोड्न आदेश कांग्रेस महाधिवेशन : केन्द्रीय कार्यसमितिको सम्पूर्ण नतिजा आज रातिसम्म आउने नवरात्रको पाँचौँ दिन आज स्कन्दमाताको पूजा आराधना गरिँदै दुई तिहाइ बहुमत हुँदैमा सरकारका सबै निर्णय सही हुँदैनन् : अमरेश सिंह सुनचाँदीको मूल्यमा गिरावट, सुन तोलाको २ लाख ८८ हजार ४०० रुपैयाँ