2026-10-22 08:34 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मुख्य समाचार

जापानमा नेपाली विद्यार्थीको हत्या आरोपमा तीन नेपाली पक्राउ

2026-09-09

काठमाडौँ | जापानको फुकुओका सहरमा २५ वर्षीया नेपाली विद्यार्थी लक्ष्मी राजवंशीको मृत्यु भएको घटनामा तीन नेपाली नागरिक पक्राउ परेका छन् । जापानी प्रहरीले मंगलबार २८ वर्षीय सञ्जु तामाङ, २५ वर्षीया असुमिता तामाङ र २२ वर्षीय प्रविन लामालाई लक्ष्मीको हत्या गरेको आरोपमा पक्राउ गरेको हो ।

प्रहरीका अनुसार सञ्जु फुकुओकामा व्यावसायिक विद्यालयमा अध्ययनरत छिन् । असुमिता सागा प्रिफेक्चरको तोसुमामा बस्दै आएकी छिन् भने प्रविन पनि तोसुमामै बस्ने अन्तर्राष्ट्रिय विद्यार्थी हुन् । प्रहरीको अनुसन्धानअनुसार अगस्ट १८ राति ११ः३० बजेदेखि अगस्ट १९ बिहान १२ः१५ बजेको बीचमा फुकुओकास्थित घरमा लक्ष्मीमाथि आक्रमण भएको थियो । उनको टाउकोमा भाँडाले प्रहार गरिएको र त्यसपछि डोरीले घाँटी कसेर तेस्रो तलाको बाल्कोनीबाट नदीमा खसालिएको प्रहरीको आशंका छ । नदीमा डुबेर उनको मृत्यु भएको बताइएको छ । प्रहरीका अनुसार सञ्जु लक्ष्मीले डेटिङ गरिरहेकी व्यक्तिसँगै बस्दै आएका थिए । अगस्ट १९ बिहान करिब ५ः४५ बजे एक पैदलयात्रीले फुकुओकाको तेन्जिन क्षेत्रमा रहेको नाका नदीमा शव तैरिरहेको देखेका थिए ।

प्रहरीले नदीबाट शव बाहिर निकालेपछि लक्ष्मीलाई घटनास्थलमै मृत घोषणा गरिएको थियो । घटनाबारे जापानी प्रहरीले थप अनुसन्धान गरिरहेको छ । लक्ष्मी सन् २०२३ को मेमा विद्यार्थी भिसामा जापान पुगेकी थिइन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
युरोपका ६ देशमा प्रदर्शन चर्कियो, फ्रान्समा १८ सय पक्राउ, इटालीमा विद्यालय कब्जा दसैँमा काठमाडौँ उपत्यकाभित्र सशस्त्र प्रहरीको निःशुल्क बस सेवा कांग्रेसका ३५ वर्ष मुनिका ७ युवा केन्द्रीय सदस्यमा निर्वाचित मलेसिया जाने श्रमिकसँग अतिरिक्त शुल्क असुलेको आरोपमा चार जना पक्राउ बाढीले बगाएको आरुघाट पुलको मर्मत सुरु, दसैँअघि सञ्चालन गर्ने लक्ष्य कर्णालीमा नुहाउने क्रममा १२ वर्षीया बालिका बेपत्ता रोजगारीको मूल्य काम गरेको समयले होइन, आम्दानीले निर्धारण गर्छ : ओली खगेन्द्र सुनारको अडिओ प्रकरणमा रास्वपाले गठन गर्‍यो छानबिन समिति संसद् आरोप–प्रत्यारोपमा केन्द्रित हुँदा जनसरोकारका मुद्दा कमजोर बने : खुश्बु ओली भदौमा मात्रै भित्रियो २ खर्ब २१ अर्ब रुपैयाँ रेमिट्यान्स पोखरामा मोटरसाइकलको ठक्करबाट पैदलयात्रीसहित दुई जनाको मृत्यु देउवा पक्षको महाधिवेशनमा केन्द्रीय नेतादेखि सांसदसम्म स्वतः प्रतिनिधि हुने व्यवस्था काठमाडौँको रानीपोखरीमा पुरुषको शव फेला पढाउने भन्दै भारत लैजाँदै गरिएका २५ बालबालिका सीमाबाटै फर्काइए दसैँ मनाउन काठमाडौँ छाड्नेको संख्या साढे २ लाख नाघ्यो विरोध प्रदर्शनमा सहभागी भएपछि इमरान खानलाई भारत छोड्न आदेश कांग्रेस महाधिवेशन : केन्द्रीय कार्यसमितिको सम्पूर्ण नतिजा आज रातिसम्म आउने नवरात्रको पाँचौँ दिन आज स्कन्दमाताको पूजा आराधना गरिँदै दुई तिहाइ बहुमत हुँदैमा सरकारका सबै निर्णय सही हुँदैनन् : अमरेश सिंह सुनचाँदीको मूल्यमा गिरावट, सुन तोलाको २ लाख ८८ हजार ४०० रुपैयाँ