2026-10-02 07:36 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मुख्य समाचार

जापानमा नेपाली विद्यार्थीको हत्या आरोपमा तीन नेपाली पक्राउ

2026-09-09

काठमाडौँ | जापानको फुकुओका सहरमा २५ वर्षीया नेपाली विद्यार्थी लक्ष्मी राजवंशीको मृत्यु भएको घटनामा तीन नेपाली नागरिक पक्राउ परेका छन् । जापानी प्रहरीले मंगलबार २८ वर्षीय सञ्जु तामाङ, २५ वर्षीया असुमिता तामाङ र २२ वर्षीय प्रविन लामालाई लक्ष्मीको हत्या गरेको आरोपमा पक्राउ गरेको हो ।

प्रहरीका अनुसार सञ्जु फुकुओकामा व्यावसायिक विद्यालयमा अध्ययनरत छिन् । असुमिता सागा प्रिफेक्चरको तोसुमामा बस्दै आएकी छिन् भने प्रविन पनि तोसुमामै बस्ने अन्तर्राष्ट्रिय विद्यार्थी हुन् । प्रहरीको अनुसन्धानअनुसार अगस्ट १८ राति ११ः३० बजेदेखि अगस्ट १९ बिहान १२ः१५ बजेको बीचमा फुकुओकास्थित घरमा लक्ष्मीमाथि आक्रमण भएको थियो । उनको टाउकोमा भाँडाले प्रहार गरिएको र त्यसपछि डोरीले घाँटी कसेर तेस्रो तलाको बाल्कोनीबाट नदीमा खसालिएको प्रहरीको आशंका छ । नदीमा डुबेर उनको मृत्यु भएको बताइएको छ । प्रहरीका अनुसार सञ्जु लक्ष्मीले डेटिङ गरिरहेकी व्यक्तिसँगै बस्दै आएका थिए । अगस्ट १९ बिहान करिब ५ः४५ बजे एक पैदलयात्रीले फुकुओकाको तेन्जिन क्षेत्रमा रहेको नाका नदीमा शव तैरिरहेको देखेका थिए ।

प्रहरीले नदीबाट शव बाहिर निकालेपछि लक्ष्मीलाई घटनास्थलमै मृत घोषणा गरिएको थियो । घटनाबारे जापानी प्रहरीले थप अनुसन्धान गरिरहेको छ । लक्ष्मी सन् २०२३ को मेमा विद्यार्थी भिसामा जापान पुगेकी थिइन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
गगन थापा सर्वसम्मत सभापति बन्न सक्छन् : देवराज चालिसे दुर्गा प्रसाईंलाई थप एक दिन हिरासतमा राखेर अनुसन्धान गर्न अदालतले अनुमति राष्ट्रियसभाका दुई रिक्त पद छिटै पूर्ति गरिने काठमाडौँमा १० दिन विद्युत् कटौती, यी क्षेत्रमा प्रभावित हुनेछ सेवा आर्थिक क्षेत्रका तीन विधेयक दफावार छलफलका लागि समितिमा पठाइयो हिम्लुङ हिमपहिरोमा थप चार शव फेला, मृत्यु हुनेको संख्या ११ पुग्यो थापाथलीमा मोटरसाइकल र स्कुटर ठोक्किँदा एक जनाको मृत्यु, तीन घाइते बहुविवाह र विदेशी पीआर लिने व्यक्ति निजामती सेवामा प्रवेश गर्न नपाउने रोनाल्डोले पोर्चुगलको राष्ट्रिय टोलीको क्याम्प छाडे जबराको गिरफ्तारीबारे सरकारलाई सदनमा जवाफदेही बनाउन झाँक्रीको माग सरकारको ६ महिने कार्यकाल उत्साहजनक भएन : आङ्देम्बे प्रधानमन्त्री शाहसँग अष्ट्रेलियाका राजदूत अर्न्स्टको शिष्टाचार भेटवार्ता शिक्षा नेपालमा, रोजगारी विदेशमा हुने अवस्था अन्त्य गर्नुपर्छ : सांसद न्यौपाने फ्लाईदुबई घटनामा क्याप्टेन मच्छरको साहसको ट्रम्पद्वारा प्रशंसा फ्लाईदुबई विमानमा ककपिटमै हमला, १०० भन्दा बढी यात्रुको ज्यान जोगियो शुक्रबारदेखि संघीय संसद्को अधिवेशन अन्त्य हुने केएलसिसि टावरमा सुरक्षा दिने श्रमिकहरुको गुनाशो- ‘दुतावास आए तर मालिकका मान्छेसंगै आए’ प्रधानमन्त्री शाहको कार्यशैलीप्रति एमाले सांसद पोखरेलको प्रश्न कांग्रेस वडा अधिवेशनमा सक्रिय सहभागी हुन देउवाको अपिल भोटेकोशी बाढीमा मृत्यु हुनेको संख्या १,४५५ पुग्यो, ४,७१८ बेपत्ता