2026-09-15 03:22 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

बाढीपीडितको शारीरिक र मानसिक स्वास्थ्यमा सरकारको विशेष ध्यान आवश्यक : सांसद राना

2026-09-15

काठमाडौँ | राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की सांसद इन्दिरा राना मगरले रसुवालगायत बाढी प्रभावित क्षेत्रका पीडितको स्वास्थ्य उपचार तथा मानसिक स्वास्थ्यमा सरकारले विशेष ध्यान दिनुपर्ने बताएकी छन् । मंगलबार बसेको प्रतिनिधिसभा बैठकमा बोल्दै सांसद राना मगरले बाढी तथा विपद्का कारण धेरै मानिस शारीरिक समस्यासँगै मानसिक समस्यामा परेको बताइन् ।

आफू पनि नुवाकोटको विदुर नगरपालिकामा बालबालिका तथा महिलालाई उद्धार गर्ने क्रममा प्रत्यक्ष रुपमा सहभागी भएको बताउँदै उनले उद्धार गरिएका कतिपयमा स्वास्थ्य समस्या देखिएको र धेरैजना मानसिक समस्यामा रहेको समेत बताइन् । उनले विपद्पछि मानसिक स्वास्थ्य उपचार र पुनस्र्थापनाका लागि पर्याप्त अस्पताल तथा पुनस्र्थापना केन्द्रको अभाव रहेको बताइन् । आर्थिक रूपमा सक्षम व्यक्तिले निजी क्षेत्रबाट उपचार पाउने अवस्था भए पनि गरिब तथा विपन्न परिवारका पीडितले उपचार पाउन कठिनाइ हुने उनले बताइन् ।

सांसद राना मगरले विपद्का कारण सबै सम्पत्ति गुमाएका नागरिकलाई उपचार खर्चको भारसमेत आफैंले बोक्नुपर्ने अवस्था सिर्जना हुन नहुने बताइन् । बाढीपीडितलाई उपचारका लागि विभिन्न अस्पतालमा पठाउँदा सम्बन्धित स्थानीय तह वा वडामार्फत आवश्यक कागजात तथा परिचयपत्रको व्यवस्था गर्नुपर्ने उनको सुझाव छ । विपद् प्रभावित नागरिकको थप उपचार खर्च सरकारले नै व्यहोर्नुपर्नेमा उनले बताइन् । उनले बाढीपीडितको आधारभूत आवश्यकता पूरा गर्नु राज्यको दायित्व भएको बताउँदै विपद्का बेला सरकारले थप संवेदनशील भएर काम गर्नुपर्ने उल्लेख गरिन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
बाढीपीडितको शारीरिक र मानसिक स्वास्थ्यमा सरकारको विशेष ध्यान आवश्यक : सांसद राना पहिचान खुलिसकेका शव तत्काल परिवारलाई बुझाउन सरकारसँग सांसद ओलीको माग भोटेकोशीको बाढीलाई दैवी प्रकोप भन्न मिल्दैन, यो प्राकृतिक विपत्ति हो : जगदीश खरेल रसुवा बाढीमा १,३९९ शव फेला, ४,०८९ जना अझै बेपत्ता जलवायु संकट न्यूनीकरणमा विश्वसमुदायसँग सहकार्यको आह्वान गरिनेछ : प्रधानमन्त्री शाह मिनी ट्रकको ठक्करबाट पाँच वर्षीय बालकको मृत्यु प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १४ अर्बभन्दा बढी जम्मा सुनचाँदीको मूल्य घट्यो चाडपर्वले विविधताबीचको एकता, आपसी सम्मान र सामाजिक सद्भावलाई बलियो बनाउँदै आएको छ : गगन थापा बाढी प्रभावित १५ स्थानीय तहका जनप्रतिनिधिसँग प्रधानमन्त्री शाहको छलफल भोटेकोशी बाढीमा १,३९२ जनाको मृत्यु, ४,०८९ अझै बेपत्ता देशभर हरितालिका तीज मनाइँदै सोमबार सुनचाँदीको मूल्य घट्यो मलेसियाको FWCMS भित्र छिरेका २५० म्यानपावरको पूर्वस्वीकृति रोक्का, छानबिन सुरु ब्रिक्स समूह कसैको विरुद्धमा छैन : मोदी विपद्को पूर्वतयारी र प्रभावकारी व्यवस्थापन नहुँदा ठूलो मानवीय क्षति भयो : कुलमान घिसिङ महाधिवेशनको तयारीका लागि देउवा समूहले खटायो ७७ जिल्लामा प्रतिनिधि संविधान रक्षाका लागि सबै परिवर्तनकारी शक्ति एक हुनैपर्छ: माधव नेपाल भोटेकोशी बाढीले बगाएको गरगहनासहित एक जना पक्राउ नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक आइतबार बस्दै