2026-10-17 06:22 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

बाढीपीडितको शारीरिक र मानसिक स्वास्थ्यमा सरकारको विशेष ध्यान आवश्यक : सांसद राना

2026-09-15

काठमाडौँ | राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की सांसद इन्दिरा राना मगरले रसुवालगायत बाढी प्रभावित क्षेत्रका पीडितको स्वास्थ्य उपचार तथा मानसिक स्वास्थ्यमा सरकारले विशेष ध्यान दिनुपर्ने बताएकी छन् । मंगलबार बसेको प्रतिनिधिसभा बैठकमा बोल्दै सांसद राना मगरले बाढी तथा विपद्का कारण धेरै मानिस शारीरिक समस्यासँगै मानसिक समस्यामा परेको बताइन् ।

आफू पनि नुवाकोटको विदुर नगरपालिकामा बालबालिका तथा महिलालाई उद्धार गर्ने क्रममा प्रत्यक्ष रुपमा सहभागी भएको बताउँदै उनले उद्धार गरिएका कतिपयमा स्वास्थ्य समस्या देखिएको र धेरैजना मानसिक समस्यामा रहेको समेत बताइन् । उनले विपद्पछि मानसिक स्वास्थ्य उपचार र पुनस्र्थापनाका लागि पर्याप्त अस्पताल तथा पुनस्र्थापना केन्द्रको अभाव रहेको बताइन् । आर्थिक रूपमा सक्षम व्यक्तिले निजी क्षेत्रबाट उपचार पाउने अवस्था भए पनि गरिब तथा विपन्न परिवारका पीडितले उपचार पाउन कठिनाइ हुने उनले बताइन् ।

सांसद राना मगरले विपद्का कारण सबै सम्पत्ति गुमाएका नागरिकलाई उपचार खर्चको भारसमेत आफैंले बोक्नुपर्ने अवस्था सिर्जना हुन नहुने बताइन् । बाढीपीडितलाई उपचारका लागि विभिन्न अस्पतालमा पठाउँदा सम्बन्धित स्थानीय तह वा वडामार्फत आवश्यक कागजात तथा परिचयपत्रको व्यवस्था गर्नुपर्ने उनको सुझाव छ । विपद् प्रभावित नागरिकको थप उपचार खर्च सरकारले नै व्यहोर्नुपर्नेमा उनले बताइन् । उनले बाढीपीडितको आधारभूत आवश्यकता पूरा गर्नु राज्यको दायित्व भएको बताउँदै विपद्का बेला सरकारले थप संवेदनशील भएर काम गर्नुपर्ने उल्लेख गरिन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कांग्रेसका ३५ वर्ष मुनिका ७ युवा केन्द्रीय सदस्यमा निर्वाचित मलेसिया जाने श्रमिकसँग अतिरिक्त शुल्क असुलेको आरोपमा चार जना पक्राउ बाढीले बगाएको आरुघाट पुलको मर्मत सुरु, दसैँअघि सञ्चालन गर्ने लक्ष्य कर्णालीमा नुहाउने क्रममा १२ वर्षीया बालिका बेपत्ता रोजगारीको मूल्य काम गरेको समयले होइन, आम्दानीले निर्धारण गर्छ : ओली खगेन्द्र सुनारको अडिओ प्रकरणमा रास्वपाले गठन गर्‍यो छानबिन समिति संसद् आरोप–प्रत्यारोपमा केन्द्रित हुँदा जनसरोकारका मुद्दा कमजोर बने : खुश्बु ओली भदौमा मात्रै भित्रियो २ खर्ब २१ अर्ब रुपैयाँ रेमिट्यान्स पोखरामा मोटरसाइकलको ठक्करबाट पैदलयात्रीसहित दुई जनाको मृत्यु देउवा पक्षको महाधिवेशनमा केन्द्रीय नेतादेखि सांसदसम्म स्वतः प्रतिनिधि हुने व्यवस्था काठमाडौँको रानीपोखरीमा पुरुषको शव फेला पढाउने भन्दै भारत लैजाँदै गरिएका २५ बालबालिका सीमाबाटै फर्काइए दसैँ मनाउन काठमाडौँ छाड्नेको संख्या साढे २ लाख नाघ्यो विरोध प्रदर्शनमा सहभागी भएपछि इमरान खानलाई भारत छोड्न आदेश कांग्रेस महाधिवेशन : केन्द्रीय कार्यसमितिको सम्पूर्ण नतिजा आज रातिसम्म आउने नवरात्रको पाँचौँ दिन आज स्कन्दमाताको पूजा आराधना गरिँदै दुई तिहाइ बहुमत हुँदैमा सरकारका सबै निर्णय सही हुँदैनन् : अमरेश सिंह सुनचाँदीको मूल्यमा गिरावट, सुन तोलाको २ लाख ८८ हजार ४०० रुपैयाँ रास्वपाका महिला सांसदद्वारा खगेन्द्र सुनारलाई तत्काल निलम्बन गर्न माग देवरको कुटपिटबाट एक महिलाको मृत्यु