2026-10-17 07:25 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मुख्य समाचार

बाँदर धपाउन चलाएको भरुवा बन्दुकको गोली लागेर एक जनाको मृत्यु

2026-09-15

काठमाडौँ | खोटाङमा बाँदर धपाउन पड्काएको भरुवा बन्दुकको गोलीले लागेर एकको मृत्यु भएको छ । बाँदर धपाउन दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका-११ खार्मीका ५४ वर्षीय भलबहादुर तामाङले चलाएको बन्दुकको गोलीले लागेर सोही ठाउँका ५३ वर्षीय श्यामबहादुर तामाङको मृत्यु भएको हो।

बन्दुकको गोलीले लागेका तामाङको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय खोटाङले जनाएको छ। भरुवा बन्दुकको गोलीले श्यामबहादुरको टाउकोमा लागेको थियो। भलबहादुरले बाँदर ठानेर बन्दुक चलाउँदा सँगै गएका तामाङलाई गोली लागेको पाइएको प्रहरीले जनाएको छ।

मृतक श्यामबहादुर भलबहादुरका आफ्नै काकाका छोरा हुन्। भलबहादुरलाई अस्थायी प्रहरी पोष्ट खार्मीबाट खटिएका प्रहरीको टोलीले भरुवा बन्दुक सहित नियन्त्रणमा लिएको छ । थप अनुसन्धान तथा कानुनी प्रकृयाका लागि जिल्ला प्रहरी कार्यालयबाट प्रहरी निरिक्षक निराजन बस्नेतको कमाण्डमा सोको सहितको ६ जनाको टोली घटनास्थल पुगेका छन्। घटनाको विस्तृत विवरण आउन बाँकी छ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कांग्रेसका ३५ वर्ष मुनिका ७ युवा केन्द्रीय सदस्यमा निर्वाचित मलेसिया जाने श्रमिकसँग अतिरिक्त शुल्क असुलेको आरोपमा चार जना पक्राउ बाढीले बगाएको आरुघाट पुलको मर्मत सुरु, दसैँअघि सञ्चालन गर्ने लक्ष्य कर्णालीमा नुहाउने क्रममा १२ वर्षीया बालिका बेपत्ता रोजगारीको मूल्य काम गरेको समयले होइन, आम्दानीले निर्धारण गर्छ : ओली खगेन्द्र सुनारको अडिओ प्रकरणमा रास्वपाले गठन गर्‍यो छानबिन समिति संसद् आरोप–प्रत्यारोपमा केन्द्रित हुँदा जनसरोकारका मुद्दा कमजोर बने : खुश्बु ओली भदौमा मात्रै भित्रियो २ खर्ब २१ अर्ब रुपैयाँ रेमिट्यान्स पोखरामा मोटरसाइकलको ठक्करबाट पैदलयात्रीसहित दुई जनाको मृत्यु देउवा पक्षको महाधिवेशनमा केन्द्रीय नेतादेखि सांसदसम्म स्वतः प्रतिनिधि हुने व्यवस्था काठमाडौँको रानीपोखरीमा पुरुषको शव फेला पढाउने भन्दै भारत लैजाँदै गरिएका २५ बालबालिका सीमाबाटै फर्काइए दसैँ मनाउन काठमाडौँ छाड्नेको संख्या साढे २ लाख नाघ्यो विरोध प्रदर्शनमा सहभागी भएपछि इमरान खानलाई भारत छोड्न आदेश कांग्रेस महाधिवेशन : केन्द्रीय कार्यसमितिको सम्पूर्ण नतिजा आज रातिसम्म आउने नवरात्रको पाँचौँ दिन आज स्कन्दमाताको पूजा आराधना गरिँदै दुई तिहाइ बहुमत हुँदैमा सरकारका सबै निर्णय सही हुँदैनन् : अमरेश सिंह सुनचाँदीको मूल्यमा गिरावट, सुन तोलाको २ लाख ८८ हजार ४०० रुपैयाँ रास्वपाका महिला सांसदद्वारा खगेन्द्र सुनारलाई तत्काल निलम्बन गर्न माग देवरको कुटपिटबाट एक महिलाको मृत्यु