2026-10-16 02:08 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मुख्य समाचार

राष्ट्रसंघको महासभाबाटै इरानलाई पूर्ण रूपमा ध्वस्त पार्ने ट्रम्पको चेतावनी

2026-09-23

काठमाडौँ | अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानमाथि पुनः सैन्य हमला गर्ने वा शान्ति सम्झौताको बाटो रोज्ने भन्ने विषयमा आफूले ‘ठूलो निर्णय’ गर्नुपर्ने बताएका छन्। मंगलबार न्यूयोर्कमा संयुक्त राष्ट्रसंघको महासभालाई सम्बोधन गर्दै ट्रम्प द्वन्द्व समाधान नभए इरानलाई पूर्ण रूपमा ध्वस्त पार्न सक्ने चेतावनीसमेत दिए।

खचाखच भरिएको महासभा कक्षमा बोल्दै ट्रम्पले विश्व सरकारको अवधारणालाई अस्वीकार गरे। उनले रुस–युक्रेन युद्धमा शान्ति स्थापना गर्न पहल गर्ने र कृत्रिम बुद्धिमत्ताको प्रतिस्पर्धामा अमेरिकालाई अग्रस्थानमा पुर्‍याउने प्रतिबद्धता पनि व्यक्त गरे। ट्रम्पले इरानसँगको द्वन्द्वका कारण तेहरानलाई आणविक हतियार प्राप्त गर्नबाट रोक्न सफल भएको दाबी गरेका छन्। उनले आफूले अघि सारेको शक्तिमार्फत शान्ति नीतिको प्रभावसमेत यसबाट देखिएको बताएका छन्। उनका अनुसार यस नीतिमा सम्झौता वा समझदारीभन्दा बढी कडा अल्टिमेटम र दबाबलाई प्राथमिकता दिइन्छ। ट्रम्पले आफूले लामो समयदेखि प्रयास गरिरहेको तर अहिलेसम्म हुन नसकेको इरानसँगको सम्झौता आगामी नोभेम्बरमा हुने अमेरिकी निर्वाचनपछि हुने विश्वास व्यक्त गरे।

फेब्रुअरीमा अमेरिका र इजरायलले सैन्य कारबाही सुरु गरेपछि विश्व बजारमा तेलको मूल्य बढेको छ भने यस घटनाले ट्रम्पको लोकप्रियता पनि प्रभावित भएको बताइएको छ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कांग्रेसका ३५ वर्ष मुनिका ७ युवा केन्द्रीय सदस्यमा निर्वाचित मलेसिया जाने श्रमिकसँग अतिरिक्त शुल्क असुलेको आरोपमा चार जना पक्राउ बाढीले बगाएको आरुघाट पुलको मर्मत सुरु, दसैँअघि सञ्चालन गर्ने लक्ष्य कर्णालीमा नुहाउने क्रममा १२ वर्षीया बालिका बेपत्ता रोजगारीको मूल्य काम गरेको समयले होइन, आम्दानीले निर्धारण गर्छ : ओली खगेन्द्र सुनारको अडिओ प्रकरणमा रास्वपाले गठन गर्‍यो छानबिन समिति संसद् आरोप–प्रत्यारोपमा केन्द्रित हुँदा जनसरोकारका मुद्दा कमजोर बने : खुश्बु ओली भदौमा मात्रै भित्रियो २ खर्ब २१ अर्ब रुपैयाँ रेमिट्यान्स पोखरामा मोटरसाइकलको ठक्करबाट पैदलयात्रीसहित दुई जनाको मृत्यु देउवा पक्षको महाधिवेशनमा केन्द्रीय नेतादेखि सांसदसम्म स्वतः प्रतिनिधि हुने व्यवस्था काठमाडौँको रानीपोखरीमा पुरुषको शव फेला पढाउने भन्दै भारत लैजाँदै गरिएका २५ बालबालिका सीमाबाटै फर्काइए दसैँ मनाउन काठमाडौँ छाड्नेको संख्या साढे २ लाख नाघ्यो विरोध प्रदर्शनमा सहभागी भएपछि इमरान खानलाई भारत छोड्न आदेश कांग्रेस महाधिवेशन : केन्द्रीय कार्यसमितिको सम्पूर्ण नतिजा आज रातिसम्म आउने नवरात्रको पाँचौँ दिन आज स्कन्दमाताको पूजा आराधना गरिँदै दुई तिहाइ बहुमत हुँदैमा सरकारका सबै निर्णय सही हुँदैनन् : अमरेश सिंह सुनचाँदीको मूल्यमा गिरावट, सुन तोलाको २ लाख ८८ हजार ४०० रुपैयाँ रास्वपाका महिला सांसदद्वारा खगेन्द्र सुनारलाई तत्काल निलम्बन गर्न माग देवरको कुटपिटबाट एक महिलाको मृत्यु