2026-10-26 01:23 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मुख्य समाचार

इरानी दुई कूटनीतिज्ञलाई अमेरिकाले गर्‍यो निष्कासित

2026-10-05

काठमाडौँ | संयुक्त राष्ट्र महासभामा सहभागी हुन न्युयोर्क पुगेका इरानी प्रतिनिधिमण्डलका थप दुई कूटनीतिज्ञहरूलाई अमेरिकाले देशबाट निष्कासित गरेको छ। अमेरिकी विदेश मन्त्रालयको कडा आदेश र ताकेतापछि पनि तोकिएको समयभित्र देश नछाडेपछि उनीहरूलाई निष्कासित गरिएको अमेरिकी अधिकारीहरूले पुष्टि गरेका छन्।

अमेरिकी विदेश मन्त्री मार्को रुबियोको निर्देशन उद्धृत गर्दै एक वरिष्ठ अमेरिकी अधिकारीले भने, ‘विदेश मन्त्री रुबियो आफ्नो कामप्रति निकै कडा हुनुहुन्छ। संयुक्त राष्ट्र महासभा समाप्त भएको धेरै समय बितिसक्दा पनि इरानी प्रतिनिधिमण्डलका दुई सदस्य अझै न्युयोर्कमै रहेको भेटियो। उनीहरूले यहाँ बस्ने अवधि नाघिसकेकाले अहिले देशबाट निकालिएको छ।’अमेरिकी अधिकारीहरूका अनुसार विदेश मन्त्रालयले गत सोमबार नै संयुक्त राष्ट्रका लागि इरानी मिसनलाई आफ्नो सम्पूर्ण प्रतिनिधिमण्डल तत्काल फिर्ता लैजान कडा आदेश दिएको थियो। तर,इरानले भने सोमबार नै विदेश मन्त्री अब्बास अरागचीसहितको टोली पूर्व-निर्धारित तालिकाअनुसार फर्किसकेको र अमेरिकाले झुटा खबर फैलाएको दाबी गरेको थियो।

इरानको खण्डनका बाबजुद शुक्रबार अमेरिकी अधिकारीहरूले इरानका दुई कूटनीतिज्ञ अझै पनि न्युयोर्कमै बसिरहेको पत्ता लगाएपछि उनीहरूलाई पुनः तत्काल अमेरिका छाड्न अन्तिम ताकेता गरेका थिए। त्यसपछि एक इरानी कूटनीतिज्ञ शुक्रबार राति र दोस्रो कूटनीतिज्ञ शनिवार बिहान अमेरिकाबाट बाहिरिएका छन्। होर्मुज जलमार्ग खोल्ने, क्षेत्रीय युद्धविराम र परमाणु कार्यक्रमसम्बन्धी अप्रत्यक्ष वार्ताहरू बिना कुनै निष्कर्ष टुङ्गिएपछि वासिङ्टन र तेहरानबिचको सम्बन्ध अझ गम्भीर मोडमा पुगेको छ। कूटनीतिक प्रयासहरू असफल भइरहँदा र नयाँ सैन्य भिडन्तको जोखिम बढिरहेका बेला अमेरिकाको यो कदमलाई तेहरानमाथि थप दबाब सिर्जना गर्ने रणनीतिका रूपमा हेरिएको छ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
साउदी अरबको सुरक्षाका लागि बेलायतले खटाउने भयो टाइफून लडाकु विमान, यस्ता छन् विशेषता रास्वपा सभापति रवि लामिछाने पत्नीसहित भारत प्रस्थान, तीनदिने धार्मिक भ्रमण गर्ने लुम्बिनी विकास कोषमा आनी छोइङ डोल्माको नियुक्ति बदर गर्न माग गर्दै आन्दोलन जारी युरोपका ६ देशमा प्रदर्शन चर्कियो, फ्रान्समा १८ सय पक्राउ, इटालीमा विद्यालय कब्जा दसैँमा काठमाडौँ उपत्यकाभित्र सशस्त्र प्रहरीको निःशुल्क बस सेवा कांग्रेसका ३५ वर्ष मुनिका ७ युवा केन्द्रीय सदस्यमा निर्वाचित मलेसिया जाने श्रमिकसँग अतिरिक्त शुल्क असुलेको आरोपमा चार जना पक्राउ बाढीले बगाएको आरुघाट पुलको मर्मत सुरु, दसैँअघि सञ्चालन गर्ने लक्ष्य कर्णालीमा नुहाउने क्रममा १२ वर्षीया बालिका बेपत्ता रोजगारीको मूल्य काम गरेको समयले होइन, आम्दानीले निर्धारण गर्छ : ओली खगेन्द्र सुनारको अडिओ प्रकरणमा रास्वपाले गठन गर्‍यो छानबिन समिति संसद् आरोप–प्रत्यारोपमा केन्द्रित हुँदा जनसरोकारका मुद्दा कमजोर बने : खुश्बु ओली भदौमा मात्रै भित्रियो २ खर्ब २१ अर्ब रुपैयाँ रेमिट्यान्स पोखरामा मोटरसाइकलको ठक्करबाट पैदलयात्रीसहित दुई जनाको मृत्यु देउवा पक्षको महाधिवेशनमा केन्द्रीय नेतादेखि सांसदसम्म स्वतः प्रतिनिधि हुने व्यवस्था काठमाडौँको रानीपोखरीमा पुरुषको शव फेला पढाउने भन्दै भारत लैजाँदै गरिएका २५ बालबालिका सीमाबाटै फर्काइए दसैँ मनाउन काठमाडौँ छाड्नेको संख्या साढे २ लाख नाघ्यो विरोध प्रदर्शनमा सहभागी भएपछि इमरान खानलाई भारत छोड्न आदेश कांग्रेस महाधिवेशन : केन्द्रीय कार्यसमितिको सम्पूर्ण नतिजा आज रातिसम्म आउने