
काठमाडौँ | यो वर्षको बडादशैँको टीकाको उत्तम साइत कात्तिक ४ गते बुधवार बिहान १०ः२६ बजे रहेको रहेको नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले जनाएको छ । त्यसअघि असोज २५ गते आइतवार नवरात्रारम्भ तथा घटस्थापना हुनेछ । घटस्थापनाको शुभसाइत भने आइतवार बिहान ११ः४७ बजे रहेको छ ।
उक्त दिन चित्रा नक्षत्र तथा वैधृति योगसमेत परेकोले घटस्थापना गर्नुअघि चित्रा नक्षत्र तथा वैधृति योगको शान्ति गरी घटस्थापना गर्नु शास्त्रसम्मत देखिएको छ । त्यस्तै असोज ३१ गते शनिवार फूलपाती परेको छ । उक्त दिन श्री तुलजाभवानी यात्राको शुभसाइत बिहान ७ः३७ बजे तथा स्थिरासनको शुभसाइत बिहान १०ः३९ बजे रहेको छ । कार्तिक १ गते आइतवार महाष्टमी तथा कालरात्रि मनाइने छ भने कार्तिक ३ गते मंगलवार महानवमी परेको छ ।
कार्तिक ४ गते बुधवार विजया दशमी, देवी विसर्जन तथा टीका लगाउने दिन रहेको छ । देवी विसर्जनको शुभसाइत बिहान ८ः४९ बजे रहेको छ ।