2026-10-30 06:13 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

दसैँमा महिलालाई क्याबिन सिटको टिकट नदिन महासंघको आग्रह

2026-10-09

काठमाडौँ | दसैँका बेला यात्रा गर्ने महिलालाई चालक छेउको क्याबिन सिटमा बस्नेगरी टिकट नदिन नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघले आग्रह गरेको छ। महासंघका अध्यक्ष पुण्यप्रसाद सिटौलाले दसैँका बेला महिलालाई चालकको छेउमा रहेको क्याबिनमा बस्ने गरी टिकट नदिन यातायात व्यवसायीलाई आग्रह गरेका हुन्।

दसैँमा यात्रुको चाप बढ्ने र टिकट अभाव हुन सक्ने अवस्थालाई ध्यान दिँदै महिलालाई चालकको छेउको क्याबिनमा यात्रा गराउने गरी टिकट बिक्री नगर्न व्यवसायीलाई आग्रह गरिएको अध्यक्ष सिटौलाले जानकारी दिएका छन्। चालक छेउको क्याबिन सिटमा महिलाहरु बस्दा सवारी दुर्घटनाको जोखिम बढ्ने तर्क गर्दै अध्यक्ष सिटौलाले यस्तो आग्रह गरेका बताइएको छ। तर, महिला अधिकारकर्मीहरुले भने सिटौलाको भनाईको आलोचना गरेका छन्।

दसैँ, तिहार तथा छठ पर्वलाई लक्षित गर्दै सार्वजनिक यातायातको अग्रिम टिकट बुकिङ आजबाट खुला भएको छ। टिकट बुकिङ खुला भएसँगै काठमाडौँको गोङ्गबुस्थित नयाँ बसपार्कमा टिकट काट्ने सर्वसाधारणको शुक्रबार बिहानैदेखि भिड लागेको छ। विशेषगरी लामो दूरीका सवारीसाधनको टिकट लिन यात्रुहरू बिहानैदेखि टिकट काउन्टरमा पुगेका छन्।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
प्रधानमन्त्री बालेनसँगको भेटपछि सभामुखलाई भेट्न पुगे रवि विद्यालयको पुस्तकालय अनुदान हिनामिना आरोपमा चार जनाविरुद्ध मुद्दा दायर गगन थापाको घोषणा: मंसिरभरि ‘कांग्रेस तयार छ’ अभियान चलाइने विश्वप्रकाश शर्माको सन्देश: कांग्रेसभन्दा पहिले देश हो भन्ने कुरा बुझ्नुपर्छ एनपीएल: टस जितेर कर्णालीले विराटनगरविरुद्ध पहिले बलिङ गर्ने सङ्घीय र प्रादेशिक विश्वविद्यालयका उपाधि समान हैसियतका: शिक्षामन्त्री पोखरेल एनपीएल: काठमाडौँ गोर्खाजमाथि जनकपुरको शानदार जित चक्रवात ‘अर्नब’को प्रभाव: मुख्य राजमार्गमा पहिरोको जोखिम, यात्रा गर्दा सतर्क रहन आग्रह कांग्रेसको नयाँ कार्यसमितिका पदाधिकारी र सदस्यले लिए शपथ सरकारी अनुदान मिलाइदिने भन्दै पाँच करोड ८० लाख ठगी गर्ने दुई पक्राउ बाल्टिनको पानीमा डुबेर डेढ वर्षीय बालकको मृत्यु एनपीएल: जनकपुरको घातक बलिङ, काठमाडौँ ११५ रनमै अलआउट जलवायु न्यायका लागि मन्त्री चौधरीको माग: ऋण होइन, अनुदान चाहिन्छ चक्रवात ‘अर्नब’ कमजोर, नेपालमा तीव्र हावाहुरीको जोखिम नरहेको मौसमविद्को भनाइ एनपीएल: टस जितेर काठमाडौँ गोर्खाजले पहिले ब्याटिङ गर्ने काठमाडौँको मौसममा बदलाव, चक्रवात ‘अर्नब’को प्रभाव देखियो चक्रवात ‘अर्नब’को प्रभाव: भारतमा ५ जनाको मृत्यु, नेपालमा पनि सतर्कता अपिल नागढुङ्गा सुरुङमार्गमा कात्तिक १५ गतेदेखि टोल शुल्क उठाइने आजको मौसम: ५ प्रदेशमा भारी वर्षा र हिमपातको सम्भावना सुन बढ्यो, चाँदी घट्यो: सुन प्रतितोला २ लाख ८३ हजार ५०० रुपैयाँ कायम