2026-10-09 11:58 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

दसैँमा महिलालाई क्याबिन सिटको टिकट नदिन महासंघको आग्रह

2026-10-09

काठमाडौँ | दसैँका बेला यात्रा गर्ने महिलालाई चालक छेउको क्याबिन सिटमा बस्नेगरी टिकट नदिन नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघले आग्रह गरेको छ। महासंघका अध्यक्ष पुण्यप्रसाद सिटौलाले दसैँका बेला महिलालाई चालकको छेउमा रहेको क्याबिनमा बस्ने गरी टिकट नदिन यातायात व्यवसायीलाई आग्रह गरेका हुन्।

दसैँमा यात्रुको चाप बढ्ने र टिकट अभाव हुन सक्ने अवस्थालाई ध्यान दिँदै महिलालाई चालकको छेउको क्याबिनमा यात्रा गराउने गरी टिकट बिक्री नगर्न व्यवसायीलाई आग्रह गरिएको अध्यक्ष सिटौलाले जानकारी दिएका छन्। चालक छेउको क्याबिन सिटमा महिलाहरु बस्दा सवारी दुर्घटनाको जोखिम बढ्ने तर्क गर्दै अध्यक्ष सिटौलाले यस्तो आग्रह गरेका बताइएको छ। तर, महिला अधिकारकर्मीहरुले भने सिटौलाको भनाईको आलोचना गरेका छन्।

दसैँ, तिहार तथा छठ पर्वलाई लक्षित गर्दै सार्वजनिक यातायातको अग्रिम टिकट बुकिङ आजबाट खुला भएको छ। टिकट बुकिङ खुला भएसँगै काठमाडौँको गोङ्गबुस्थित नयाँ बसपार्कमा टिकट काट्ने सर्वसाधारणको शुक्रबार बिहानैदेखि भिड लागेको छ। विशेषगरी लामो दूरीका सवारीसाधनको टिकट लिन यात्रुहरू बिहानैदेखि टिकट काउन्टरमा पुगेका छन्।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कांग्रेस महाधिवेशन: प्यानलको सूचीप्रति गगन र विश्वप्रकाशको आपत्ति, ‘कुनै गुट छैन’ सुनचाँदीको मूल्य बढ्यो, सुन प्रतितोला २ लाख ९५ हजार ७०० रुपैयाँमा कारोबार दसैँमा महिलालाई क्याबिन सिटको टिकट नदिन महासंघको आग्रह कांग्रेस महाधिवेशनमा एकपटक २०० जनासम्मले मतदान गर्न सक्ने व्यवस्था भण्डारीको शपथपछि एमाले स्थायी कमिटीको निर्णय : मंसिरमा राष्ट्रिय कार्यकर्ता भेला गर्ने कांग्रेस महाधिवेशन एक दिन लम्बिएपछि प्रतिनिधिको थप एक दिनको खर्च पार्टीले व्यहोर्ने त्रिवि सभाले पारित गर्‍यो ३० अर्ब ८७ करोडको बजेट चाडपर्वमा स्वीकृत भाडादरभन्दा बढी नलिन वायुसेवा कम्पनीलाई निर्देशन कांग्रेस नेतृत्व चयनको मतदान फेरि सर्‍यो, अब भोलि बिहान ७ बजेबाट हुने श्रीमान्‌को कुटपिटबाट श्रीमतीको मृत्यु, श्रीमान् पक्राउ विश्वप्रकाश शर्माको आग्रह : ‘ढुक्क भएर विवेक प्रयोग गरी मतदान गर्नुहोस्’ मन्त्री सीता बादी र अमेरिकी कार्यवाहक राजदूत बोल्डिनबीच भेटवार्ता एमालेको वरिष्ठ उपाध्यक्षमा विद्यादेवी भण्डारी, ओलीले गराए शपथ कांग्रेस महाधिवेशन : केन्द्रीय कार्यसमिति निर्वाचनको मतदान फेरि सर्‍यो एमाले स्थायी कमिटी बैठक सुरु एमाले स्थायी कमिटीको पहिलो बैठक बस्दै, वरिष्ठ नेता भण्डारी पनि सहभागी मलेसिया रोजगारमा सिन्डिकेटको असर: शुन्य लागतमा कामदार लाने रोजगारदाता इन्डोनेसियातर्फ आकर्षित कांग्रेस महाधिवेशनमा आज १ बजेदेखि मतदान सुरु सुनको मूल्य बढ्यो, चाँदी घट्यो; सुन प्रतितोला २ लाख ९२ हजार ८०० रुपैयाँ बाढी प्रभावितका लागि राहत कोषमा १७ अर्बभन्दा बढी जम्मा