2026-11-01 03:59 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

बाढीपहिरोले देशभरका विभिन्न स्थानका सडक अवरुद्ध

2026-10-10

काठमाडौँ | अविरल वर्षा र बाढीपहिरोका कारण देशका विभिन्न स्थानका सडक अवरुद्ध भएका छन् भने केही सडकमा एकतर्फी यातायात सञ्चालन भइरहेको छ। प्रहरी प्रधान कार्यालयका अनुसार धादिङको गलौदीस्थित पृथ्वी राजमार्ग त्रिशूली नदीले कटान गर्दा अवरुद्ध भएको छ। काभ्रेको रोशीमा आएको बाढीले बीपी राजमार्ग पूर्ण रूपमा बन्द भएको छ।

त्यस्तै, ललितपुरको कान्तिलोकपथ, गुल्मीको कालीगण्डकी करिडोर र सल्यानको बालुवासंग्रही सडक पनि पहिरोका कारण अवरुद्ध भएका छन्।यसैगरी, धादिङको त्रिभुवन राजपथ, नवलपरासीको कालीगण्डकी करिडोर, म्याग्दीको बेनी–जोमसोम सडक र मनाङको बेंसीसहरदेखि खाङ्सारसम्मको सडकमा एकतर्फी यातायात सञ्चालन भइरहेको छ।

डोल्पाको भेरी करिडोरमा पनि पहिरोका कारण एकतर्फी यातायात सञ्चालन भइरहेको छ। बाढीपहिरोका कारण सडक अवरुद्ध हुँदा यात्रु तथा सवारीसाधन प्रभावित भएका छन्।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
भोलिदेखि सरकारी कार्यालयको समय बिहान ९ देखि ४ बजेसम्म बाँकेको स्टिल उद्योगमा विद्युत् सर्ट भएर आगलागी, ८ जना घाइते सुनको मूल्यमा ठूलो गिरावट, एकैदिन तोलामा ८ हजार ३०० रुपैयाँ घट्यो पत्रकारमाथिको धरपकड छानबिन गरी दोषीलाई कारबाही गर्न रास्वपाको माग संविधान र लोकतन्त्रभन्दा माथि कोही छैन : रवि लामिछाने वर्षाका कारण एनपीएलमा सुदूरपश्चिम–विराटनगर खेलमा ढिलाइ वर्षा रोकिएसँगै देशभर मौसममा सुधार, काठमाडौँमा घाम लाग्यो कुलेखानी ड्यामका ढोका खोल्नुपर्ने जोखिम, भीमफेदी–कुलेखानी सडक १२ घण्टा बन्द बारामा अस्पताल उद्घाटन विवाद चर्कियो, प्रहरीको गोली लागेर १४ वर्षीय बालक घाइते बाढीपहिरोले पृथ्वीराजमार्गसहित १२ भन्दा बढी सडकखण्ड अवरुद्ध वर्षाका कारण एनपीएलमा लुम्बिनी–चितवनको खेल रद्द, दुवैलाई १ अंक कुलेखानी जलाशयको सतह बढ्दै, सतर्क रहन आग्रह डोल्पा कारागारबाट सुरुङ खनेर आठ कैदीबन्दी फरार नेपाली गेमिङ उद्योगलाई विश्व बजारमा पुर्‍याउने प्रधानमन्त्री बालेनको योजना रास्वपा सभापति रवि लामिछानेले बोलाए सचिवालय बैठक लगातार वर्षाले एनपीएल प्रभावित हुने सम्भावना विपद् जोखिम न्यूनीकरणमा सञ्चारमाध्यमको भूमिका महत्त्वपूर्ण : आईजीपी कार्की अर्नब चक्रवातको प्रभाव कमजोर हुँदै, अपराह्नपछि मौसममा सुधार आउने सार्वजनिक खरिदमा लापरबाही गर्ने १२० फर्म तथा कम्पनी कालोसूचीमा कान्ति राजमार्गमा दुई दिन राति सवारी आवागमन बन्द