2026-11-06 07:29 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मुख्य समाचार

सुक्खा पहिरोले कालीगण्डकी करिडोर अवरुद्ध, यात्रु बीच बाटोमै रोकिए

2026-11-06

काठमाडौँ | कालीगण्डकी करिडोर सडकमा सुक्खा पहिरो खस्दा सडक अवरुद्ध बनेको छ। उक्त सडक अन्तर्गत गुल्मीको कालीगण्डकी गाउँपालिका–२ राक्से सडक खण्डमा सडक माथिबाट सुक्खा पहिरो खसेपछि आज बिहानदेखि उक्त सडक पूर्ण रूपमा अवरुद्ध भएको हो। सुक्खा पहिरो खसेर सडक अवरुद्ध भएको जानकारी प्राप्त हुनासाथ प्रहरी चौकी पूर्तिघाटबाट प्रहरी सहायक निरीक्षक बाबुराम श्रेष्ठको नेतृत्वमा प्रहरी टोली अहिले पहिरो गएको स्थानमा खटिसकेको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ।

कालीगण्डकी गाउँपालिका र प्रहरीको समन्वयमा सडकमा थुप्रिएको पहिरो हटाउने तयारी भइरहेको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी एवं प्रहरी नायब उपरीक्षक वीरेन्द्रवीर विश्वकर्माले जानकारी दिएका छन्। सडक अवरुद्ध हुँदा गुल्मीबाट पाल्पा, बुटवल, बागलुङ, पर्वत, म्याग्दी तथा पोखरासम्म आवतजावत जाने सम्पूर्ण सवारीसाधन तथा यात्रुबीच बाटोमै रोकिएका छन्। सडक माथिबाट चट्टानसहितको सुक्खा पहिरो झरिरहेका कारण पहिरो पन्छाउन केही समय लाग्ने प्रहरीले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
उम्मेदवार छनोटमा नातावाद र पहुँच निषेध गर्दै रास्वपाले जारी गर्‍यो ७ बुँदे निर्देशन ममता काफ्ले हत्या प्रकरण : अदालतमा नरेशको बयान, शव टुक्राटुक्रा पारेको स्वीकार अर्घाखाँचीमा बस दुर्घटना, १६ घाइते; ६ जनाको अवस्था गम्भीर गगनजीलाई कसैले पक्राउ गर्न सक्दैन : प्रचण्ड बाढीपहिरो प्रभावित रसुवा, धादिङ र नुवाकोटमा कांग्रेसले पुनःस्थापना अभियान चलाउने जनताले देखाएको ऐनामा झम्टिनु राजनीतिक चरित्र होइन : रवि लामिछाने सुदूरपश्चिमसँग कर्णाली ३९ रनले पराजित सस्तोमा डलर साट्ने भन्दै लुटपाट गर्ने एक युवक गोली प्रहार गरी नियन्त्रण तिहारअघिको अन्तिम कारोबार दिन नेप्से सामान्य अंकले बढ्यो सुदूरपश्चिमले कर्णालीलाई दियो १७६ रनको लक्ष्य चितवनकै विश्वासले रास्वपा देशकै ठूलो पार्टी बन्यो : रवि लामिछाने सुक्खा पहिरोले कालीगण्डकी करिडोर अवरुद्ध, यात्रु बीच बाटोमै रोकिए दानबहादुर कार्कीको रिटमा कात्तिक ३० गते पेशी तोकियो एकै दिनमा सकियो सुनका असर्फीको स्टक, आज चाँदीका मेडालियन मात्रै बिक्री हुने सर्वोच्चमा दर्ता भयो दानबहादुरको रिट, पेशी तोक्न बाँकी सार्वजनिक बसमा महिला यात्रुमाथि दुर्व्यवहार गरेको आरोपमा तीन जना पक्राउ सरकार र रास्वपाबीच कुनै विवाद छैन : सभापति लामिछाने एनपिएलमा आज दुई रोमाञ्चक भिडन्त, सुदूरपश्चिम–कर्णाली र चितवन–पोखरा आमनेसामने सुनको मूल्य तोलामा ५ हजार ९०० रुपैयाँले घट्यो, चाँदी पनि सस्तियो सरकारले आरोप पुष्टि गरोस्, पक्राउ गर्न कानुनी आधार चाहिन्छ : प्रदीप पौडेल