2026-06-19 03:18 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

पत्रपत्रिकाबाट

विलासिताका सामानको प्रतिबन्ध फुकुवापछि आयात उच्च, निर्यात सुस्त

चैत ९, काठमाडौं | विलासिताका वस्तुको प्रतिबन्ध फुकुवापछि आयात अकासिएको छ। निर्यात भने ओरालो लागेको छ। फागुनमा १ खर्ब ३९ अर्ब २२ करोड रुपैयाँको आयात हुँदा निर्यात भने ११ अर्ब ३६ करोडको मात्रै भएको छ। 

सरकारले पुस १ गतेदेखि विलासिताका वस्तुको प्रतिबन्ध हटाएसँगै राष्ट्र बैंकले अनिवार्य नगद मार्जिन हटाएको थियो। जसको परिणाम देखिन थालेको हो। भन्सार विभागको तथ्यांकअनुसार फागुनको वस्तु आयात भदौयताकै सबैभन्दा बढी हो। 

चालू आर्थिक वर्षको हालसम्मको अवधिमा भने दोस्रो उच्च हो। यसअघि भदौमा १ खर्ब ४२ अर्ब ३१ करोड मूल्यको सामान भित्रिएको थियो। विभागका अनुसार माघभन्दा फागुनमा १३ अर्ब बढीको वस्तु विदेशबाट आएको हो। 

सरकारले गत वैशाखमा विलासिताका वस्तु भित्र्याउन रोक लगाएपछि चालू आवको पहिलो महिनादेखि असर देखिन थालेको थियो। दसैं–तिहारमा उपभोग बढ्ने भएकाले भदौमा केही बढी मूल्यको भित्रिएको थियो। त्यसयता आयातमा लागेको अंकुश सरकारले पुस १ देखि लागू हुने गरी खोलेको थियो। 

राष्ट्र बैंकले आयातमा प्रवाह हुने कर्जामा अनिवार्य नगद मार्जिन माघ ५ गते हटाएको थियो। त्यससँगै फागुनदेखि पूर्ववत् तरिकामा पुगेपछि आयातको परिमाण अकासिएको हो।

विभागको तथ्यांकअनुसार असोजमा १ खर्ब २७ अर्ब, कात्तिकमा १ खर्ब ३१ अर्ब, मंसिरमा १ खर्ब ३२ अर्ब, पुसमा १ खर्ब २७ अर्ब र माघमा १ खर्ब २६ अर्बको आयात भएको छ। यो समाचार अन्नपूर्ण पोस्टमा छ ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
संसद संख्याले चल्ने होइन, विधिले चल्ने हो, नीतिले चल्ने हो: ज्ञानेन्द्र शाही हामी एक–एक घण्टामा सेयर बजारको सूचक माथि गयो कि तल आयो भनेर हेर्दैनौं: अर्थमन्त्री वाग्ले श्रम मात्रै एउटा त्यस्तो शक्ति हो, जसले सम्पदालाई सम्पत्तिमा रूपान्तरण गर्छ: हर्क साम्पाङ रास्वपाको केन्द्रीय समितिको अन्तिम बैठक बस्दै कसैले कसैको नसुन्ने ढुंगाहरुको देश हो कि मान्छेको अचम्म लागेको छ : हर्क साम्पाङ प्रधानमन्त्री बालेन्द्र शाहले बोलाए मन्त्रिपरिषद् बैठक प्रतिनिधिसभाको बैठक सुरू कक्षा १२ को नतिजा सार्वजनिक सुनचाँदीको मूल्य घट्यो प्रहरीलाई अब पोसाक खर्चबापत नगद दिइने राप्रपाको महाधिवेशन आगामी मंसिर २६-२८ गते सरकारले भ्रष्टाचार रोक्न शून्य सहनशीलताको नीति लिएको छ : गृहमन्त्री गुरुङ सङ्‍क्रमणकालीन न्यायका प्रक्रियालाई यथाशीघ्र टुङ्गोमा पुर्याउन सरकारले उच्च प्राथमिकता दिएको छ : कानूनमन्त्री गौतम परराष्ट्र मन्त्रालयलाई समयानुकूल थप सुदृढ र प्रभावकारी बनाउँदै लैजाने कार्यमा सरकार प्रतिबद्ध छ : परराष्ट्रमन्त्री खनाल गृह मन्त्रालय हरेक चेलीका लागि माइती हो भनी सोच्नुपर्छ : गृहमन्त्री गुरुङ गाउँबाट जिल्ला, जिल्लाबाट अरू जिल्ला हुँदै देशसँग पिरती बस्यो : महावीर पुन मन्त्रालयगत छलफलमा रक्षा मन्त्रीलाई बोलाउन हर्क साम्पाङको माग अफ्ठ्यारो परिस्थितिमा म पार्टी छाडेर हिँड्दिनँ : केपी शर्मा ओली राष्ट्रिय स्वतन्त्र पार्टीको केन्द्रीय सचिवालय बैठक जारी सुनचाँदीको मूल्य घट्यो