२०८३, २७ बैशाख आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

पत्रपत्रिकाबाट

वरिष्ठ क्याप्टेन विजय लामासहित तीन कर्मचारीलाई चेतावनी

२०७९, २० चैत्र सोमबार १२:२३

चैत २०, काठमाडौँ | मलेसिया उडानका लागि अनिवार्य आवश्यक पर्ने नेपाल वायुसेवा निगमले फरेन एयर अपरेटर सर्टिफिकेट (एफएओसी) निर्धारित समयमै नवीकरण नगरी हेलचक्य्राइँ गरेकोमा वरिष्ठ क्याप्टेन विजय लामासहित तीन जनालाई चेतावनी दिएको छ । 

निगमको मलेसिया उडानको एफएओसी ०७९ वैशाख २० गते नै सकिएको थियो । ११ महिना बितिसक्दा पनि निगमले यसबारे ध्यान नै दिएको थिएन । निगमका कार्यकारी अध्यक्ष युवराज अधिकारीले पाइलट लामालाई उनको महाशाखाको कार्यक्षेत्रभित्र पर्ने फरेन एयर अपरेटर सर्टिफिकेट (एफएओसी) मलेसियामा अद्यावधिक नगरेको विषयलाई भविष्यमा नदोहोर्‍याउन पनि चेतावनी दिएका छन् ।


‘निगमले क्वालालमम्पुर उडानका लागि मलेसियाको नागरिक उड्डयन कार्यालयमा आफ्नो समर सेड्युअलको अनुमति माग गर्दा एफएओसी अद्यावधिक नभएको देखियो,’ कार्यकारी अध्यक्षले आइतबार लामालाई लेखेको चेतावनी पत्रमा उल्लेख गरिएको छ,‘ तपाईंको महाशाखाको कार्यक्षेत्रभित्र पर्ने कार्य समयमा सम्पन्न नगरेको र सो को कारण निगमको उडानमा असर पर्न सक्ने सम्भावनालाई ध्यानमा राखेको देखिएनन । यसर्थ आयन्दा त्यस महाशाखाअन्तर्गतका कार्यहरूलाई समयमा नै सम्पन्न गर्न गराउन सचेत गराउँदै यस्ता गल्ती भविष्यमा नदोहोर्‍याउन निगमका कर्मचारीहरुको सेवा, सर्तसम्बन्धी विनियमावलीबमोजिम चेतावनी दिइएको छ ।’

निगमबाट ५८ वर्षे सेवाअवधि पूरा गरी अवकाश लिएका पाइलट लामा निगमको वाइडबडी विमानको पाइलटमा करारमा कार्यरत छन् । कार्यकारी अध्यक्षले लामाबाहेक मलेसियामा रहेको निगमको कार्यालयका प्रमुख नेत्रराज राउत र अपरेशन विभागका प्रबन्धक चत्र नकर्मीलाई पनि मलेसियाको एफएओसी समयमै नवीकरण नगराएको घटनामा अभिलेखमा रहने गरी चेतावनी दिएका छन् । यसैबीच निगमको शनिबार दुबई उडानमा कोपाइलट अभाव भएको विषयमा कार्यकारी अध्यक्षले अपरेसन विभाग प्रमुख क्याप्टेन रवीन्द्रकुमार शेरचनसँग पनि तीन दिने स्पष्टीकरण माग गरेका छन् ।

चैत १४ गते मलेसियाले निगमलाई एफएओसी नवीकरण नगराएको कारण देखाउँदै नियमित उडान रोक्ने चेतावनी दिएपछि यस रुटमा टिकट लिइसकेका यात्रुहरुका लागि निगमले ६ वटा चार्टर उडान गर्ने निर्णय गरेको थियो । अन्तिम सयममा मन्त्रालयलगायत उच्च तहबाट मलेसियालाई अनुरोध गरेपछि उसले निगमलाई अन्तिम मौका दिएको थियो । -कान्तिपुर बाट

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
काठमाडौँसहित देशका केही स्थानमा वर्षा कानून दोषीका लागि भय र निर्दोषका लागि आशा हुनुपर्छ : राष्ट्रपति पौडेल हामीले सचेत गराउन छाड्यौं भने लोकतन्त्रको आत्मा मर्छ: गगन थापा बस र टिपर एकापसमा ठोक्किँदा १० जना घाइते सुकुमबासी बस्तीमा दमन भएको भन्दै माइतीघरमा विरोध प्रदर्शन काठमाडौँबाट वीरगञ्जका लागि छुटेको एक रात्री बस दुर्घटना युवा तथा कामदार जनशक्तिलाई स्वदेशमै इच्छाइएको रोजगारी प्रदान गर्न देशमा चुनौतीहरू छन्: राष्ट्रपति पौडेल स्रोत नखुलेको मुद्रासहित दुई जनालाई पक्राउ समानुपातिक निर्वाचनमा दलहरुको खर्च सार्वजनिक सरकार नाजीवादको घोडामा चढेर हिंडिरहेको छ: सुदन किराँती शिक्षामन्त्री पोखरेल र अष्ट्रेलियाली राजदूतबीच भेटवार्ता टिपरले मोटरसाइकलाई ठक्कर दिँदा एक जनाको मृत्यु ९ दिनदेखि हराइरहेकी महिला मृत फेला प्रधान न्यायाधीशमा सिफारिस भएका डा. शर्माको संसदीय सुनुवाइ आजैबाट थालिने नेप्से परिसूचक २७.४९ अंकले बढ्यो लागुऔषधसहित १३ जना पक्राउ विदेशस्थित १५ अवैतनिक दूत पदमुक्त गर्ने सरकारको निर्णय समयको गतिसँगै पार्टीको कार्यशैली र पद्धतिमा व्यापक सुधार गर्नुपर्छ: देवराज चालिसे राष्ट्रपतिले सोमबार संसद्को संयुक्त बैठकमा सम्बोधन गर्ने नदीजन्य तथा खानीजन्य पदार्थको उत्खननलाई स्वीकृत मापदण्डबमोजिम गराउन प्रधानमन्त्री कार्यालयको निर्देशन