2026-09-19 08:33 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

पत्रपत्रिकाबाट

प्रधानमन्त्री प्रचण्ड ‘फिट एन्ड फाइन’

बैशाख ५, काठमाडौं | प्राडा युवराज शर्माले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड स्वास्थ्यप्रति सचेत रहेको बताएका छन् । शर्मा प्रधानमन्त्री दाहालका निजी चिकित्सक हुन् । पाटन विज्ञान प्रतिष्ठानको मेडिसिन विभागका प्राध्यापक र मेडिकल डाइरेक्टर शर्माले भने, ‘जस्तो व्यस्त भए पनि उनले बिहानको समय आफुलाई दिनुभएको छ ।’ प्रधानमन्त्रीले दैनिक टेबल टेनिस खेल्ने र पसिना निकाल्ने गरी व्यापम गर्ने गरेको डा शर्मा बताउँछन् ।

प्रधानमन्त्री उपत्यका बाहिर जाने भनेपछि खानाको विषयलाई लिएर डा शर्मालाई चिन्ता हुन्छ । भन्छन्, ‘विशिष्ट व्यक्तित्वका लागि मीठो र राम्रो खुवाउनुपर्छ भन्ने हाम्रो चलन छ । नेपालमा राम्रो÷मीठो भन्ने बित्तिकै खसीको मासु, चिल्लो चाप्लो हुन्छ ।’ उनलाई त्यतिबेला त्यो खानाले गडबड गर्छ कि भन्ने डर हुने गरेको बताउँछन् ।

‘अहिले प्रधानमन्त्री फिट एन्ड फाइन हुनुहुन्छ । उहाँले आफ्नो स्वास्थ्यका लागि मिन्टेन गर्ने कुराहरु मैले भनेको कुरालाई फलो गर्नुहुन्छ ।’ डा शर्माले भने, ‘औषधी समयमा नै लिदिनुहुन्छ ।’ प्रधानमन्त्री निवासमा रहेको नर्समार्फत नियमित जानकारी लिने गरेको शर्मा बताउँछन् । विदेश जानुअघि भने प्रधानमन्त्रीको अनिवार्य स्वास्थ्य परीक्षण हुन्छ । ‘आज भोलि नै म स्वास्थ्य परीक्षण गर्छु अब ।’ शर्माले प्रधानमन्त्रीको विदेश भ्रमण हुन सक्ने संकेत उनको यो भनाइले पनि पुष्टि गर्दछ ।

वर्षमा ३÷४ पटक भने कुनै पनि प्रधानमन्त्रीको नियमित ‘होलबडी टेस्ट’ हुने गरेको उनी बताउँछन् । प्रधानमन्त्रीलाई आरामको समय कम हुने गरेको डा शर्मा बताउँछन् । ‘जीवन व्यस्त छ । धेरै इस्युमा उहाँहरू व्यस्त हुनुहुन्छ । एउटा व्यक्तिले त्यति धेरै विषय व्यवस्थापन गर्नुपर्दा कतै स्वास्थ्यमा असर पो गर्छ कि भन्ने डर हुने कुरा स्वाभाविक हो,’ शर्मा भन्छन्, ‘तर उहाँले त्यसलाई व्यवस्थापन गर्नुभएको । जटिल विषयलाई पनि सहजरूपमा व्यवस्था गर्ने क्षमता देख्दा मलाई आश्चर्य पनि लाग्छ । राजनीतिक दलका ठूला नेतामा यस्तो क्षमता हुनेरहेछ जस्तो लाग्छ ।’ यो समाचार राजधानी दैनिकमा प्रकाशित छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो भोटेकोशी बाढीमा मृतकको संख्या १,४१० पुग्यो, ५,१४५ बेपत्ता ९ लाख रुपैयाँ घुससहित नापी अधिकृत पक्राउ एलपी ग्यास प्रतिसिलिण्डर रु दुई हजार ६० मा बिक्री गर्न आग्रह गगन थापाको अपिल: एकताबद्ध भएर १५औँ महाधिवेशनमा सहभागी बनौँ नेप्से परिसूचक ११.९३ अंकले बढ्यो नेपालको राजनीतिक भविष्यको निर्णय गर्ने अधिकार केवल नेपाली जनतामा मात्र छ : आरेन राई