2026-09-19 07:35 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

पत्रपत्रिकाबाट

ओमानमा बन्धक रहेकी महिला तेस्रो तलाबाट हामफालेर नेपाल फर्किइन्

बैशाख ३०, काठमाडौँ | ओमानमा करिब दुई महिनादेखि बन्धक बनाइएकी चितवनकी ४८ वर्षीया महिला सारी सहयोगले तेस्रो तलाबाट भाग्न सफल भएकी छिन् । उनको भाग्ने क्रममा खुट्टा भाँचिएको थियो भने अन्य शरीरका भागमा पनि चोटपटक लागेको थियो । उनी फागुनमा ओमान पुगेकी थिइन् । ओमान पुगेको केही दिनमै एजेन्टले उनीसँग भएको कागजातसहित मोबाइल पनि खोसिदियो र एउटा कोठामा बन्द गरिदिएको उनले बताइन् । त्यस बन्द कोठामा पन्जाबीसहित भारतीय ११ जना, नेपाली ५ र श्रीलंकन १ जना रहेको ती महिलाले जानकारी दिइन् । उनी करिब दुई महिनासम्म परिवारसँग सम्पर्कविहीन थिइन् ।

बन्धक कोठाबाट सबैजना भाग्ने योजना थियो । तर त्यो असम्भव भयो । भारतीय महिलाले लगाएका तीनओटा सारी गाँसेर नेपाली ५ जना नै  भाग्न सफल भएका थिए । भाग्ने क्रममा सारी फुस्किएर ती ४८ वर्षीया महिला लडेको हुँदा भारतीय र श्रीलंकन डराएर त्यही बन्द कोठामै रहेको ती महिलाको कथन छ । यो समाचार नागरिक दैनिकमा छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो भोटेकोशी बाढीमा मृतकको संख्या १,४१० पुग्यो, ५,१४५ बेपत्ता ९ लाख रुपैयाँ घुससहित नापी अधिकृत पक्राउ एलपी ग्यास प्रतिसिलिण्डर रु दुई हजार ६० मा बिक्री गर्न आग्रह गगन थापाको अपिल: एकताबद्ध भएर १५औँ महाधिवेशनमा सहभागी बनौँ नेप्से परिसूचक ११.९३ अंकले बढ्यो नेपालको राजनीतिक भविष्यको निर्णय गर्ने अधिकार केवल नेपाली जनतामा मात्र छ : आरेन राई