2026-06-18 11:46 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

पत्रपत्रिकाबाट

टेकनाथ रिजालका बारेमा एक बर्ष अघि नै रहस्य खुलाउने पक्षमा थिए डा. भम्पा राई

जेठ ५, काठमाडौँ | भुटानी शरणार्थी स्वदेश फिर्ती आन्दोलनका अभियन्ता तथा शरणार्थीका चिकित्सक डा. भम्पा राईले भनेका थिए, ‘ म अहिले अस्वस्थ छु । म निको भएपछि शरणार्थीका ठूला नेताका कर्तुत सबै पर्दाफास गर्छु । केही दिन पर्खनु है । म कागजात संकलन गर्दैछु।’

त्यति भनेको केही दिनमा डा.राई दिवंगत हुन पुगे। उनले पर्दाफास गर्न खोजेको रहस्य के हो भन्ने कुरा अहिले बस्तारै खुल्न थालेको छ। भुटानी स्वदेश फिर्ती आन्दोलनका नेता मानिएका टेकनाथ रिजाल पक्राउ परेपछि अहिले शरणार्थीका अगुवाहरूले ‘यही कुरा डा. राईले एक बर्ष अघि नै पर्दाफास गर्न खोज्नुभएको थियो’ भनेर प्रतिक्रिया दिन थालेका छन्। भुटानी शरणार्थीका अगुवा तथा मानवअधिकारबादी नेता टेकनाथ रिजाललाई बिहिबार काठमाडौं विमानस्थलबाट प्रहरीले पक्राउ हो।

नेपाली नागरिकलाई भुटानी शरणार्थी बनाएर अमेरिका पठाउन भन्दै गरिएको ठगी प्रकरणमा अनुसन्धानका लागि प्रहरीले उनलाई पक्राउ गरेको जिल्ला प्रहरी परिसर काठमाडौंका एसएसपी दानबहादुर कार्कीले जानकारी दिए। रिजालका पछिल्ला गतिविधि शंकास्पद रहेका कारण पनि उनी यो प्रकरणमा संलग्न छैनन् भन्ने आधार नरहेको अर्का भुटानी शरणार्थी नेता बलराम पौडेल बताउँछन्। उनी भन्छन्, ‘रिजालजीका पछिल्ला गतिविधि शरणार्थी समुदाय हितविपरित रहेका कारण उहाँ आलोचित बन्नु भएको थियो।’

डा.भम्पा राईले रिजालले गर्ने गरेका काम र तिनका कागजात संकलन गर्ने काम गर्न थालेको पौडेलले पनि पुष्टि गरे। उनले भने, ‘उहाँको जीवनको अन्तिम बेलामा म उहाँसंग भेट गर्न गएको थिएँ। बिरामी निको भएपछि म सबै कुरा खुलाउँछु भन्नुभएको थियो। तर, त्यस्को दुई दिनमै उहाँ बित्नुभयो।’

रिजालसंग डा. राईको चरम असन्तुष्टि रहेको पौडेलले बताए । पौडेलले भने, ‘डा. राई बाँचिरहनु भएको भए यो विषय एक बर्ष अघि नै खुल्थ्यो ।’

पछिल्लो समय सरकारी अधिकारीसंग रिजाल नजिक रहेर काम गरेको तर शरणार्थी समुदायको हितविपरित काम गरेको भन्ने कुराको कल्पनासम्म पनि नभएको शरणार्थीहरू बताउँछन्। तर, शरणार्थीका अग्रजहरूमा भने उनको कामको विषयमा आशंकाहरू व्याप्त थिए। पौडेल भन्छन्, ‘हामी एक हिसाबले काम गर्दै गयौं । उहाँको संलग्नता कहाँ-कहाँ थियो भन्नेबारेमा जानकारी राखेनौं। त्यही गल्ती भयो।’

रिजाललाई शरणार्थी नेता भनिए पनि शरणार्थी समुदायसंग उनी कहिले नजिक नरहेको शनिश्चरे शिविरका चम्पासिंह राईले बताए।

उनले भने, ‘उहाँसंग त हाम्रो भेट नै हुन्नथ्यो भन्दा पनि हुन्छ।’

उनका अनुसार शरणार्थी समुदायलाई रिजालले ‘भेडा-बाख्रा गोठाला’ संज्ञा दिने गर्थे । राईले भने, ‘एक पटक त उहाँले भेडा-बाख्रा गोठालाको हैसियत भएकाहरू विदेश गएर चिल्ला गाडी चढ्ने भए भनेर शरणार्थीको चर्को आलोचना गर्नुभएको हो।’

राई पनि रिजालले गरेका पछिल्ला कामका बारेमा शिविरमा हल्ला चलेको बताए। राईलगायत शरणार्थी समुदाय प्रकरणको निष्पक्ष छानविन होस् र दोषीमाथि कारबाही होस् भन्ने पक्षमा रहेका छन्। उनले भने,’घटना बाहिर आयो। अब दोषी देखिए कारबाही पक्कै होला।’

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अफ्ठ्यारो परिस्थितिमा म पार्टी छाडेर हिँड्दिनँ : केपी शर्मा ओली राष्ट्रिय स्वतन्त्र पार्टीको केन्द्रीय सचिवालय बैठक जारी सुनचाँदीको मूल्य घट्यो सबै कुराका लागि बजेट नै कुर्नुपर्दैन: अर्थमन्त्री वाग्ले टिपरको ठक्करबाट स्कुटर चालकको मृत्यु रास्वपाले बोलायो सचिवालय बैठक पखेटा घाइते भएको चराबाट हामीले लामो उडानको अपेक्षा गर्न सक्दैनौ: पर्यटनमन्त्री पौडेल फ्री भ्रिसा फ्री टिकट गलत शब्द हो: श्रममन्त्री यादव प्रधानमन्त्रीज्यूको सीमानासँग सम्बन्धित अभिव्यक्तिलाई संसदको रेकर्डबाट हटाउनुपर्छ भन्ने हाम्रो निरन्तर माग छ: हर्कराज राई सभामुखको भूमिकामाथि प्रश्न उठाउँदै विपक्षी प्रतिनिधिसभाको बैठकमा विपक्षी दलहरूको अवरोध कायमै प्रतिनिधि सभाको बैठक जारी दुई बालिकालाई जबरजस्ती करणी गरेको आरोपमा ५५ वर्षीय व्यक्ति पक्राउ सुनचाँदीको मूल्य घट्यो ११ वर्षअघि एक व्यक्तिको अपहरण पछि हत्या गरी फरार रहेका दुई जना पक्राउ हामी बजेट त बनाउँछौँ, तर खर्च गर्न सक्दैनौँ : हर्कराज राई चालु आर्थिक वर्षको ११ महिनामा १० खर्ब ७९ अर्ब राजस्व सङ्कलन प्रतिनिधिसभा बैठकमा मन्त्रालयगत बजेटमाथि छलफल जारी नेप्से परिसूचक ६.३१ अंकले घट्यो जेठ महिनामा ६१ हजार नेपालीले लिए विदेश जान श्रम स्वीकृति, मलेसिया जाने सबैभन्दा बढी