2026-09-18 07:15 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

पत्रपत्रिकाबाट

नेपाल ‘क्षेत्रीय पावर हब’ बन्ने सम्भावना

जेठ १९, काठमाडौँ । भारतले आगामी १० वर्षमा नेपालमा उत्पादित बिजुली १० हजार मेगावाट किन्ने घोषणा गरेसँगै नेपालको विद्युत बजार सुनिश्चित बन्ने सम्भावना देखिएको छ । भारतको नयाँ दिल्लीस्थित हैदरावाद हाउसमा नेपालका प्रधानमन्त्री पुष्पकमल दाहाल र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीबीच बिहीबार यो सहमति भएको हो। दाहाल चार दिने भ्रमणमा अहिले भारतमा छन्।

विद्युत बजार सुनिश्चित बनेसँगै लगानीकर्ता तथा निजी क्षेत्रमा थप उत्साह देखिएको छ। यो सहमतिले नेपाललाई दक्षिण एसियाकै क्षेत्रीय पावर हब बनाउने अवधारणा पूरा हुने भन्दै सरोकारवालाले सकारात्मक प्रतिक्रिया दिएका छन्। यो अवसर पाएपछि नेपालले थप विद्युत उत्पादनका लागि आयोजनाहरुको पीपीए अगाडि बढाउनुपर्ने देखिन्छ।

अहिलेसम्म नेपालमा उत्पादन भएको बिजुलीले बजार पाउन नसक्ने हो कि भन्ने चिन्ता थियो। तर, अब भारतले नेपालमा उत्पादित बिजुली खरिद गर्ने सम्झौता गरेपछि विद्युत बजारले सुनिश्चितता पाउने देखिएको हो। नेपालमा भारतीय लगानीमा अरुण तेस्रो तल्लो अरुण र अब फुकोट कर्णाली जलविद्युत आयोजना निर्माण हुनेछन् ।

भारतीय बजारसँग जोडिन नेपालमा अन्तरदेशीय प्रसारणलाइन पनि तयार भइरहेको छ। विद्युत निर्यातका लागि प्रसारणलाइनको विकासले मद्दत पुग्नेछ। हाल नेपालले ढल्केबर(मुजफ्फरपुर ४०० केभी अन्तरदेशीय प्रसारणलाइनबाट विद्युत कारोबार गरिरहेको छ।

चार अन्य प्रसारणलाइन विकासको कार्य अघि बढाइएको छ। यी प्रसारणलाइनबाट २ हजार मेगावाट विद्युत कारोबार गर्न सकिनेछ। सन् २०२८ सम्ममा नयाँ बुटवल-गोरखपुर, इनरुवा-पूर्णिया अनि लम्की बरेली प्रसारणलाइन पनि ४०० केभी बनाउने योजना छ।

स्वतन्त्र ऊर्जा उत्पादकहरुको संस्था नेपाल (इप्पान) का उपाध्यक्ष गणेश कार्कीले विहीवार भएको सम्झौताले अब विद्युतीय बजार सुनिश्चित भएको भन्दै यसले निजी क्षेत्रलाई लगानी गर्न उत्साह थपिने बताए । 

– यो समाचार कारोबार दैनिकमा छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो भोटेकोशी बाढीमा मृतकको संख्या १,४१० पुग्यो, ५,१४५ बेपत्ता ९ लाख रुपैयाँ घुससहित नापी अधिकृत पक्राउ एलपी ग्यास प्रतिसिलिण्डर रु दुई हजार ६० मा बिक्री गर्न आग्रह गगन थापाको अपिल: एकताबद्ध भएर १५औँ महाधिवेशनमा सहभागी बनौँ नेप्से परिसूचक ११.९३ अंकले बढ्यो नेपालको राजनीतिक भविष्यको निर्णय गर्ने अधिकार केवल नेपाली जनतामा मात्र छ : आरेन राई