Skip to content
Saturday, July 18, 2026 समाचार, वैदेशिक रोजगार र समसामयिक जानकारी
२०८० जेठ २३ गते, दिउँसो २:५५ बजे
पत्रपत्रिकाबाट

एसिया कपको भविष्य फेरि अन्योलमा, पाकिस्तानको ‘हाइब्रिड मोडल’ तीन देशद्वारा अस्वीकार

By साझासवाल 4 मिनेट पढाइ

पढ्न करिब 2 मिनेट लाग्छ
प्रकाशित:

जेठ २३, काठमाडौं | यसै वर्ष आयोजना हुने भनिएको एसिया कप क्रिकेट प्रतियोगिता आयोजनाका लागि पाकिस्तान क्रिकेट बोर्ड (पीसीबी)ले अगाडि सारेको ‘हाइब्रिड मोडल’लाई हालसम्म तीन देशका क्रिकेट बोर्डले अस्वीकार गरेका छन् ।

भारतीय क्रिकेट कन्ट्रोल बोर्ड (बीसीसीआई)ले त निकैअघि एसिया कप पाकिस्तानमा नभई अन्य कुनै देश (न्यूट्रल भेन्यू)मा खेलाउने पर्ने माग राख्दै आएको छ ।

तर, पीसीबी भने कुनै पनि हालतमा प्रतियोगिता आफ्नै देशमा आयोजना हुनुपर्ने अडानमा छ । यसका लागि पीसीबीले एसियाली क्रिकेट काउन्सिल (एसीसी)समक्ष प्रतियोगिता आयोजनाको विभिन्न संरचना अगाडि सारेको छ । त्यसैमध्ये एक हो, ‘हाइब्रिड मोडल’ ।

तर, पछिल्लो समय बंगलादेश क्रिकेट बोर्ड, श्रीलङ्का क्रिकेट बोर्ड र अफगानिस्तान क्रिकेट बोर्डले पनि पीसीबीले अगाडि सारेको ‘हाइब्रिड मोडल’लाई अस्वीकार गरेका छन् । पीसीबीले भने प्रतियोगिता आफ्नो देशभन्दा बाहिर (न्यूट्रल भेन्यू)मा आयोजना भए पाकिस्तानले एसिया कपमा भाग नलिने बताउँदै आएको छ ।

पीसीबीका अध्यक्ष नजाम सेठीले पनि आफ्नो देशभन्दा बाहिर आयोजना गरिए पाकिस्तानले एसिया कपमा सहभागिता नजनाउने बताएका छन् । यस्तो विसम परिस्थितमा एसियाकपको विषयलाई लिएर अर्को आङ्कलन सुरु भएको छ । पछिल्लो समय यो वर्ष हुने भनिएको एसिया कप नै रद्द गरिने सम्भावना बढेको समाचारहरु प्राप्त भएका छन् ।

यदि एसिया कप रद्द भएमा बीसीसीआईले अर्को वहुराष्ट्रिय प्रतियोगिता आयोजना गर्ने तयारी गरिरहेको पनि समाचारमा जनाइएको छ । भारतीय समाचार संस्था प्रेस ट्रष्ट अफ इन्डिया (पीटीआई)ले एसीसी सूत्रलाई उद्धृत गर्दै यो वर्षको एसिया कप नै रद्द गर्ने तयारी भइरहेको समाचार प्रवाह गरेको छ ।

पीटीआईका अनुसार, एसिया कपको सट्टा बीसीसीआई ५० ओभरको अर्को प्रतियोगिता आयोजना गर्ने तयारीमा छ । आगामी अक्टोबर—नोभेम्बरमा भारतमै आयोजना हुने एक दिवसीय विश्वकपको तयारी स्वरूप उक्त प्रतियोगिता आयोजना गर्न लागिएको दाबी पीटीआईको छ ।