Skip to content
Saturday, July 18, 2026 समाचार, वैदेशिक रोजगार र समसामयिक जानकारी
२०८० जेठ २५ गते, बिहान ११:४९ बजे
पत्रपत्रिकाबाट

वैदेशिक रोजगारीको क्रममा ठगिएकाहरू चार महिनादेखि काठमाडौंको होटलमा बन्धक

By साझासवाल 4 मिनेट पढाइ

पढ्न करिब 2 मिनेट लाग्छ
प्रकाशित:

जेठ २५, काठमाडौँ | वैदेशिक रोजगारीका सन्दर्भमा नेपालीले नेपालीलाई नै ठग्ने प्रवृत्ति दिनप्रतिदिन बढ्दो छ । कामका लागि बिदेसिनुपर्ने नेपाली युवाको बाध्यतालाई धेरैले ठगीको धन्दा बनाएका छन् । सिंगापुर पुयाउने सपना बाँडेर आफूलाई पत्रकार भनेर चिनाउने सुजन आचार्यले ३९ जना बाट १० करोड रूपैयाँ ठगी गरेको पाइएको छ ।

तिनै ३९ जनामध्येका चार जना करिब चार महिनादेखि काठमाडौंको एक होटलमा बन्धकको अवस्थामा छन् । काठमाडौंको कोटेश्वरस्थित ओल्ड दरबार होटलमा अछामका मीन अधिकारी र प्रेम साउद, बाजुराका भरेन्द्र सिंह र कैलालीका सुरेन्द्र शाह बन्धक बनेर रहेका हुन् ।

रोजगारीका लागि आचार्यको प्रतीक्षामा बस्दाबस्दै होटलको बिल बढ्दै जाँदा पैसा तिर्न नसक्दा उनीहरू बन्धक बन्नुपर्ने अवस्थामा पुगेका हुन् ।

सिंगापुर पठाइदिने बताउँदै पैसा असुलेका आचार्य सम्पर्कविहीन छन्। ‘ऋण खोजेर ल्याएको पैसा लिएर सुजन आचार्य पनि सम्पर्कमा छैनन्,’प्रेम साउदले भने, ‘ऋण खोजेको पैसा, होटलमा बस्दा खाएको पैसा तिर्न नसक्दा साहुले पनि बन्धक बनाएको छ। साहुले भाग्छ भनी बाहिर निस्कन पनि दिएको छैन,’उनले भने, ‘सिंगापुर सपना देखाउने आचार्य पनि सम्पर्कविहीन छन्। १२ लाख ऋणको किस्तासमेत नबुझाएको हुँदा घरपरिवारलाई टर्चर दिइएको छ। एक महिनादेखि म परिवारको सम्पर्कमा पनि छैन। हामी चारजना चार महिनादेखि होटलमै बस्न बाध्य छौं।’ चार जनाले होटलमा बसेको र खाएको मात्र साढे ४ लाखजति भइसकेको छ। होटल साहुले उनीहरूका पासपोर्ट, नागरिकता लगायत सबै कागजात लिएका छन्। यो समाचार नागरिक दैनिकमा छ ।