2026-09-18 07:23 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

पत्रपत्रिकाबाट

शरणार्थी प्रकरणमा थुनछेक बहस: ‘दुलाल र भण्डारी नाइके होइनन्, पीडित हुन्’

जेठ २५, काठमाडौँ | नेपालीलाई नक्कली भुटानी शरणार्थी बनाएर विदेश पठाउने धन्दामा संलग्न गिरोहका नाइके भनिएका केशव दुलाल र सानु भण्डारी स्वयं पीडित रहेको दाबी उनीहरूका वकिलले गरेका छन्। शरणार्थी प्रकरणमा जिल्ला अदालत काठमाडौंमा भण्डारी, दुलालसहित ३० जनाविरुद्ध दायर मुद्दामा न्यायाधीश प्रेमप्रसाद न्यौपानेको इजलासमा थुनछेक बहस चलिरहेको छ। इजलासमा बुधबारदेखि प्रतिवादीका तर्फबाट प्रतिरक्षा बहस सुरु भएको छ। प्रतिवादी दुलाल र भण्डारीका निजी वकिलले उनीहरू ठगीमा संलग्न भएको आरोपमा सत्यता नभएको दाबी गर्दै उल्टै पीडित रहेको दलिल पेस गरे।  

‘केशव दुलाललाई कारबाही हुन्छ भने ठगीमा होइन, भुटानी शरणार्थी बनेर अमेरिका जान खोजेको कसुरमा गर्नुपर्छ,’दुलालको पक्षबाट प्रतिरक्षा बहस गर्दै वरिष्ठ अधिवक्ता विश्वास आचार्यले भने, ‘ठगी कार्यमा उनको कुनै संलग्नता छैन।’ यो प्रकरणमा दुलालले कसैसँग रकम नलिएको दाबी गर्दै आचार्यले भने, ‘सन्देश शर्माबाहेक बयानमा कसैले पनि केशव दुलाललाई पोलेका छैनन्। उनले कसैलाई ठगेर रकम लिएको प्रमाण पनि छैन। जाहेरीमा नाममात्रै उल्लेख छ।’ 

यस्तै अधिवक्ता आचार्यले दुलालले कुनै कागज किर्ते नगरेको दाबी गर्दै दबाबका आधारमा सरकारी कागजात किर्तेमा मुद्दा चलाइएको बताए। ‘गृह मन्त्रालयका कागजमा कहाँ एक्सेस छ उनलाई ? एक्सेस नै नभएको मानिसले कसरी सरकारी कागजात किर्ते गर्नसक्छ ?’ उनले भने। आचार्यले भुटानी शरणार्थी प्रकरण संगठित अपराध हो भने आपराधिक समूहको नाम र संस्थापक को हो भन्ने अभियोजनपत्रमा नखुलेको दाबी गरे।  

दुलालकै पक्षमा प्रतिरक्षा बहस गर्दै अर्का वरिष्ठ अधिवक्ता योगेन्द्रबहादुर अधिकारीले मिडियाबाजी र अफवाहले मुद्दा निर्देशित हुन नहुने भन्दै अदालतले प्रमाण हेर्नुपर्ने बताए। ‘अभियोग लगाएर मात्रै हुँदैन, प्रमाण पनि पेस गर्न सक्नुपर्छ’, उनले भने, ‘सुन्नलाई रमाइलो भए पनि यो अभियोग प्रमाणित हुन सक्ने अवस्था छैन।’

यस्तै अधिवक्ता विकास भट्टराईले दुलाल पत्नीलाई क्यान्सर भएकाले अमेरिका गएर उपचार गराउन सहज हुने भएकाले नक्कली भुटानी शरणार्थी बनेर उतै जान चाहेको दाबी गरे। यसकारण अमेरिका जान पैसा बुझाएका दुलाल स्वयं पीडित भएको जिकिर भट्टराईले गरे। ‘केशव दुलालले आफूले दिएको रकम फिर्ता माग्दा उल्टो धम्की पाएका छन्। आफै ठगिएको व्यक्तिले संगठित अपराध गरेको कसरी पुष्टि हुन्छ ?’ भट्टराईले प्रश्न गरे।  

यस्तै सानु भण्डारीको पक्षमा प्रतिरक्षा बहस गरेका वकिलहरूले पनि उनी स्वयं पीडित रहेको दाबी गरे। अधिवक्ता विनोद शर्माले करोडौं रकम ठगी गर्ने गिरोहको नाइके भनिएका भण्डारीको आफ्नै घरजग्गा बैंकले लिलाम गर्न लागेको बताए। ‘२८ करोड रूपैयाँ ठग्ने मान्छेले दुईचार करोड त गोजीमा हालेको हुनुपर्ने होइन र ? उसैको घरजग्गा लिलाम हुने अवस्था आउँछ होला ?’ अधिवक्ता शर्माले भने, ‘उनको त आफ्नै घरजग्गा पनि लिलाम हुँदैछ। बैंकको सूचना इजलासमा पेस पनि गरिसकेका छौं।’ उनले जाहेरवाला नै अपराधमा संलग्न रहेको दाबी गरे।  

अधिवक्ता शर्माले यस प्रकरणमा भण्डारीले चारजनासँग मात्रै पैसा लिएको स्वीकार्दै त्यो रकम बैंकिङ कारोबारबाटै फिर्ता गरेको दाबी गरे। यसरी पीडित मान्छेलाई राज्यले फसाउन खोजे आत्महत्या गर्नुपर्ने अवस्था आउने उनले बताए। भण्डारीविरुद्ध जाहेरी दिने अधिकांशलाई स्वयं उनैले नचिनेको दाबी गर्दै अधिवक्ता शर्माले भने, ‘अनुसन्धानका क्रममा पनि सानु भण्डारीले आत्मदाह गर्न बाध्य नपारियोस् भनेका छन्। चिन्दै नचिनेका मान्छेले पैसा खायो भन्दै जाहेरी दिएपछि सानु भण्डारीले आत्मदाह नगरे के गर्छन् त ?’  यो समाचार नागरिक दैनिकमा छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो भोटेकोशी बाढीमा मृतकको संख्या १,४१० पुग्यो, ५,१४५ बेपत्ता ९ लाख रुपैयाँ घुससहित नापी अधिकृत पक्राउ एलपी ग्यास प्रतिसिलिण्डर रु दुई हजार ६० मा बिक्री गर्न आग्रह गगन थापाको अपिल: एकताबद्ध भएर १५औँ महाधिवेशनमा सहभागी बनौँ नेप्से परिसूचक ११.९३ अंकले बढ्यो नेपालको राजनीतिक भविष्यको निर्णय गर्ने अधिकार केवल नेपाली जनतामा मात्र छ : आरेन राई