Skip to content
Saturday, July 18, 2026 समाचार, वैदेशिक रोजगार र समसामयिक जानकारी
२०८० जेठ २७ गते, बिहान ८:४७ बजे
पत्रपत्रिकाबाट

मदिरा र ‘गोत्र’ले लोपोन्मुख घुमन्ते राउटे समुदायको संख्या घट्दै

By साझासवाल 3 मिनेट पढाइ

पढ्न करिब 1 मिनेट लाग्छ
प्रकाशित:

<p><b>जेठ २७, काठमाडौँ |</b> लोपोन्मुख घुमन्ते राउटेको जनसंख्या घट्दो क्रममा छ । तत्कालीन जिल्ला विकास समिति सुर्खेतले पहिलो पटक २०७१ चैतमा राउटे समुदायका मानिसको फोटोसमेत खिचेर गणना गरेको थियो । त्यसबेला राउटेको सङ्ख्या १८४ थियो । अहिले त्यो सङ्ख्या घटेर १४१ मा भएको छ । राउटे समुदाय परिवार नियोजनका अस्थायी साधन प्रयोग गर्दैनन् । राउटे समुदायमा एउटी महिलाले १८ वटासम्म बच्चा जन्माएको उदाहरण छ । यति हुँदाहुँदै पनि राउटेको सङ्ख्या किन घट्दै&nbsp; गएको छ त ? धेरैले मदिरा सेवनलाई यसको मुख्य कारण मान्छन् । मदिरासँगै राउटे समुदायको संख्या घट्नुको अर्को कारण 'गोत्र' सँग जोडिएको छ ।<br></p><p>राउटे समुदायका तीनवटा गोत्र छन्- रास्कोटी, स्ववंशी र कल्याल । राउटेको आफ्नै गोत्रमा बिहेवारी चल्दैन । रास्कोटी, स्ववंशी र कल्याल गोत्रबीच एक-अर्कासँग विवाह हुन्छ । यो समुदायमा कल्यालको संख्या अधिक छ । स्ववंशी र रास्कोटीको संख्या न्यून छन् । कल्यालको संख्या धेरै हुँदा यो गोत्रका उमेर पुगेका युवक-युवतीको विवाह हुन मुस्किल भएको छ । यो समाचार <b>नागरिक दैनिक</b>मा छ ।</p>