2026-11-04 11:13 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

पत्रपत्रिकाबाट

शनिले तोड्यो बृहस्पतिको रेकर्ड

जेठ २८, काठमाडौँ | सौर्यमण्डलका ग्रहहरूका आफ्नै उपग्रह अर्थात् ‘चन्द्रमा’ छन्। कुनैका धेरै छन् त कुनैका थोरै। पछिल्लो समय सबैभन्दा धेरै उपग्रह भएको ग्रहको उपाधिको दौडमा शनिले बृहस्पतिलाई अन्तिम पटक उछिनेको छ। केही समय अघिसम्म सौर्यमण्डलको सबैभन्दा ठूलो ग्रह बृहस्पतिले आफूलाई उपग्रह पनि धेरै भएको ग्रहको रूपमा स्थापित गरेको थियो। तर, त्यो स्थान लामो समय ओगट्न सकेन। 

शनिको थप ६२ उपग्रहहरू पत्ता लागेसँगै बृहस्पतिलाई फराकिलो दूरीमा उछिनेको छ। बृहस्पतिको ९५ उपग्रह हुँदा अब शनिको १ सय ४५ पुगेको छ। खगोलविद् भन्छन्, ‘अब यो प्रतिस्पर्धा रहेन। शनिलाई भेट्न बृहस्पतिलाई लामै समय लाग्न सक्छ, या नभेट्न पनि सक्छ।’ गत फेब्रुअरी महिनामा बृहस्पतिको नजिक १२ वटा नयाँ उपग्रह फेला परेका थिए। त्योसँगै बृहस्पतिको उपग्रहको संख्या बढेर ९५ पुगेको थियो। अन्तर्राष्ट्रिय खगोलविज्ञान संघले शनिको उपग्रह बढेकाले सर्वाधिक उपग्रह भएको ग्रहको स्थान ओगटेको पुष्टि गरेका छन्। 

क्यानडाको ब्रिटिस कोलम्बिया विश्वविद्यालय ९यूबीसी०का अनुसार शनि ग्रहका पत्ता लागेका नयाँ उपग्रहको नामकरण छिट्टै गरिनेछ। यूबीसीका प्राध्यापक ब्रेट ग्लेडम्यान भन्छन्, ‘कतिपय उपग्रहलाई क्यानडाको इनउइट देवताहरूको नामबाट राखिनेछ भने कतिपयको नाम ग्यालिक तथा नर्स आदि राखिनेछ।’ शनिको ६२ वटा नयाँ उपग्रह पत्ता लगाउने टिममा प्राध्यापक ब्रेट पनि सहभागी थिए। 

नासाका अनुसार शनिको पहिलो उपग्रह टाइटनलाई सन् १६५५ मा डच वैज्ञानिक क्रिस्टियान ह्युजेन्सले पत्ता लगाएका थिए। त्यसपछि, जिन–डोमिनिक क्यासिनीले सन् १६७१ र १६८४ को बीचमा थप चार वटा पत्ता लगाए। यो क्रम खगोलविद्हरूले शताब्दीयौंदेखि जारी राखेका थिए। सन् २००४ देखि २०१७ सम्म क्यासिनीको नामको अन्तरिक्ष यानले शनि ग्रहको नजिकबाट अध्ययन गरेको थियो। यस समयमा धेरै उपग्रह पत्ता लागेको युरोपेली अन्तरिक्ष एजेन्सीले जनाएका छन्। 

अनुसन्धानमा संलग्न प्राध्यापक ब्रेटका अनुसार यदि राम्रोसँग अध्ययन गर्ने हो भने शनि ग्रहसँग बृहस्पतिको तुलनामा तीन गुणाभन्दा धेरै उपग्रह फेला पर्न सक्छन्। तर, अहिलेसम्म सबैको गणना तथा खोज हुन सकेको छैन र खोजकार्य जारी छ। कतिपय खगोलविद्हरूले शनि ग्रहको वरिपरि पहिले कुनै ठूलो उपग्रह रहेको हुन सक्ने र त्यो फुटेपछि यति धेरै स–साना उपग्रहहरू बनेको हुन सक्ने अनुमान गरेका छन्। पछि यी सबै उपग्रहहरू शनिको कक्षमा फरक–फरक दिशामा फैलिएको हुन सक्ने केहीको अनुमान छ। यो समाचार अन्नपूर्ण पोस्टमा छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
नवनियुक्त आईजीपी मनोज केसीलाई गृहमन्त्री गुरुङले लगाए दर्ज्यानी चिह्न आईजीपी हटाएको विषयमा कांग्रेसको टिप्पणी : सिंहदरबार र बालुवाटारमा रमिता चलिरहेको छ कांग्रेसको आधिकारिकताबारे भ्रम फैलाएको भन्दै सरकारमाथि शर्माको आरोप स्वदेशी फूल बिक्रीका लागि काठमाडौँ महानगरले तोक्यो ३३ स्थान, प्लास्टिकका फूल बिक्रीमा प्रतिबन्ध आईजीपी नियुक्तिबारे ओलीको टिप्पणी : उहाँहरूले अराएको काम गर्छन् भनेर बनाएको होला चितवनको जलविरे झरना घुमेर फर्किँदा कार दुर्घटना, भारतीय नागरिकको मृत्यु भारतीय विदेश सचिव मिश्री र अर्थमन्त्री वाग्लेबीच शिष्टाचार भेटवार्ता नवनियुक्त आईजीपी केसीले आजै पदभार ग्रहण गर्ने एनपीएलमा सट्टेबाजी गरेको आरोपमा भारतीय नागरिक पक्राउ नेपाली कांग्रेसले बोलायो शीर्ष नेताहरूको बैठक यी हुन् आकस्मिक मन्त्रिपरिषद् बैठकका ३ निर्णय निर्वाचनमा पार्टीले व्यहोरेको हारको गम्भीर समीक्षा गर्नुपर्छ : शंकर पोखरेल चितवनमा बाघको आक्रमणबाट एक जनाको मृत्यु, बाघ नियन्त्रणमा परराष्ट्रमन्त्री खनाल र भारतीय विदेश सचिव मिश्रीबीच शिष्टाचार भेट डोल्पा कारागारबाट भागेका थप दुई कैदी पक्राउ, अझै चार फरार राष्ट्रपति पौडेलद्वारा दक्षिणकाली मन्दिरमा पूजाअर्चना डेभिड मिलर एनपीएल खेल्न काठमाडौँ आइपुगे, कर्णाली याक्समा आबद्ध सुनको मूल्य बढ्यो, चाँदीको घट्यो आजको मौसम: आंशिक बदलीसँगै हल्का वर्षाको सम्भावना पोखराले गुमायो छैठौँ विकेट