२०८३, ३० बैशाख बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

पत्रपत्रिकाबाट

फिलिपिन्समा अनलाइन ठगी धन्दामा जबर्जस्ती संलग्‍न ६९ जना नेपालीसहित ११ सय ३७ जना विदेशीको उद्धार

२०८०, ३० जेष्ठ मंगलवार ०८:५७

जेठ ३०, काठमाडौँ | फिलिपिन्समा अनलाइनमार्फत ठगी गराउने काममा संलग्न गराइएकामध्ये ६५ जना नेपाली कामदारलाई उद्धार गरी काठमाडौं ल्याइएको छ । ४ जना नेपालीलाई फिलिपिन्स प्रहरीले साक्षीको रुपमा राखेको छ ।

फिलिपिन्स मामिला हेर्ने मलेसियास्थित नेपाली दूतावासले अन्तर्राष्ट्रिय आप्रावसन संगठन (आइओएम)को सहयोगमा उनीहरुलाई काठमाडौं ल्याइएको हो । ६५ जनालाई आईओएमले हवाई टिकट उपलब्ध गराएको हो । फिलिपिन्सको राष्ट्रिय प्रहरीको साइबरविरुद्धको अपराधको टोलीले पामपान्गाको र्क्लक फ्रिपोर्टस्थित र्क्लक सन भ्याली हब कार्पोरेसन र मावालाकटस्थित विशेषा आर्थिक क्षेत्रमा छापा मार्दा ६९ जना नेपालीसहित ११ सय ३७ जना विदेशीलाई उद्धार गरिएको थियो ।


अनलाइनमार्फत ठगी धन्दा गर्न लगाउने १२ जनालाई पनि प्रहरीले पक्राउ गरेको छ । जसमा सात जना चिनियाँ, दुई जना इन्डोनेसिया र एक मलेसियन नागरिकलाई हिरासतमा राखेर छानबिन भइरहेको छ । प्रहरीले दुई वटा कार्यालयबाट उद्धार गरिएकामध्ये २० जनालाई भने साक्षीको रुपमा राखेको छ । जसमा ४ जना नेपाली छन् ।

प्रहरीले बन्धक भएका भियतनाम, चीन, इन्डोनेसिया, नेपाल, मलेसिया, म्यान्मार, थाइल्यान्ड, भुटान, ताइवन र भारतका नागरिकलाई उद्धार गरी सेल्टरमा राखिएको थियो ।

नेपाली दूतावासका द्वितिय सचिव प्रेमबहादुर बुढा थापाले सबै नेपालीलाई ट्राभल डकुमेन्ट पठाइ उद्धार गरिएको बताए । उनीहरुलाई काठमाडौंमा दुई समूहमा गरी शनिबार र आइतबार ल्याइएको थियो । उद्धार गरिएकाहरुलाई आ–आफ्ना घर पठाइएको छ ।

ती नेपालीहरु गएको तीन महिनाभित्र भिजिट भिसामा फिलिपिन्स पुगेका थिए । उनीहरुलाई अनलाइनमार्फत अन्तर्वार्ता लिइ काममा छनोट गरिएको थियो । ‘मलाई कम्पनीले वाट्सअपबाट छनोट गरेको हो । महिनाको एक हजार डलर तलब, नि:शुल्क होस्टल र खानाको व्यवस्था भनिएको थियो,’ एक जना नेपाली युवाले भने, ‘हवाई टिकट पनि कम्पनीले नै पठाइदिएको थियो ।’

फिलिपिन्स पुगेपछि भने राहदानी जफत गरिएको उनले बताए । ‘हामीलाई कल सेन्टरको काम भनिएको थियो । तर कल सेन्टरबाट मान्छेलाई फसाएर ठगी गर्ने कुरा पछि मात्रै थाहा पायौं । मोबाइल दिइएको थिएन । एक खालको कैदी नै बनाइदियो । आफ्नै कोठाको सहकर्मीसँग पनि बोल्न बन्देज थियो’, उनले भने, ‘हामीलाई गेट बाहिर जान रोक थियो । डिउटी सकिएपछि क्याम्पमा लगेर छोडिने गरेको थियो ।’

अर्का नेपाली युवाले काम छोड्न खोज्दा पनि नदिइएको बताए । ‘दैनिक १८ घन्टासम्म ग्राहक खोज्ने काममा लगाइन्थ्यो । यदि ग्राहक भेटिएन भने करार रद्द गर्ने धम्की दिन्थ्यो । तलब कटौती गरिदिन्थ्यो । तीन दिनसम्म बेड वा कुर्सी बिना कोठामा लगेर थुनेर राख्थ्यो । दैनिक एक कप चाउचाउ र सानो एक बोत्तल पानीको भरमा बस्नु पर्दथ्यो,’ उनले भने, ‘त्यस्तो कोठा निकै कालो थियो । जसलाई ‘मेडिटेसन रुम’ ध्यान गर्ने कोठा भनिन्थ्यो । त्यसपछि तिमी काम गर्न चाहन्छौ वा फर्कन चाहन्छौ भनेर सोधनी हुन्थ्यो । यदि फर्कन चाहन्छौ भन्यो भने उनीहरुले राखेर हाम्रो मन परिवर्तन गर्न खोज्थ्यो ।’

उनीहरुलाई अमेरिका, युरोप र क्यानडामा बस्नेहरुसँग ठगी गर्न ग्राहक खोज्न लगाइन्थ्यो । अपरिचित व्यक्तिसँग फर्जी ‘रोमान्टिक अनलाइन रिलेसन’ बनाउन तालिम दिइन्थ्यो । त्यसपछि क्रिप्टोकरेन्सी किन्न लगाउने र फर्जी बैंक खातामा रकम जम्मा गर्न लगाइन्थ्यो । उनीहरुसँग दुई सय भन्दा बढी इन्डोनेसियाका नागरिक पनि काम गर्थे । मनिलामा इन्डोनेसियाको दूतावास थियो । इन्डोनेसियाको दूतावासमा गोप्य उजुरी परेपछि इन्डोनेसियाका राजदूतले प्रहरीलाई खबर गरेको थियो ।

राष्ट्रिय प्रहरीको साइबर विरुद्धको अपराधको नेतृत्वमा गएको प्रहरीको टोलीले छापा मर्दा फिलिपिन्सकै ठूलो अनलाइन ठगी बाहिरएको हो । ठगी धन्दा चलाउने फिलिपिन्सका सांसद शेरविन गत्चालियनले सांसदमा फिलिपिन्स मनोरञ्जन तथा खेल निगम (पीएजीसीओआर) भ्रष्ट हुँदा फिलिपिन्स मानव तस्कर गर्ने र ठगी गर्ने ठाउँको रुपमा विकसित भइरहेको बताइन् ।

स्थानीय सञ्चारमाध्यममा न्याय विभागका सहायक सचिव मिको क्लभानोले १२ जनाविरुद्ध मानव तस्कर, अपहरण र अध्यागमन कानुनको उल्लंघन सम्बन्धी मुद्दा चलाइने बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
बादलको अभिव्यक्ति संसदीय रेकर्डबाट हटाइयो प्रधानमन्त्रीलाई संसदमा र्‍याप हान्न बोलाएको होइन, जवाफ दिन बोलाइएको हो: ज्ञानेन्द्र शाही बोल्न नदिएपछि हर्क साम्पाङले गरे संसद् बैठक बहिष्कार प्रधानमन्त्री अनुपस्थितिपछि संसद् अवरोध राष्ट्रिय सभाको बैठक स्थगित ट्याक्टर दुर्घटनामा किशोरको मृत्यु मन्त्रिपरिषद् बैठकका निर्णयहरू मोटरसाइकल दुर्घटना हुँदा एक युवकको मृत्यु सुनको मूल्य घट्यो, चाँदीको मूल्य बढ्यो नेपाल स्कटल्यान्डसँग २ रनले पराजित प्रतिनिधिसभाका सचिव हर्कराज राई पदमुक्त प्रतिनिधिसभा बैठक स्थगित हारेकाले फेरि जित्छन्, त्यसका लागि संकल्प आवश्यक छ: शंकर पोखरेल नेप्से परिसूचक ३९.४४ अंकले घट्यो नेपालले पायो २४४ रनको लक्ष्य अर्घाखाँचीमा बस दुर्घटना हुँदा २४ जना घाइते संसद भवन हजारौं सहीदको रगतको जगमा बनेको छ: प्रचण्ड धेरै सांसद नीतिगत भन्दा बजेटको विषयलाई लिएर भेट्न आउनु हुन्छ: अर्थमन्त्री वाग्ले प्रतिनिधिसभा बैठक बस्दै संसद्लाई सम्बोधन गर्दै प्रचण्ड