Skip to content
Saturday, July 18, 2026 समाचार, वैदेशिक रोजगार र समसामयिक जानकारी
२०८० असार ०२ गते, बिहान ८:४० बजे पत्रपत्रिकाबाट

एक महिना बाँकी रहँदा सरकारले गर्यो लक्ष्यको करिब ६० प्रतिशत मात्रै राजस्व सङ्कलन

By साझासवाल 3 मिनेट पढाइ

पढ्न करिब 1 मिनेट लाग्छ
प्रकाशित:

<p><b>असार २, काठमाडौँ | </b>चालु आर्थिक वर्ष २०७९/८० पूरा हुन एक महिना मात्र बाँकी रहँदा सरकारले लक्ष्यको करिब ६० प्रतिशत मात्रै राजस्व सङ्कलन गरेको छ । महालेखा नियन्त्रक&nbsp; कार्यालयका अनुसार&nbsp; जेठ&nbsp; मसान्त&nbsp; पूरा&nbsp; हुँदासम्म आठ खर्ब ३६ अर्ब ८५ करोड रुपैयाँ मात्रै राजस्व सङ्कलन गर्न सफल भएको छ ।<br></p><p>चालु आर्थिक वर्षको बजेट वक्तव्यमार्फत सरकारले सुरुमा १४ खर्ब तीन&nbsp; अर्ब&nbsp; १४&nbsp; करोड&nbsp; रुपैयाँ&nbsp; राजस्व सङ्कलनको&nbsp; लक्ष्य राखेको थियो । जेठसम्म सङ्कलित राजस्व सुरु लक्ष्यको ५९.६४ प्रतिशत मात्र हुन आउँछ । घट्दो&nbsp; आयात&nbsp; तथा&nbsp; आर्थिक&nbsp; गतिविधिका&nbsp; कारण चालु आर्थिक वर्षको सुरुदेखि नै सरकार राजस्व&nbsp; सङ्कलनको&nbsp; सङ्कुचनको&nbsp; अवस्थामा&nbsp; छ । जसका कारण अहिलेसम्म सरकारले दुई पटक सङ्कलनको लक्ष्य संशोधन गरिसकेको छ । आर्थिक गतिविधिमा उल्लेख्य सुधार नहुँदा पछिल्लो संशोधन पनि पूरा गर्न मुस्किल हुने विश्लेषण हुन थालेको छ । जेठसम्मको कुल राजस्व सङ्कलनमध्ये सात खर्ब ५९ अर्ब रुपैयाँ कर राजस्वको हिस्सा रहेको छ भने बाँकी ७७ अर्ब ८५ करोड रुपैयाँ गैरकर राजस्व रहेको छ । यो समाचार&nbsp;<b>गोरखापत्र दैनिक</b>मा छ ।</p>