2026-06-20 08:58 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

पत्रपत्रिकाबाट

गोङ्गबुमै जानुपर्ने व्यवस्थाले यात्रुलाई अप्ठ्यारो पर्छ : यातायात व्यवसायी

असार ४, काठमाडौँ | काठमाडौँ भित्रिने र बाहिरिने लामो तथा मध्यम दुरीका सवारीसाधन गोङ्गबु बसपार्कबाट मात्रै छुट्ने र रोकिने व्यवस्था व्यावहारिक नभएको भन्दै यातायात व्यवसायी, मजदुर तथा यात्रुले निर्णय पुनर्विचारको माग गरेका छन् । एक बसपार्क नीति अख्तियार गर्ने भन्दै गत वैशाख २९ गते महानगरपालिका प्रमुख बालेन साहको अध्यक्षतामा बसेको सरोकारवालाको बैठकले गरेको निर्णयमाथि पुनर्विचारको माग गरिएको छ ।

अरनिको यातायात सेवा प्रालिका पूर्वअध्यक्ष एवं महानगरको निर्णयविरुद्ध बनेको सङ्घर्ष समितिका संयोजक केदार क्षेत्रीले कोटेश्वरपूर्वका १२ जिल्लाका यात्रुसँगै साँखु, नाङ्लेभारे र भक्तपुरका यात्रुलाई प्रत्यक्ष असर पर्ने भएकाले निर्णय सच्याउन माग गरे। उनले उपत्यकामा दैनिक साना ठुला चार हजार यात्रुवाहक सवारी भित्रने तथा बाहिरिने भएकाले गोङ्गबु बसपार्कको क्षमता मुस्किलले ७५० वटा बस मात्र अटाउन सक्ने र त्यो क्षमताले नभ्याउने भएकाले महानगरको निर्णय व्यावहारिक नभएको स्पष्ट पारे । बस व्यवस्थापनको नाममा गोङ्गबुमै जानुपर्ने व्यवस्थाले व्यवसायीलाई फाइदा पुग्ने भए पनि यात्रुलाई अप्ठ्यारो पर्ने उनले दाबी गरे ।

उनले एउटा बसपार्कमा सबै यात्रुवाहक सवारीलाई थुपार्नुभन्दा पनि यात्रु ओराल्ने र उकाल्नेसँगै टिकटका लागि कोटेश्वर, चाबहिल र रत्नपार्क क्षेत्रबाट व्यवस्थापन गर्न उपयुक्त हुने सुझाव दिए। यो समाचार गोरखापत्र दैनिकमा छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक प्रतिनिधिसभा बैठक असार ११ गतेसम्मका लागि स्थगित मन्त्रिपरिषद् बैठक जारी रास्वपाको सचिवालय बैठक जारी चुनावमा धेरै खर्च भयो तर आईटीमा एक–दुई करोड पनि खर्च गर्न हामीलाई गाह्रो भयो: प्रचण्ड संसद संख्याले चल्ने होइन, विधिले चल्ने हो, नीतिले चल्ने हो: ज्ञानेन्द्र शाही हामी एक–एक घण्टामा सेयर बजारको सूचक माथि गयो कि तल आयो भनेर हेर्दैनौं: अर्थमन्त्री वाग्ले श्रम मात्रै एउटा त्यस्तो शक्ति हो, जसले सम्पदालाई सम्पत्तिमा रूपान्तरण गर्छ: हर्क साम्पाङ रास्वपाको केन्द्रीय समितिको अन्तिम बैठक बस्दै कसैले कसैको नसुन्ने ढुंगाहरुको देश हो कि मान्छेको अचम्म लागेको छ : हर्क साम्पाङ प्रधानमन्त्री बालेन्द्र शाहले बोलाए मन्त्रिपरिषद् बैठक प्रतिनिधिसभाको बैठक सुरू कक्षा १२ को नतिजा सार्वजनिक सुनचाँदीको मूल्य घट्यो प्रहरीलाई अब पोसाक खर्चबापत नगद दिइने राप्रपाको महाधिवेशन आगामी मंसिर २६-२८ गते सरकारले भ्रष्टाचार रोक्न शून्य सहनशीलताको नीति लिएको छ : गृहमन्त्री गुरुङ सङ्‍क्रमणकालीन न्यायका प्रक्रियालाई यथाशीघ्र टुङ्गोमा पुर्याउन सरकारले उच्च प्राथमिकता दिएको छ : कानूनमन्त्री गौतम परराष्ट्र मन्त्रालयलाई समयानुकूल थप सुदृढ र प्रभावकारी बनाउँदै लैजाने कार्यमा सरकार प्रतिबद्ध छ : परराष्ट्रमन्त्री खनाल गृह मन्त्रालय हरेक चेलीका लागि माइती हो भनी सोच्नुपर्छ : गृहमन्त्री गुरुङ