2026-09-19 06:26 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

पत्रपत्रिकाबाट

बैंकमा तरलता बढी भएपछि सरकारलाई सस्तोमा ऋण

असार ७, काठमाडौँ | बैंकिङ प्रणालीमा मुलुकको लगानीयोग्य पूँजी (तरलता) सहज भए पनि सो अनुसार कर्जाको माग नहुँदा सरकारका लागि आन्तरिक ऋणको ब्याज सस्तो भएको छ । बैंकहरूले कम ब्याजदरमै सरकारको अल्पकालीन तथा मध्यकालीन ऋणपत्रमा लगानी गर्न थालेपछि सरकारले उठाउने ऋणको ब्याज सस्तो भएको हो ।

सरकारले १ वर्षभन्दा कम अवधिको ऋण उठाउने औजार ट्रेजरी बिल्सको ब्याजदर चालू आर्थिक वर्ष (आव) कै न्यून विन्दुमा झरेको छ । मंगलवार नेपाल राष्ट्र बैंकले ३० अर्ब ८६ करोडको ट्रेजरी बिल्स विक्रीका लागि बोलकबोल आह्वान गरेकोमा बैंकहरूले चालू आवकै न्यून ब्याजदरमा खरीद गरेका छन् ।

मंगलवार राष्ट्र बैंकले २८ दिनको १० अर्ब, ९१ दिनको ९ अर्ब ५३ करोड, १८२ दिनको ६ अर्ब ३३ करोड र ३६४ दिन अवधिको ५ अर्ब रुपैयाँको ट्रेजरी बिल्सका लागि बोलकबोल आह्वान गरेको थियो । यो समाचार आर्थिक अभियान दैनिकमाम छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो भोटेकोशी बाढीमा मृतकको संख्या १,४१० पुग्यो, ५,१४५ बेपत्ता ९ लाख रुपैयाँ घुससहित नापी अधिकृत पक्राउ एलपी ग्यास प्रतिसिलिण्डर रु दुई हजार ६० मा बिक्री गर्न आग्रह गगन थापाको अपिल: एकताबद्ध भएर १५औँ महाधिवेशनमा सहभागी बनौँ नेप्से परिसूचक ११.९३ अंकले बढ्यो नेपालको राजनीतिक भविष्यको निर्णय गर्ने अधिकार केवल नेपाली जनतामा मात्र छ : आरेन राई