2026-06-20 08:59 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

पत्रपत्रिकाबाट

किसानलाई बाँड्नुपर्ने सहकारीको मल निजी पसलबाट विक्री वितरण

असार १७, काठमाडौँ | सहकारी मार्फत् किसानलाई बाँड्नुपर्ने रासायनिक मल किनेर बेच्ने निजी पसललाई २ लाख रुपैयाँ जरिवाना गराइएको छ।

जिल्ला प्रशासन कार्यालयले इलाम नगरपालिका–७, सुनभागा चोकको कृषि बिज भण्डारलाई सहकारीबाट विक्रीका लागि मल लिएको पुष्टि भएपछि जरिमाना गराएको हो।

भेषराज पराजुलीले सञ्चालन गरेको पसलमा केही दिनअघिको अनुगमनमा ३४ बोरा युरिया र १८ बोरा डिएपी मल भेटिएको थियो।

पसल सञ्चालकले झापाबाट मल ल्याएर बेच्न लागेको जबाफ दिए पनि उनीसँग त्यससम्बन्धी कुनै पनि बिल/बिजक नभएपछि छानबिन गरिएको थियो। सरकारले सहकारीमार्फत किसानलाई वितरण गर्न लागेको मल सहकारीबाट विक्रेताले लिएको छानबिनमा खुलेको हो।

तीन दिनभित्रमा कागजात बुझाउन दिइएको म्याद असार १७ मा सकिँदा पसलले मलको अधिकारिकताबारे कुनै प्रमाण दिन नसकेपछि सहकारीबाटै मल लिएको पुष्टि भएको सिडिओ श्रवणकुमार पोख्रेलले बताए। पसलमा भेटिएको ५२ बोरा मल प्रशासनले जफत गरी इलाम नगरपालिकालाई बुझाएको छ।

इलाम नगरपालिका–१, साखेजुङका किसानलाई सहुलियत दरमा विक्री गर्न स्थानीय सूर्य ज्योति कृषि सहकारीले नेपाल खाद्य संस्थानबाट मल लिएको थियो। स्थानीय प्रशासनले गरेको अनुगमनमा सहकारीले लिएको ३ सय ७० बोरा (प्रतिबोरा ५० किलो) युरिया र १ सय ५८ बोरा डिएपीमध्ये ३४ बोरा युरिया र १८ बोरा डिएपी मल पराजुलीको बिज भण्डारमा भेटिएको थियो।

अनुगमन टोलीले जिज्ञासा राख्दा सहकारीले केही दिन भण्डारणका लागि त्यहाँ राखिएको जबाफ दिएको थियो। तर, बिज भण्डारका पसलेले भने प्रशासनलाई आफूले यो मल झापाबाट ल्याएर बेच्नलाई राखेको बताएपछि सहकारीको मल निजी पसलमा विक्रीका लागि राखेको आशंका गरिएको थियो।

सहकारीका व्यवस्थापक अमर खत्रीले खाद्य संस्थानबाट सबै मल उठाइसक्नुपर्ने भएकाले आफूहरूले इलाम बजारमा केही मल भण्डारण गरेको र धेरैजसो चाहिँ सहकारीमा पुर्‍याएको दाबी गरेका थिए। तर, अनुगमन टोलीले निजी पसलमा भेट्टाएको ५२ बोरा मल सहकारीले कति भाडामा कति दिन राखेको भन्नेजस्ता प्रश्नमा चाहिँ उनी अन्कनाए।

सहकारीले संस्थानबाट प्रतिबोरा ९ सय ९ रुपैयाँमा लिएको युरिया १ हजार ४५ र २ हजार ३ सय ५९ रुपैयाँमा किनेको डिएपी मल २ हजार ४ सय ९५ रुपैयाँमा विक्री गर्ने जनाएको छ।

मल जफत गरिएको पसलमा अवैध रूपमा आयातित थप २ बोरा भारतीय मलसमेत भेटिएको छ। सिडिओ पोख्रेलले अहिले ५२ बोरा मलको हकमा मात्रै प्रशासनले जरिमाना गराएको बताए।

‘पसलले गरेको मलको थप कारोबार र अनुदानको मल सहकारीबाट कसरी निजी पसलसम्म मल पुग्यो भन्नेबारे छानबिन हुनेछ,’ उनले भने, ‘छानबिनपछि कारबाहीको प्रक्रिया अघि बढ्छ।’ सहायक सिडिओ ध्रुव कोइरालाले कृषि बिज भण्डारलाई ७ दिनभित्र जरिमाना बुझाउन निर्देशन दिइएको जानकारी दिए।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक प्रतिनिधिसभा बैठक असार ११ गतेसम्मका लागि स्थगित मन्त्रिपरिषद् बैठक जारी रास्वपाको सचिवालय बैठक जारी चुनावमा धेरै खर्च भयो तर आईटीमा एक–दुई करोड पनि खर्च गर्न हामीलाई गाह्रो भयो: प्रचण्ड संसद संख्याले चल्ने होइन, विधिले चल्ने हो, नीतिले चल्ने हो: ज्ञानेन्द्र शाही हामी एक–एक घण्टामा सेयर बजारको सूचक माथि गयो कि तल आयो भनेर हेर्दैनौं: अर्थमन्त्री वाग्ले श्रम मात्रै एउटा त्यस्तो शक्ति हो, जसले सम्पदालाई सम्पत्तिमा रूपान्तरण गर्छ: हर्क साम्पाङ रास्वपाको केन्द्रीय समितिको अन्तिम बैठक बस्दै कसैले कसैको नसुन्ने ढुंगाहरुको देश हो कि मान्छेको अचम्म लागेको छ : हर्क साम्पाङ प्रधानमन्त्री बालेन्द्र शाहले बोलाए मन्त्रिपरिषद् बैठक प्रतिनिधिसभाको बैठक सुरू कक्षा १२ को नतिजा सार्वजनिक सुनचाँदीको मूल्य घट्यो प्रहरीलाई अब पोसाक खर्चबापत नगद दिइने राप्रपाको महाधिवेशन आगामी मंसिर २६-२८ गते सरकारले भ्रष्टाचार रोक्न शून्य सहनशीलताको नीति लिएको छ : गृहमन्त्री गुरुङ सङ्‍क्रमणकालीन न्यायका प्रक्रियालाई यथाशीघ्र टुङ्गोमा पुर्याउन सरकारले उच्च प्राथमिकता दिएको छ : कानूनमन्त्री गौतम परराष्ट्र मन्त्रालयलाई समयानुकूल थप सुदृढ र प्रभावकारी बनाउँदै लैजाने कार्यमा सरकार प्रतिबद्ध छ : परराष्ट्रमन्त्री खनाल गृह मन्त्रालय हरेक चेलीका लागि माइती हो भनी सोच्नुपर्छ : गृहमन्त्री गुरुङ