2026-09-19 05:20 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

पत्रपत्रिकाबाट

किन रोकियो ललितपुरको चक्रपथस्थित निर्माण थालिएको ‘फ्लाइओभर’ को काम ?

असार १९, काठमाडौं | आवश्यक अध्ययन र तयारीबिना ललितपुरको चक्रपथस्थित ग्वार्को चोकमा निर्माण थालिएको फ्लाइओभर (ग्रेट सेप्रेटेड इन्टरसेक्सन) को काम रोकिएको छ। निर्माणका लागि तयार गरिएको अध्ययन प्रतिवेदन तथा डिजाइन गलत भएपछि फ्लाइओभर निर्माण रोकिएको हो।

निर्माणस्थलमा चक्रपथको कालोपत्रे उप्काइएको छ भने सडकबिचमा राखिएको विभाजक ‘डिभाइडर’ हटाइएको छ। यसैकारण पाँच महिनादेखि सो क्षेत्रमा ट्राफिक व्यवस्थापनमा समस्या आउएको छ तर अहिले त निर्माण रोकिएको छ। गत माघ २८ गतेदेखि सो फ्लाइओभर निर्माण सुरु गरिएको थियो।

सडक विभागका महानिर्देशक सुशीलबाबु ढकालले फ्लाइओभर निर्माणक्रममा देखिएको प्राविधिक समस्याका कारण तत्कालका लागि काम रोकिएको बताए । उनले भने, “प्राविधिक समस्या पहिचान र निराकरण नगरी निर्माण अगाडि बढाउन सकिँदैन। भारतबाट प्राविधिक बोलाएर समस्या पहिचान र निराकरण प्रयास भइरहेको छ।”

उनका अनुसार यसअघि निर्माण कम्पनीले तयार गरेको अध्ययन प्रतिवेदन र डिजाइनमा समस्या देखिएको हो। इन्जिनियरिङ प्रोक्युरमेन्ट कन्स्ट्रक्सन (इपिसी) मोडलमा सो फ्लाइओभर निर्माण सुरु गरिएको थियो। यस मोडेलअनुसार निर्माण कम्पनीले नै आयोजनाको ‘सर्वे, डिजाइन र कमिसनिङ’ गर्नुपर्ने हुन्छ। 

महानिर्देशक ढकालले समस्या पहिचान तथा समाधान गर्न सडक विभागको प्राविधिक टोलीले पनि काम गरिरहेको छ। अहिले फ्लाइओभरको भौतिक काम रोकिए पनि सोसम्बन्धी अन्य काम भइरहेको उनको भनाइ छ। यो समाचार गोरखापत्र दैनिकमा छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो भोटेकोशी बाढीमा मृतकको संख्या १,४१० पुग्यो, ५,१४५ बेपत्ता ९ लाख रुपैयाँ घुससहित नापी अधिकृत पक्राउ एलपी ग्यास प्रतिसिलिण्डर रु दुई हजार ६० मा बिक्री गर्न आग्रह गगन थापाको अपिल: एकताबद्ध भएर १५औँ महाधिवेशनमा सहभागी बनौँ नेप्से परिसूचक ११.९३ अंकले बढ्यो नेपालको राजनीतिक भविष्यको निर्णय गर्ने अधिकार केवल नेपाली जनतामा मात्र छ : आरेन राई