2026-09-19 12:56 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

पत्रपत्रिकाबाट

जनमत पार्टीबाट मन्त्रीको लागि अनितादेवी साहको नाम सिफारिस

असार २७, काठमाडौं | जनमत पार्टीले सरकारमा जानका लागि मन्त्रीको नाम सिफारिस गरेको छ । पार्टीका तर्फबाट अनितादेवी साहको नाम प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई बुझाएको जनमत पार्टी स्रोतले जनाएको छ । साह जनमत पार्टीको कर्यकारिणी सदस्य एंव सांसद हुन् ।

प्रधानमन्त्री प्रचण्ड जनमत पार्टीलाई सरकारमा सहभागी गराउन आन्तरिक गृहकार्यमा जुटेका थिए । प्रधानमन्त्री प्रचण्डले यस विषयमा जनमत पार्टीका अध्यक्ष डा। राउतसँग पटकपटक छलफल गर्दै आएका थिए । पछिल्लो समय सोमबार प्रधानमन्त्री प्रचण्ड र राउतका बीचमा सरकारमा सहभागी हुने’मा छलफल भएको जनमत पार्टी महासचिव चन्दन सिंहले बताए ।

यसअघि प्रधानमन्त्रीका प्रमुख राजनीतिक सल्लाहकार हरिबोल गजुरेलले जनमत पार्टीलाई सरकारमा ल्याउने तयारी भइरहेको पुष्टि गरेका थिए । त्यस्तै, यसअघि जनमत पार्टीका उपाध्यक्ष अब्दुल खान खानेपानीमन्त्री थिए ।

जनमत पार्टीले विकास तथा पूर्वाधारसँग सम्बन्धित मन्त्रालय पाउनुपर्ने दाबी गर्दै आएको छ । प्रधानमन्त्री प्रचण्डले जनमतलाई कुन मन्त्रालय दिने भन्ने निर्णय गर्नसकेका छैनन् । उनी आफूनिकटका नेताहरूसँग उनी आन्तरिक छलफलमा छन् । प्रधानमन्त्री सचिवालयका अनुसार जनमत पार्टीलाई सरकारमा ल्याउने’दयगत छलफल भइरहेको थियो ।

तर, कुन मन्त्रालय दिने भन्ने’दयगत निर्णय हुन सकिरहेको थिएन । जनमतले उद्योग, भौतिक पूर्वाधार, सहरीजस्ता मन्त्रालय पाउनुपर्ने दाबी गर्दै आएको छ । विकासे मन्त्रालय नपाएको अवस्थामा एक राज्यमन्त्रीसहित अन्य मन्त्रालय पाउनुपर्ने सर्त जनमतका अध्यक्ष राउतले अघि सारेका छन् ।

प्रधानमन्त्री प्रचण्डले संघीय मामिला तथा सामान्य प्रशासन वा संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय दिन खोजेको स्रोतको दाबी छ । यो समाचार राजधानी दैनिकबाट

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो भोटेकोशी बाढीमा मृतकको संख्या १,४१० पुग्यो, ५,१४५ बेपत्ता ९ लाख रुपैयाँ घुससहित नापी अधिकृत पक्राउ एलपी ग्यास प्रतिसिलिण्डर रु दुई हजार ६० मा बिक्री गर्न आग्रह गगन थापाको अपिल: एकताबद्ध भएर १५औँ महाधिवेशनमा सहभागी बनौँ नेप्से परिसूचक ११.९३ अंकले बढ्यो नेपालको राजनीतिक भविष्यको निर्णय गर्ने अधिकार केवल नेपाली जनतामा मात्र छ : आरेन राई