२०८३, २६ बैशाख शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

पत्रपत्रिकाबाट

काठमाडौं महानगरले यी सडकलाई बनाइँदैछ एकतर्फी !

२०८०, २९ असार शुक्रबार ०३:००

असार २९, काठमाडौं | काठमाडौँ महानगरपालिकाले आफ्नो मातहतका केही सडकलाई एकतर्फी सञ्चालन गर्ने भएको छ । सवारीसाधनको आवागमन धेरै हुने तथा दुवैतर्फबाट सवारीसाधन आवतजावत हुँदा ट्राफिक व्यवस्थापनमा समस्या हुने भएकाले केही सडकलाई एकतर्फी रूपमा सञ्चालन गर्न लागिएको महानगरले जनाएको छ ।

महानगरको ट्राफिक व्यवस्थापन सल्लाहकार जगतमान श्रेष्ठले काठमाडौँ महानगरपालिकाभित्रको ट्राफिक व्यवस्थापनलाई थप चुस्तदुरुस्त बनाउने कार्ययोजना अन्तर्गत दरबारमार्गको महेन्द्र सालिक क्षेत्र, कृष्ण पाउरोटी क्षेत्र, घण्टाघर क्षेत्र, कमलादी क्षेत्र, जमल क्षेत्र, केशरमहल क्षेत्र, मैतीदेवी क्षेत्रको सडकलाई एकतर्फी सञ्चालन गर्न लागिएको जानकारी दिए । उनका अनुसार साउनदेखि ती क्षेत्रका सडकलाई एकतर्फी मात्र सञ्चालन गरिने छ ।

त्यसै गरी महानगरभित्रका शैक्षिक संस्थाअगाडि अनिवार्य रूपमा जेब्रा क्रसिङ, ट्राफिक लाइटलगायतका सडक सुरक्षासँग सम्बन्धित चिह्नको निर्माण तथा व्यवस्थापनको क्षेत्रमा समेत योजनाबद्ध रूपमा काम भइरहेको उनले जानकारी दिए । उनका अनुसार महानगरपालिकाभित्र सञ्चालन हुने बसलगायत यातायातका साधन रोकिने ठाउँ निर्धारण तथा ट्याक्सी स्ट्यान्ड निर्माणका लागि अन्तिम चरणको अध्ययन भइरहेको छ । उनले ट्राफिक प्रहरीको समन्वयमा सडक सुधार तथा ट्राफिक व्यवस्थापनका यी काम गर्न लागिएको उल्लेख गरे। यो समाचार गोरखापत्र दैनिकमा छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
काठमाडौँसहित देशका केही स्थानमा वर्षा कानून दोषीका लागि भय र निर्दोषका लागि आशा हुनुपर्छ : राष्ट्रपति पौडेल हामीले सचेत गराउन छाड्यौं भने लोकतन्त्रको आत्मा मर्छ: गगन थापा बस र टिपर एकापसमा ठोक्किँदा १० जना घाइते सुकुमबासी बस्तीमा दमन भएको भन्दै माइतीघरमा विरोध प्रदर्शन काठमाडौँबाट वीरगञ्जका लागि छुटेको एक रात्री बस दुर्घटना युवा तथा कामदार जनशक्तिलाई स्वदेशमै इच्छाइएको रोजगारी प्रदान गर्न देशमा चुनौतीहरू छन्: राष्ट्रपति पौडेल स्रोत नखुलेको मुद्रासहित दुई जनालाई पक्राउ समानुपातिक निर्वाचनमा दलहरुको खर्च सार्वजनिक सरकार नाजीवादको घोडामा चढेर हिंडिरहेको छ: सुदन किराँती शिक्षामन्त्री पोखरेल र अष्ट्रेलियाली राजदूतबीच भेटवार्ता टिपरले मोटरसाइकलाई ठक्कर दिँदा एक जनाको मृत्यु ९ दिनदेखि हराइरहेकी महिला मृत फेला प्रधान न्यायाधीशमा सिफारिस भएका डा. शर्माको संसदीय सुनुवाइ आजैबाट थालिने नेप्से परिसूचक २७.४९ अंकले बढ्यो लागुऔषधसहित १३ जना पक्राउ विदेशस्थित १५ अवैतनिक दूत पदमुक्त गर्ने सरकारको निर्णय समयको गतिसँगै पार्टीको कार्यशैली र पद्धतिमा व्यापक सुधार गर्नुपर्छ: देवराज चालिसे राष्ट्रपतिले सोमबार संसद्को संयुक्त बैठकमा सम्बोधन गर्ने नदीजन्य तथा खानीजन्य पदार्थको उत्खननलाई स्वीकृत मापदण्डबमोजिम गराउन प्रधानमन्त्री कार्यालयको निर्देशन