2026-09-19 12:57 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

पत्रपत्रिकाबाट

कोरिया रोजगार: ‘सिप बिल्डिङ’ क्षेत्रको परीक्षा कात्तिकमा हुने

असार ३१, काठमाडौं । रोजगार अनुमति प्रणाली (ईपीएस) अन्तर्गतको नयाँ क्षेत्र पानीजहाज निर्माण (सिप बिल्डिङ) का लागि कोरिया जान चाहने नेपाली युवा छनोट गर्न आगामी कात्तिकमा भाषा परीक्षा हुने भएको छ ।

कोरियाको मानव संशाधन बोर्डले छनोट परीक्षाको सम्भावित मितिबारे नेपाललाई जानकरी दिएको छ । वैदेशिक रोजगार विभाग ईपीएस शाखाका निर्देशक पुष्पराज कटुवालले तत्काललाई कृषि तथा पशुपालन र उत्पादनमूलक क्षेत्रमा नेपाली युवाका लागि परीक्षा नगर्ने र त्यसको सट्टा सिप बिल्डिङ क्षेत्रको परीक्षा गर्ने कोरियाको योजना रहेको बताए । 

“कृषि क्षेत्रमा ८ हजारभन्दा बढी युवालाई छनोट गरेर रोष्टर तयार हुने भएकाले अब दुई वर्ष कृषि तथा पशुपालन क्षेत्रमा परीक्षा हुने छैन, उनले कारोबारसँग भने, ‘यसैगरी उत्पादनमूलक क्षेत्रमा पनि हाल ८ हजार युवा रोष्टरमा रहेका कारण आगामी सेप्टेम्बर तथा नोभेम्बरमा हुने माग संख्याका आधारमा पुस र माघमा मात्र परीक्षा गर्न सकिने छ। तर भनेजस्तो माग नभए यो मितिमा समेत परीक्षा हुनेछैन।’

पछिल्लो समय कोरियामा विदेशी श्रमिकको माग घटेका कारण नेपालबाट जाने युवाको प्रवेश दर पनि घट्दै गएको छ । 

कोरियामा कार्यरत नेपालीले छिटोछिटो कार्यस्थल परिवर्तन गर्ने गरेका कारण पनि त्यहाँ रोजगारदाताले नेपालीको माग संख्या घटाउँदै लगेका हुन्। कोरियाले कार्यस्थल परिवर्तन गर्ने नियमलाई कडाइ गर्न रोजगारदाताको मागअनुसार कानुनमा समेत परिमार्जन गर्ने तयारी सुरु गरेको कोरियामा रहेको प्रवासी श्रमिक युनियनका अध्यक्ष उदय राईले बताए।

कोरियाले नेपालबाट उत्पादनमूलक क्षेत्रमा हाल मासिक २ हजारको हाराहारीमा श्रमिक माग गर्दै आएको छ । कोरियाले सोहीअनुसारको माग निरन्तर गरेमात्र पुस र माघमा उत्पादनमूलक क्षेत्रको परीक्षा हुने देखिएको छ। 

कोरियाले ३/३ महिनामा विदेशी श्रमिकको माग कोटा निर्धारण गर्ने भएकाले हरेक ३ महिनामा ३ हजारदेखि ३५ सय नेपाली युवाको माग भएमात्र उत्पादनमूलक क्षेत्रको परीक्षा आगामी ६ महिनाभित्र हुनेछ। 

ईपीएस शाखाले कृषि क्षेत्रको छनोट भाषा परीक्षा भने सन् २०२४ मा नगर्ने जनाएको छ। पछिल्लो समय रोष्टरमा रहेका युवाको समेत माग नआएपछि शाखाले रोष्टरमा रहेका ८० प्रतिशत युवा कोरिया प्रवेश नगरेसम्म अर्को भाषा परीक्षा नगर्ने नीति लिएको छ । 

– यो समाचार कारोबार दैनिकमा छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो भोटेकोशी बाढीमा मृतकको संख्या १,४१० पुग्यो, ५,१४५ बेपत्ता ९ लाख रुपैयाँ घुससहित नापी अधिकृत पक्राउ एलपी ग्यास प्रतिसिलिण्डर रु दुई हजार ६० मा बिक्री गर्न आग्रह गगन थापाको अपिल: एकताबद्ध भएर १५औँ महाधिवेशनमा सहभागी बनौँ नेप्से परिसूचक ११.९३ अंकले बढ्यो नेपालको राजनीतिक भविष्यको निर्णय गर्ने अधिकार केवल नेपाली जनतामा मात्र छ : आरेन राई