2026-09-19 12:52 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

पत्रपत्रिकाबाट

रुसी निजी सेना वाग्नर समूहमा नेपाली युवाहरु भर्ती

साउन १, काठमाडौँ | भारतले गोर्खा भर्तीमा रोक लगाएको झोकमा नेपाली युवा रुसी निजी सेना वाग्नर समूहमा भर्ती भएको बेलायतबाट प्रकाशित द टेलिग्राफ पत्रिकाले लेखेको छ । वाग्नर समूहमा भर्ना भएका नेपालीले बेलारूस र रुसका विभिन्न सैन्य क्याम्पमा भइरहेका तालिममा सहभागिता जनाएको सैन्य मेसमा खाना खाइरहेको, युक्रेनमा युद्ध गर्दाताका आइपर्ने खतराहरूबारे छलफल गरिरहेको भिडियोमा देख्न सकिने समाचारमा जनाइएको छ ।

नेपालीहरू युक्रेनविरुद्ध लड्न गएको घटनाले नेपाल सरकारलाई अप्ठेरोसमेत परेको पत्रिकाको दाबी छ । वाग्नर समूहमा भर्ती हुनका लागि २२ वर्षीय कमल आचार्य गत अप्रिलमा नेपालको चिसापानी गाउँबाट मस्को पुगेका थिए । उनले खिचेको एउटा तस्बिरमा रुसी सेनाले प्रयोग गर्ने राइफल बोकेको देखिन्छ । यस्तै आचार्यका एकजना साथी उमेश शाहीले रुसले युक्रेनविरुद्ध भिड्न राम्रो तलब दिइरहेका कारण वाग्नरमा भर्ती भएको बताएका छन् । उनले लडाइँमा जानु खतरा भए पनि पैसाले लोभ्याएको बताएका छन् । रुसका विभिन्न विश्वविद्यालयमा अध्ययन गरिरहेका नेपाली युवा (गोर्खा) हरूसमेत रुसी सेनामा भर्ती भएको पत्रिकाको दाबी छ । यो समाचार नागरिक दैनिकबाट।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो भोटेकोशी बाढीमा मृतकको संख्या १,४१० पुग्यो, ५,१४५ बेपत्ता ९ लाख रुपैयाँ घुससहित नापी अधिकृत पक्राउ एलपी ग्यास प्रतिसिलिण्डर रु दुई हजार ६० मा बिक्री गर्न आग्रह गगन थापाको अपिल: एकताबद्ध भएर १५औँ महाधिवेशनमा सहभागी बनौँ नेप्से परिसूचक ११.९३ अंकले बढ्यो नेपालको राजनीतिक भविष्यको निर्णय गर्ने अधिकार केवल नेपाली जनतामा मात्र छ : आरेन राई