2026-09-19 04:16 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

पत्रपत्रिकाबाट

एकीकृत पार्टीको नाम नेपाल कम्युनिस्ट पार्टी (समाजवादी) राख्न प्रस्ताव

साउन ८, काठमाडौँ | डा. बाबुराम भट्टराईले नेतृत्व गरेको नेपाल समाजवादी पार्टी (नेसपा) ले नेकपा माओवादी केन्द्रसँग पार्टी एकीकरण गर्न लिखित प्रस्ताव गर्दै एकीकृत पार्टीको नाम नेपाल कम्युनिस्ट पार्टी (समाजवादी) राख्न प्रस्ताव गरेको छ । नेसपाका अध्यक्ष महिन्द्र राय यादवका अनुसार गत जेठमै माओवादी केन्द्रसमक्ष यस्तो प्रस्ताव पठाइएका हो । 

‘माओवादी केन्द्रसँग पार्टी एकीकरण गर्न हामीले जेठमै लिखित प्रस्ताव पठाएका छौं,’ उनले भने, ‘हामीले औपचारिक रूपमा एकीकृत पार्टीको नाम नेकपा ( समाजवादी) राख्न प्रस्ताव गरेका हौं ।’ माओवादी केन्द्र र नेसपाबीच एकीकरण भए एकीकृत पार्टीको चुनाव चिह्न परिवर्तन गर्नुपर्ने तर झन्डा भने माओवादी केन्द्रकै कायम राख्नुपर्ने सुझाव नेपाले दिएको यादवले बताए । 

‘एकीकरणपछि अहिलेको चुनाव चिह्न फेरौं तर भन्डा भने कायम राखौं भन्ने हाम्रो प्रस्ताव छ,’ उनले भने । नेसपाले माओवादी केन्द्रलाई पठाएको लिखित प्रस्तावका विषयमा माओवादी केन्द्रबाट अहिलेसम्म कुनै जवाफ नआएको उनको भनाइ छ । आजको नागरिक दैनिकमा समाचार छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो भोटेकोशी बाढीमा मृतकको संख्या १,४१० पुग्यो, ५,१४५ बेपत्ता ९ लाख रुपैयाँ घुससहित नापी अधिकृत पक्राउ एलपी ग्यास प्रतिसिलिण्डर रु दुई हजार ६० मा बिक्री गर्न आग्रह गगन थापाको अपिल: एकताबद्ध भएर १५औँ महाधिवेशनमा सहभागी बनौँ नेप्से परिसूचक ११.९३ अंकले बढ्यो नेपालको राजनीतिक भविष्यको निर्णय गर्ने अधिकार केवल नेपाली जनतामा मात्र छ : आरेन राई