2026-09-19 04:16 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

पत्रपत्रिकाबाट

सुन बरामद प्रकरण: मामा-भाञ्जामा अड्कियो अनुसन्धान

साउन ९, काठमाडौं | राजस्व अनुसन्धान विभागले सय किलो सुन पक्राउ गरेपछि सुन तस्करीको गिरोह उच्च तहसम्ममा नै रहेको आँकलन हुँदै आए पनि हालसम्म सामान्य व्यक्ति, भरिया र केही कर्मचारीबाहेक अन्य व्यक्तिहरू पक्राउ पर्न सकेका छैनन् ।

नेपालमा तस्करीको सुन बरामद परिमाण यो नै अहिलेसम्मकै उच्च भए पनि राजस्व अनुसन्धान विभागले यस प्रकरणमा संलग्न उच्च गिरोहको जराजरा खोतल्न सकेको छैन । रेडी ट्रेड प्रालिको नामबाट कम्पनी खडा गर्न लगाएर सुन तस्करीको चाँजापाँजो मिलाउने ‘मुख्य डिजाइनर ’को बारेमा राजस्व अनुसन्धान विभागका अधिकारीहरूले कुनै भेउ पाउन सकेका छैनन् ।

विभागका अनुसन्धान अधिकृतको निशाना रेडी ट्रेड सञ्चालन गर्ने दोलखाका २१ वर्षीय दिलिप भुजेल र उनका मामा रामकुमार भुजेल बनेका छन् । यो काण्डमा सबैभन्दा पहिला रेडी ट्रेड सञ्चालन गर्ने दिलिप पक्राउ परेका थिए ।

पहिला मजदुर व्यवसाय सञ्चालन गर्ने दिलिपको नागरिकता प्रयोग गरेर तस्करी गर्ने गिरोहले रेडी ट्रेड सञ्चालनको चाँजोपाजो मिलाउँदै आएको देखिए पनि त्यो गिरोह को हो भन्ने बारेमा राजस्व अनुसन्धान विभागका अधिकारीहरूको छानबिन पुग्न सकेको छैन ।

दिलिप पक्राउ गरेर बयान लिँदा दिलिपले आफ्नो मामा रामकुमार भुजेलले नागरिकता मागेको र आफूले दिएपछि सोही आधारमा कम्पनी खोलिएको आफूले पछि मात्रै थाहा पाएको बताएका थिए । दिलिपको सो बयानका आधारमा मामा रामकुमार पनि पक्राउ परेका थिए । भाञ्जालाई मामाले परिचालन गरे पनि मामालाई परिचालन गर्ने गिरोहको जालो माथिसम्म नै रहेको अनुमान गरिए पनि सो कुरा खुल्न सकेको छैन ।

राजस्व अनुसन्धान विभागका एक अधिकृतका अनुसार भाञ्जा हुँदै अनुसन्धान मामासमक्ष पुगेको भए पनि भित्रको जरा पत्ता लाग्न सकेको छैन । यो समाचार नेपाल समाचारपत्र दैनिकबाट

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो भोटेकोशी बाढीमा मृतकको संख्या १,४१० पुग्यो, ५,१४५ बेपत्ता ९ लाख रुपैयाँ घुससहित नापी अधिकृत पक्राउ एलपी ग्यास प्रतिसिलिण्डर रु दुई हजार ६० मा बिक्री गर्न आग्रह गगन थापाको अपिल: एकताबद्ध भएर १५औँ महाधिवेशनमा सहभागी बनौँ नेप्से परिसूचक ११.९३ अंकले बढ्यो नेपालको राजनीतिक भविष्यको निर्णय गर्ने अधिकार केवल नेपाली जनतामा मात्र छ : आरेन राई