2026-09-19 04:16 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

पत्रपत्रिकाबाट

कोशी प्रदेशमा सरकार गठनका यस्ता छन् विकल्प

साउन १३, काठमाडौँ | कोशी प्रदेशमा बहुमतको सरकार गठनका लागि विभिन्न विकल्पहरू रहेका छन् पहिलो विकल्पका रूपमा सभामुखलाई राजीनामा गर्न लगाएर कांग्रेस नेतृत्वको गठबन्धनले मुख्यमन्त्री दाबी गर्न सक्छ । 

दोस्रो विकल्प कांग्रेस गठबन्धनले नै राप्रपालाई विश्वासमा लिएर सरकार बनाउन सक्छ । तेस्रो विकल्प एमाले-राप्रपा गठबन्धनले कांग्रेस नेतृत्वको गठबन्धनमा रहेको नेकपा एस वा जसपालाई आफ्नो पक्षमा पारेर सरकार गठन हुन सक्छ ।

चौथो विकल्प नेकपा एस वा जसपाको नेतृत्वमा एमाले र राप्रपासहितको सरकार गठन हुन सक्छ । त्यस्तै पाँचौँ विकल्पमा एमालेबाट राप्रपालाई अलग गराउन कांग्रेस गठबन्धनले राप्रपाकै नेतृत्वमा सरकार गठन गर्न सक्छ । छैटौँ विकल्पमा एमालेको समर्थनमा सत्ता गठबन्धनमा रहेका कांग्रेस वा माओवादी केन्द्रको नेतृत्वमा सरकार बन्न सक्छ ।

धारा १६८ को उपधारा (२) अनुसार सरकार गठन हुन नसके १६८ को उपधारा ३ अनुसार प्रदेशसभाको सबैभन्दा ठुलो दलको हैसियतमा सरकार गठन सातौँ विकल्प हुनेछ । प्रदेशसभाको ठुलो दलको हैसियतमा कार्की मुख्यमन्त्री बने उनले एक महिनाभित्र १६८ को ४ अनुसार विश्वासको मत लिनुपर्छ । विश्वासको मत पाउन नसके प्रदेश प्रमुखले १६८ को ५ अनुसार सरकार गठनका लागि आह्वान गर्नेछन्, जुन आठौँ तथा अन्तिम विकल्प हो । यो समाचार नागरिक दैनिकबाट।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो भोटेकोशी बाढीमा मृतकको संख्या १,४१० पुग्यो, ५,१४५ बेपत्ता ९ लाख रुपैयाँ घुससहित नापी अधिकृत पक्राउ एलपी ग्यास प्रतिसिलिण्डर रु दुई हजार ६० मा बिक्री गर्न आग्रह गगन थापाको अपिल: एकताबद्ध भएर १५औँ महाधिवेशनमा सहभागी बनौँ नेप्से परिसूचक ११.९३ अंकले बढ्यो नेपालको राजनीतिक भविष्यको निर्णय गर्ने अधिकार केवल नेपाली जनतामा मात्र छ : आरेन राई