2026-06-20 05:52 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

पत्रपत्रिकाबाट

नेपाल २०२६ पछि विकासशील राष्ट्र बन्दै, विकासशील राष्ट्र बनेपछि के हुन्छ ?

साउन १४, काठमाडौं । तीन वर्षपछि अति कम विकसित मुलुकबाट नेपाल ‘विकासशील’ मा फड्को मार्दै छ। संयुक्त राष्ट्रसंघको महासभाले सन् २०२६ बाट नेपाल स्तरोन्नति हुने निर्णय गरिसकेको छ। विकासशीलमा फड्को मारेपछि नेपालले अति कम विकसित मुलुकका नाममा पाउँदै आएका सुविधा गुमाउनेछ। यसको प्रत्यक्ष असर निर्यातमा पर्ने सरोकारवालाहरू बताउँछन् । 

अतिकम विकसित मुलुकबाट विकासशील राष्ट्रमा स्तरोन्नति भएपछि नेपालको निर्यात ४ प्रतिशतसम्मले घट्ने देखिएको छ । अन्तर्राष्ट्रिय व्यापारबारे चासो राख्ने संस्थाको अनुमानअनुसार सन् २०२६ को प्रक्ष्येपित १ खर्ब ८२ अर्ब रुपैयाँ बराबरको निर्यातमा ४ प्रतिशत अर्थात् ८ अर्बसम्मको गिरावट आउनेछ ।

त्रिविवि अर्थशास्त्र विभागका प्रमुख डा. शिव अधिकारीले भने विकासशील राष्ट्रमा स्तरोन्नति भएपछि ‘देशको कमजोर मानसिकता’ हट्ने बताउँछन्। ‘घाटाको हिसाब होइन, नाफाको हिसाब गर्नुपर्छ,’ अधिकारी भन्छन्, ‘नीति नियम पनि फरक ढंगले बनाउनुपर्छ। कति कमजोर भएर बस्ने ? कति माग्ने मात्रै ?’ 

अतिकम विकसित मुलुकबाट स्तरोन्नति हुन आवश्यक ३ मध्ये २ मापदण्ड पूरा गरेपछि नेपाल विकासशील मुलुक हुन योग्य भएको थियो । संयुक्त राष्ट्रसंघको विकास नीतिसम्बन्धी समितिले स्तरोन्नति हुन सिफारिस गरेअनुसार राष्ट्रसंघको महासभाले नेपाल सन् २०२६ मा ‘ग्र्याजुयट’ हुने निर्णय गरेको थियो । सो वर्ष नेपालसँगै बंगलादेश र लाओस पनि विकासशील राष्ट्र बन्दै छन् । 

- यो समाचार अन्नपूर्ण पोस्टमा छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक प्रतिनिधिसभा बैठक असार ११ गतेसम्मका लागि स्थगित मन्त्रिपरिषद् बैठक जारी रास्वपाको सचिवालय बैठक जारी चुनावमा धेरै खर्च भयो तर आईटीमा एक–दुई करोड पनि खर्च गर्न हामीलाई गाह्रो भयो: प्रचण्ड संसद संख्याले चल्ने होइन, विधिले चल्ने हो, नीतिले चल्ने हो: ज्ञानेन्द्र शाही हामी एक–एक घण्टामा सेयर बजारको सूचक माथि गयो कि तल आयो भनेर हेर्दैनौं: अर्थमन्त्री वाग्ले श्रम मात्रै एउटा त्यस्तो शक्ति हो, जसले सम्पदालाई सम्पत्तिमा रूपान्तरण गर्छ: हर्क साम्पाङ रास्वपाको केन्द्रीय समितिको अन्तिम बैठक बस्दै कसैले कसैको नसुन्ने ढुंगाहरुको देश हो कि मान्छेको अचम्म लागेको छ : हर्क साम्पाङ प्रधानमन्त्री बालेन्द्र शाहले बोलाए मन्त्रिपरिषद् बैठक प्रतिनिधिसभाको बैठक सुरू कक्षा १२ को नतिजा सार्वजनिक सुनचाँदीको मूल्य घट्यो प्रहरीलाई अब पोसाक खर्चबापत नगद दिइने राप्रपाको महाधिवेशन आगामी मंसिर २६-२८ गते सरकारले भ्रष्टाचार रोक्न शून्य सहनशीलताको नीति लिएको छ : गृहमन्त्री गुरुङ सङ्‍क्रमणकालीन न्यायका प्रक्रियालाई यथाशीघ्र टुङ्गोमा पुर्याउन सरकारले उच्च प्राथमिकता दिएको छ : कानूनमन्त्री गौतम परराष्ट्र मन्त्रालयलाई समयानुकूल थप सुदृढ र प्रभावकारी बनाउँदै लैजाने कार्यमा सरकार प्रतिबद्ध छ : परराष्ट्रमन्त्री खनाल गृह मन्त्रालय हरेक चेलीका लागि माइती हो भनी सोच्नुपर्छ : गृहमन्त्री गुरुङ