2026-09-19 04:15 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

पत्रपत्रिकाबाट

बिर्य दान गरेर निःसन्तानलाई सन्तान उपहार दिने युवाको कति हुन्छ आम्दानी ?

काठमाडौँ | नेपालमा पनि टेस्टट्युब बेबीको प्रयोग बढेको छ । निःसन्तानलाई वरदान सावित टेस्टट्युब बेबीका लागि बिर्य चाहिन्छ । महिलाको पाठेघर सबै ठीक छ। तर, पुरुषको शुक्रकीटमा समस्या छ भने त्यस्तो समस्यामा आईयूआई विधि अपनाइन्छ। यो विधि भनेको पाठेघरमा सोझै पुरुषको शुक्रकीट राख्ने विधि हो। यो विधिबाट पनि बच्चा नभएकालाई आईभीएफ विधिमा लगिने गरिन्छ ।

आईयूआई भनेको चै योग्य पुरुषबाट कुनै उपयुक्त भाँडोमा शुक्रकीट जम्मा गरिन्छ । उक्त शुक्रकीटलाई नलीको माध्यमबाट महिलाको पाठेघरको भित्तामा पुर्याएर छोडिन्छ । तर महिलाको पाठेघरको ट्युबमा समस्या छ, गर्भ निषेचन प्रक्रिया (फर्टिलाइजेसन) हुन सक्ने अवस्था छैन र पुरुषकोपनि बिर्य कमजोर छ भने आईभीएफ विधि प्रयोग गरिन्छ ।

आईयूआई गरेर पनि बच्चा नहुने, अण्डा नै उत्पादन नहुने, महिनावारी नियमित नहुने महिलाका लागि आईभीएफ विधि अपनाइँदैन।bकतिपय जोडीले आईयूआई र आईभीएफ विधिबाट सन्तान पाएका धेरै उदाहरण छन् । उनीहरुका लागि बिर्य दाता चाहिन्छ ।

उक्त बिर्यको चाँजोपाँजो आईयूआई र आईभीएफ विधिको सेवा दिइरहेका निकायले नै मिलाउँछन् । उनीहरुले बिर्य दातालाई खोजेर बिर्य संकलन गरेर उपयुक्त वातावरणमा सञ्चय गरेर राखेका हुन्छन् ।

नेपालमा धेरै आईयूआई र आईभीएफ विधिको सेवा दिने स्वास्थ्य संस्था छन् । सातदोबाट स्थित क्रियटर्स नेपाल नामक आईभीएफ केन्द्रले योग्य युवकको बिर्य दान लिने गरेको छ । यसरी बिर्य दान लिँदा क्रियटर्स नेपाल आईभीएफ केन्द्रले एक पटकको एक हजार रुपैयाँ रकम दिने गर्दछ । हरेक तीन दिनमा एक पटक सोही व्यक्तिको बिर्य संकलन गर्ने गरेको त्यहाँ ल्यावमा कार्यरत एक अधिकारीले बताए ।

यसरी एकछिन आएर एउटा युवकले एक महिनामा नै १० देखि १२ हजार सम्म लग्ने गरेको उनले बताए ।

काठमाडौंको नारायणचौरस्थित फर्टिलिटी सेन्टरलेपनि यसरी नै बिर्य संकलन गर्ने गरेको छ । यहाँबाट योग्य युवकले आर्थिक लाभ लिएको र सन्तानको अभावमा जीवन नै अध्यारो भएको जोडीले सन्तान पाएको एक अधिकारीले बताए ।

यहाँको दरपनि एक पटकको एक हजार नै छ । तर बिर्य दानका लागि दाताको निश्चित उमेर समूह र कुनैपनि रोग नभएको हुनुपर्छ । बिर्य दान लिनुभन्दा पहिले सबै स्वास्थ्य परीक्षण गरिन्छ ।

स्वास्थ्य परीक्षणमा कुनै समस्या नभएमा उक्त युवालाई बिर्य दानका लागि योग्य ठहराईन्छ । उमेर समूहपनि निश्चित मात्र हुन्छ । कानून अनुसार वैवाहिक उमेर पुगेको (अहिले २० बर्ष) र ३० बर्ष ननाघेकोलाई मात्र बिर्य दाताको रुपमा स्वीकार गरिन्छ । ३० बर्ष नाघेपछि पुरुषकोपनि बिर्यको शक्ति कम हुने भएकाले यस्तो उमेर चयन गरिएको स्वास्थ्यकर्मीले बताए ।

यसरी बिर्य लिएपछि सन्तान हुन नसकेकी महिलाको महिनावारी भएको दुई दिनमा र छसात दिनमा जाँच गरिन्छ । त्यसपछि हर्मोन बढाउने र घटाउने गरिन्छ। अण्डा बनेमा एचसीजी भन्ने इन्जेक्सन दिइन्छ। त्यसको ४० घण्टामा महिलालाई बेहोस पारी अण्डा निकालिन्छ ।

यसरी निकालिएको महिलाको डिम्ब र दान लिइएको पुरुषको शुक्रकीटलाई प्रयोगशालामा एउटा थालमा राखी इन्क्युबेटरमा राखिन्छ, जहाँ निषेचन प्रक्रिया (फर्टिलाइजेसन) हुन्छ । यसरी बनेको भ्रूणलाई करिब ३६ देखी ४८ घण्टाका बीचमा महिलाको गर्भाशयमा प्रतिस्थापित गरिन्छ। र बच्चा जन्माइन्छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो भोटेकोशी बाढीमा मृतकको संख्या १,४१० पुग्यो, ५,१४५ बेपत्ता ९ लाख रुपैयाँ घुससहित नापी अधिकृत पक्राउ एलपी ग्यास प्रतिसिलिण्डर रु दुई हजार ६० मा बिक्री गर्न आग्रह गगन थापाको अपिल: एकताबद्ध भएर १५औँ महाधिवेशनमा सहभागी बनौँ नेप्से परिसूचक ११.९३ अंकले बढ्यो नेपालको राजनीतिक भविष्यको निर्णय गर्ने अधिकार केवल नेपाली जनतामा मात्र छ : आरेन राई