२०८३, २३ बैशाख बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

पत्रपत्रिकाबाट

यातायात विभागको चरम लापरबाही, नम्बर र जन्म मिति राखेकै भरमा जोसुकैको लाइसेन्स देखिने

२०८०, १८ श्रावण बिहीबार ०७:०७

साउन १८, काठमाडौं | यातायात व्यवस्था विभागले सवारी चालक अनुमतिपत्र सम्बन्धी डेटा सुरक्षामा लापरबाही गरेको पाइएको छ । विभागले आफ्नो वेबसाइटमा लाइसेन्स नम्बर र जन्म मिति राखेकै भरमा जोसुकैको लाइसेन्स हेर्न सकिने गरी नागरिकको तथ्याङ्कको गोपनीयतामाथि खेलवाड गरेको हो ।

विभागको अनलाइन ड्राइभिङ लाइसेन्स सिस्टममा स्मार्ट-कार्ड लाइसेन्स सर्च भन्ने फिचर रहेको छ । जसमा जन्म मिति र लाइसेन्स नम्बर राख्ने बित्तिकै जोसुकै व्यक्तिको सवारी चालक अनुमति पत्रको भर्चुअल प्रतिलिपि देख्न सकिन्छ ।

त्यसो त यसबाट साइबर सुरक्षा जोखिम बढेको भन्दै साइबर सुरक्षा जानकार प्रतीक श्रेष्ठले विभागलाई ईमेल समेत लेखेका थिए । तर त्यस उपर विभागले कुनै चासो नदेखाएको उनको गुनासो छ ।

"यो संवेदनशील साइबर सुरक्षा सरोकारको विषय हो," उनी भन्छन् । विभागले सहजताका लागि यस किसिमको व्यवस्था गरेको भए पनि त्यसबाट अनेकौं किसिमका साइबर सुरक्षा चुनौती सिर्जना भएको छ ।

यसरी जोसुकैले नागरिकको व्यक्तिगत विवरणमा पहुँच पाउने अवस्थाले 'पहिचान चोरी' (आइडेन्टिटी थेफ्ट) हुने जोखिम छ । ड्राइभिङ लाइसेन्सको भर्चुअल  कपी हात पारेको खण्डमा गलत मनसाय भएका व्यक्तिहरूले त्यसैको आधारमा ठगी धन्दा चलाउन छुट्टै अकाउन्ट खोल्न सक्ने, ऋणका लागि आवेदन दिन सक्ने र अनधिकृत खरिद कार्य गर्न सक्छन् ।

त्यस्तै भर्चुअल ड्राइभिङ लाइसेन्स सुरक्षित वेबसाइट तथा सिस्टममा अनधिकृत पहुँच बनाउने कार्यमा प्रयोग हुन सक्ने र त्यसरी प्राप्त डेटा डेटा अनधिकृत तवरमा लिक गरिदिन तथा यस्तै अन्य गलत कार्यमा समेत दुरुपयोग हुन सक्ने जोखिम छ । यति मात्र होइन, साइबर अपराधीहरूले फिशिङ तथा सोसल इन्जिनियरिङ जस्ता गतिविधिमा समेत यस्तो व्यक्तिगत विवरण दुरुपयोग गर्न सक्छन् ।

ड्राइभिङ लाइसेन्सको भर्चुअल कपीकै आधारमा फिशिङ ईमेल तयार पार्न र सोसल इन्जिनियरिङ आक्रमण गर्न तथा अन्य व्यक्तिहरूको अनलाइन सुरक्षामा आघात पुर्‍याउन सक्छन् । त्यस्तै यसरी उचित किसिमले आधिकारिकता प्रमाणित नगरिकनै व्यक्तिगत सूचनामा पहुँच दिँदा नागरिकहरूको व्यक्तिगत गोपनीयतामाथि जोखिम बढ्ने र उनीहरूलाई अनेक किसिमका क्षति एवं हैरानी दिने अवस्था समेत सिर्जना हुन सक्ने देखिन्छ ।

साथै यस्तो विवरण दुरुपयोग गरी ठगहरूले वित्तीय अपराध गर्न सक्ने, विभिन्न व्यक्ति तथा वित्तीय संस्थालाई आर्थिक नोक्सान समेत पुग्न सक्ने जोखिम पनि उत्तिकै छ । अर्काको ड्राइभिङ लाइसेन्स हात पारी बदमासहरूले आफ्नै जस्तो गरी प्रयोग गरिदिन सक्छन्, यसबाट वास्तविक लाइसेन्स भएको व्यक्तिलाई अप्ठ्यारोमा पार्न सक्छ । 

तर यातायात व्यवस्था विभागका सूचना अधिकारी इश्वरीदत्त पनेरूले व्यक्तिको जन्म मिति र लाइसेन्स नम्बर पासवर्ड जत्तिकै सुरक्षित हुने दाबी गरे । "यसमा रहेको डेटा कसैले चोर्न र एडिट गर्न सक्दैन," उनले भने, "तर यदि तपाईंले आफ्नो जन्म मिति र लाइसेन्स नम्बर सुरक्षित राख्नु भएको छैन भने त्यसमा हामी केही भन्न सक्दैनौं ।"


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
११ जना सहसचिवको सरुवा पश्चिम एसिया युद्ध तत्काल र पूर्ण रूपमा अन्त्य गर्न चीनको आह्वान कीर्तिपुरमा धारिलो हतियार प्रहार गरी एक युवकको हत्या पहिले प्रधानमन्त्रीले यस्तै गर्दा हामीले रोक्न सक्यौँ तर अहिले सकेनौँ किनकि त्यो अध्यादेश बनेर गयो: गगन थापा विभिन्न देश पठाइदिन्छु भन्दै रकम ठगी गर्ने पाँच जना पक्राउ बागमती प्रदेशमा भोलि सार्वजनिक बिदा कांग्रेस संसदीय दलको बैठक जारी प्रधानमन्त्रीले बोलाए संवैधानिक परिषद्को बैठक एमाले अध्यक्ष ओलीले आज सुदूरपश्चिम प्रदेशका सांसदहरुसँग छलफल गर्दै गगन थापाले पार्टीका तर्फबाट सांसदहरूलाई प्रशिक्षण दिने सुनचाँदीको मूल्य बढ्यो बीपी राजमार्गमा राति सवारी चलाउन रोक विभिन्न देश पठाइदिने भन्दै रकम ठगी गर्ने तीन जनालाई पक्राउ सुकुम्बासी बस्ती खाली गराउँदाको विवरण झिकाउन सर्वोच्चको आदेश वैशाख २८ गते संसद् अधिवेशन आह्वान गर्न सिफारिस मन्त्रिपरिषद् बैठक जारी राष्ट्रपतिद्वारा संवैधानिक परिषद्सम्बन्धी अध्यादेश जारी वर्षाका करण पहिरो खस्दा देशका विभिन्न क्षेत्रका मुख्य राजमार्ग अवरुद्ध नेपालले ओमानलाई दियो २५७ रनको लक्ष्य मोटरसाइकलको ठक्करबाट एक पैदलयात्रीको मृत्यु