2026-09-19 03:20 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

पत्रपत्रिकाबाट

आँखा पाकेकालाई वायुसेवा कम्पनीले गरे उडानमा कडाइ

साउन २८, काठमाडौं | देशका विभिन्न स्थानमा आँखा पाक्ने रोगको प्रकोप फैलिँदै गएपछि अन्तर्राष्ट्रिय उडान गर्दै आएका वायुसेवा कम्पनीले उडानमा कडाइ गर्न थालेका छन्। आँखा पाक्ने समस्या भएका बिरामीको चाप बढेसँगै हवाई कम्पनीले उडान योग्यताको प्रमाणपत्र (फिट टु फ्लाई) खोज्न थालेका हुन्। 

नेपालबाट अन्तर्राष्ट्रिय उडान गर्दै आएका नेपाल वायुसेवा निगम र हिमालय एयरलाइन्सले सूचना जारी गरेर सो रोगसँग सम्बन्धित लक्षण देखिएका यात्रुलाई यात्रा नगर्न आग्रह गरेका छन्। 

निगमका प्रवक्ता रमेश पौडेलले आधिकारिक चिकित्सकीय निकायबाट आँखा पाक्ने रोग नभएको वा अन्य व्यक्तिलाई नसर्ने सुनिश्चित भएको प्रमाणपत्र पेस गरेर मात्रै उडानमा सहभागी गराउन थालेको जानकारी दिए । उनले हवाई उडानपूर्व आफूमा त्यस्तो समस्या देखिएको शङ्का लागेमा वा कुनै लक्षण देखिएमा आँखा परीक्षण गरेर आफू स्वस्थ रहेको यकिन भएपछि मात्रै यात्रामा सहभागी हुन आग्रह गरे ।

त्यस्तै हिमालय एयरलाइन्सले पनि आँखा रातो हुने रोग आँखा पाक्ने रोग नभएको स्पष्ट चिकित्सकीय प्रमाणपत्र लिएर मात्रै हवाई यात्रा गर्न आग्रह गरेको छ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले हवाई आवागमनलाई लक्षित गरेर कुनै आधिकारिक मापदण्डसहितको निर्णय सार्वजनिक गरेको छैन। नेपाल नागरिक उड्डयन प्राधिकरणले हवाई कम्पनीले आफूखुसी स्वास्थ्य परीक्षण रिपोर्ट खोज्न थालेपछि यात्रुलाई अन्योल र सास्ती हुन नदिन स्वास्थ्य मन्त्रालयसँग छलफल भइरहेको जनाएको छ। 

प्राधिकरणका सूचना अधिकारी ज्ञानेन्द्र भुलले स्वास्थ्य मन्त्रालयमार्फत स्वास्थ्यसम्बन्धी मापदण्ड कार्यान्वयनका लागि कुनै निर्देशन जारी नभएको जानकारी दिए । उनले भने, “कस्तो अवस्थाका यात्रुलाई उडानमा सहभागी हुन दिने ? कहाँ स्वास्थ्य परीक्षण गराउने ? परीक्षण शुल्क कति लिने ? लगायतका विषय मन्त्रालयसँग छलफल भइरहेको छ।” यो समाचार गोरखापत्र दैनिकमा छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो भोटेकोशी बाढीमा मृतकको संख्या १,४१० पुग्यो, ५,१४५ बेपत्ता ९ लाख रुपैयाँ घुससहित नापी अधिकृत पक्राउ एलपी ग्यास प्रतिसिलिण्डर रु दुई हजार ६० मा बिक्री गर्न आग्रह गगन थापाको अपिल: एकताबद्ध भएर १५औँ महाधिवेशनमा सहभागी बनौँ नेप्से परिसूचक ११.९३ अंकले बढ्यो नेपालको राजनीतिक भविष्यको निर्णय गर्ने अधिकार केवल नेपाली जनतामा मात्र छ : आरेन राई